सामाजिक न्याय
संकेत् मात्र गरिदिए त्रिभुवनले, ती ‘राष्ट्रपीता‘ बने
यी ज्ञानेन्द्र ‘अज्ञानि छु‘ भनिदिँदा ‘राजतन्त्र चीता‘ बने,
नीष्ठाले यसकै, विपि कहलिए सिद्धान्तका ‘द्योतक‘
थापी ज्यान, बने शहीद, यसकै ‘सन्देश उद्घोषक‘ ।
भाषा, धर्म, लिङ्ग, जाति, थलमा बीजाणु यसकै रह्यो
थप्दा क्रान्ति त्यहीँ, ‘प्रचण्डपथ‘ भो विद्रोह नै चर्कियो,
‘लोकतान्त्रिक गणतन्त्र‘ मन्त्र यसकै, जे जे बने सार्थक,
हारी आमचुनाव, माधव पुगे, ‘प्रधानमन्त्री‘तक ।
नेताद्वार ढुकी, ‘सुशासन‘ जपी हाकिम् ‘बडा‘ भै, गए
सोही शब्द रटेर जाँचहरुमा, साधक् बढोत्तर भए,
नारामा, घरमा, सदन्, सडकमा, सञ्चार साधनतिर
वर्षौँ भो, धुमधाम शब्द यसकै, चर्चा चलेको तर !
‘पाऊँ न्याय‘ भनी यिनै अक्षरको, मैले गरेँ कि कुरा
‘हात्मा डाडु लिने‘ अधिशहरुले, सुर्कीसके पाखुरा !
स्थायी शासककै विवेकि मतिमा, बेहाल् छ यस्तो भने !
नौ डाँडा परका अबोध जनको, के हाल होला भन ?
२०६६।०४।०२