×

सामाजिक न्याय

सामाजिक न्याय

संकेत् मात्र गरिदिए त्रिभुवनले, ती राष्ट्रपीता बने

यी ज्ञानेन्द्र अज्ञानि छु भनिदिँदा राजतन्त्र चीता बने,

नीष्ठाले यसकै, विपि कहलिए सिद्धान्तका द्योतक

थापी ज्यान, बने शहीद, यसकै सन्देश उद्घोषक

 

भाषा, धर्म, लिङ्ग, जाति, थलमा बीजाणु यसकै रह्यो

थप्दा क्रान्ति त्यहीँ, प्रचण्डपथ भो विद्रोह नै चर्कियो,

लोकतान्त्रिक गणतन्त्र मन्त्र यसकै, जे जे बने सार्थक,

हारी आमचुनाव, माधव पुगे, प्रधानमन्त्रीतक ।

 

नेताद्वार ढुकी, सुशासन जपी हाकिम् बडा भै, गए

सोही शब्द रटेर जाँचहरुमा, साधक् बढोत्तर भए,

नारामा, घरमा, सदन्, सडकमा, सञ्चार साधनतिर

वर्षौँ भो, धुमधाम शब्द यसकै, चर्चा चलेको तर !

 

पाऊँ न्याय भनी यिनै अक्षरको, मैले गरेँ कि कुरा

हात्मा डाडु लिने अधिशहरुले, सुर्कीसके पाखुरा !

स्थायी शासककै विवेकि मतिमा, बेहाल् छ यस्तो भने !

नौ डाँडा परका अबोध जनको, के हाल होला भन ?

२०६६।०४।०२

Loading

Post Comment

You May Have Missed