मेरो बारेमा

सफ्टवेयरको प्रतिक्रियाको सन्दर्भमा

मेरो वेब तथा पोष्ट हेरेर कमेन्ट गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद । यहाँहरुको सद्भावना पाएमा यहाँहरूको सुझावअनुसार गर्ने नै छु । म सरकारी सेवामा नै रहेको र जनसरोकारका सरकारी तथ्यांकमा सरल पहुँच भएकोले यो सफ्टवेयर बनाएको हुँ । मेरो यो प्रयास पहिलो भने होइन, मैले निजामती सेवाको कार्यसञ्चालन स्तरमा तथ्यपरक सुधारको लागि निजामती सेवामा प्रवेश पाएदेखि नै विगतदेखि केही प्रयास गर्दै आएको छु । जस्तैः
– दर्ता-चलानी सफ्टवेयर (२०५८) – वाणिज्य विभागमा कार्यरत रहँदा
– नेपालमा आपूर्ति व्यवस्थापन र मूल्य नियन्त्रण सफ्टवेयर (२०५९)- वाणिज्य विभागमा कार्यरत रहँदा (तत्कालीन महानिर्देशक कृष्णहरि बाँस्कोटाको निर्देशनमा)
– कर्मचारी कल्याण कोष (२०६४) – परीक्षा नियन्त्रण कार्यालयमा कार्यरत रहँदा (जसलाई त्यसबेला ओलीकोष भनी बोलाइन्थ्यो ।)
– कर्मचारी अभिलेख प्रणाली सफ्टवेयर (२०६५)- लोक सेवा आयोगमा कार्यरत रहँदा
– स्वतः कार्य सम्पादन मूल्यांकन सफ्टवेयर (२०६६) – लोक सेवा आयोगमा कार्यरत रहँदा
– Accounting Software (२०६९) – सूचना आयोगमा कार्यरत रहँदा
– जिल्ला अख्तियारी निकासा software मा सुधार (२०७१) र Payroll Software (२०७३) निर्वाचन आयोगमा कार्यरत रहँदा
यी सबै मैले आफ्नै सक्रियतामा गरेका सुधारोन्मुख प्रयासहरु हुन् ।

Loading

2 thoughts on “सफ्टवेयरको प्रतिक्रियाको सन्दर्भमा

  • Rajan Dangi

    Hello sir ekjana sir ke darta chalani siftware khojnu bhayaki thiyo.

    Reply
    • Purna Oli

      हस् सर

      म पठाइदिनेछु ।

      Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *