श्रीमद्भगवद्गीता सारसंक्षेप एघारौँ अध्याय
श्रीमद्भगवद्गीता
यथारूप
कृष्णकृपामूर्ति
श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद
संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ
अंग्रेजी नेपाली रूपान्तर
नारायणप्रसाद अधिकारी ‘वादरायण’
अध्याय – एघार
विराट स्वरूप
अर्जुन उवाच
मदनुग्रहाय परमं गुह्यमध्यात्मसंज्ञितम् ।
यत्वयोक्तं वचस्तेन मोहोयं विगतो मम ॥१॥
(अर्जुनले भने – हजुरले ममाथि अनुग्रह गरेर दिनुभएको अत्यन्त गोपनीय अध्यात्मसम्बन्धी उपदेशहरू सुनेर मेरो भ्रम समाप्त भयो ।)
भवाप्ययौ हि भूतानां श्रुतौ विस्तरशो मया ।
त्वत्तः कमलपत्राक्ष महात्म्यमपि चाव्ययम् ॥२॥
(हे कमलनयन प्रभू, मैले हजुरबाट प्रत्येक जीवात्माको सृष्टि र विनाशको बारेमा विस्तारपूर्वक सुनेको छु र हजुरको अविनाशी महिमाको अनुभव पनि गरेको छु ।)
एवमेतद् यथात्थ त्वमात्मानं परमेश्वर ।
द्रष्टुमिच्छामि ते रूपमैश्वरं पुरुषोत्तम ॥३॥
(हे पुरुषोत्तम्, हे परमेश्वर, मैले मेरा अगाडि हजुरले बयान गरे जस्तै हजुरकै वास्तविक स्वरूपमा हजुरलाई देखिरहेको छु र हजुर यो विशाल ब्रह्माण्डभित्र प्रविष्ट भएर कसरी रहनुभएको छ, हजुरको त्यो रूप पनि हेर्न चाहन्छु ।)
मन्यसे यदि तच्छक्यं मया द्रष्टुमिति प्रभो ।
योगेश्वर ततो मे त्वं दर्शयात्मानमव्ययम् ॥४॥
(हे प्रभू, हे योगेश्वर, यदि मलाई हजुरको विराटस्वरूप देख्न लायक व्यक्ति ठान्नुहुन्छ भने कृपा गरेर हजुरको त्यो असीम विश्वरूप देखाउनुहोस् ।)
श्रीभगवानुवाच
पश्य मे पार्थ रुपाणि शतशोथ सहस्रशः ।
नानाविधानि दिव्यानि नानावर्णाकृतीनि च ॥५॥
(भगवान्ले भन्नुभयो – हे पृथापुत्र, अब तिमी मेरा ऐश्वर्यहरू, तथा विभिन्न रंग र आकारका सयौँ हजारौँ दिव्य रूपहरूलाई हेर ।)
पश्यादित्यान्वसून्रुद्रानस्विनौ मरुतस्तथा ।
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत ॥६॥
(हे भारत, यहाँ आदित्यहरू, वसुहरू, रुद्रहरू, अस्विनीकुमारहरू र सम्पूर्ण अरु देवताहरूका विभिन्न रूपलाई तिमी हेर र अरु पनि कैयौँ आश्चर्यजनक कुराहरूलाई हेर जसलाई योभन्दा पहिले न कसैले देखेको थियो न सुनेको थियो ।)
इहैकस्थं जगत्कृस्नं पश्यद्य सचराचरम् ।
मम देहे गुडाकेश यच्चान्यद् द्रष्टुमिच्छसि ॥७॥
(हे अर्जुन, तिमी जे जे कुरा हेर्न चाहन्छौ, त्यो सबै अहिले यो मेरो शरीरमा हेर । अहिले र भविष्यमा पनि तिमी जे हेर्न चाहन्छौ, त्यो यही विराट स्वरूपमा देख्न सक्नेछौ । सम्पूर्ण चर र अचर वस्तुहरू तिमी यहाँ एकै ठाउँमा देख्नेछौ ।)
न तु मां शक्यसे द्रष्टुमनेनैव स्वचक्षुषा ।
दिव्यं ददामि ते चक्षुः पश्य मे योगमैश्वरम् ॥८॥
(तर तिमी तिम्रा यी आँखाले मलाई देख्न सक्दैनौ, त्यसैले म तिमीलाई दिव्य आँखा दिन्छु, तिनै दिव्य आँखाले मेरो योगऐश्वर्यलाई हेर ।)
सञ्जय उवाच
एवमुक्त्वा ततो राजन् महायोगेश्वरो हरिः ।
दर्शयामास पार्थाय परमं रूपमैश्वरम् ॥९॥
(सञ्जयले भने – हे राजन्, यति भनेर महायोगी भगवान् कृष्णले अर्जुनलाई आफ्नो विश्वरूप देखाउनु भयो ।)
अनेकवक्त्रनयनमनेकाद्भूतदर्शनम् ।
अनेकदिव्याभरणं दिव्यानेकोद्यतायुधम् ॥१०॥
दिव्यमाल्याम्वरधरं दिव्यगन्धानुलेपनम् ।
सर्वाश्चर्यमयं देवमनन्तं विश्वतोमुखम् ॥११॥
(अर्जुनले भगवान्को उक्त विश्वरूपमा असङ्ख्य मुख, असङ्ख्य आँखा, अनन्त आश्यचर्यजनक् दृश्यहरू देखे । विश्वरूप अनेक दिव्य आभूषणद्वारा विभूषित थियो । अनेक दिव्य हतियारद्वारा सुसज्जित थियो, दिव्य मालाहरूले सुशोभित थियो र अनेक प्रकारका दिव्य सुगन्धित द्रव्यहरू लेपन गरिएको थियो । सबै कुरा आश्चर्यमय थियो, तेजोमय थियो, असीमित थियो र सर्वत्र फैलिएको थियो ।)
दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिता ।
यदि भाः सदृशी सा स्याद्भासस्तस्य महात्मनः ॥१२॥
(आकाशमा एकैचोटी हजारौँ सूर्यहरू उदाए भने तिनका प्रकाशको उज्ज्वलता जति होला, त्यत्ति नै जाज्वल्यमान् प्रकाश विश्वरूपधारी भगवान्को थियो ।)
तत्रैकस्थं जगत्कृत्स्नं प्रविभक्तमनेकधा ।
अपश्यद्देवदेवस्य शरीरे पाण्डवस्तदा ॥१३॥
(त्यस बखत अर्जुनले भगवानको विराटस्वरूपमा हजारौँ हजार भागमा विभाजित भएर रहेको ब्रह्माण्डको असीमित विस्तारलाई एकै ठाउँमा देखे ।)
ततः स विस्मयाविष्टो हृष्टरोमा धनञ्जयः ।
प्रणम्य शिरसा देवं कृताञ्जजलिरभाषत ॥१४॥
(त्यसपछि भ्रमित, चकित र रोमाञ्चित भएका अर्जुनले शिर झुकाएर प्रणाम गरे र हात जोडेर भगवान्लाई यसरी प्रार्थना गर्न थाले ।)
अर्जुन उवाच
पश्यामि देवांस्तवदेव देहे
सर्वास्तथा भूतविशेषसङ्धान् ।
ब्रह्माणमीशं कमलासनस्थम्
ऋषीश्च सर्वानुरगांश्च दिव्यान् ॥१५॥
(अर्जुनले भने-प्रिय भगवान् कृष्ण, मैले त हजुरका शरीरमा सबै देवताहरू र अनेक प्रकारका अन्य जीवात्माहरू एकीकृत भएको देख्दैछु, मैले यहीँ नै, कमलका फूलमा विराजमान ब्रह्माजी, शिवजी र दिव्य नागहरूलाई पनि देखिरहेको छु ।)
अनेकबाहूदरवक्त्रनेत्रं
पश्यामि त्वां सर्वतोनन्तरूपम् ।
नान्तं न मध्यं न पुनस्तवादिं
पश्यामि विश्वेश्वर विश्वरूप ॥१६॥
(हे विश्वेश्वर, हे विश्वरूप, मैले त हजुरका शरीरमा चारैतिर फैलिएका अनन्त हातहरू, पेटहरू, मुखहरू र आँखाहरू देखिरहेको छु । मैले हजुरको आदि, मध्य र अन्त्य केही देखिन ।)
किरीटिनं गदिनं चक्रिणं च
तेजोराशिं सर्वतो दीप्तिमन्तम् ।
पश्यामि त्वां दुर्निरीक्ष्यं समन्ताद्
दीप्तानलार्कद्युतिमप्रमेयम् ॥१७॥
(प्रज्ज्वलित अग्नि वा सूर्यको अपार प्रकाश झैँ चारैतिर फैलिएको ज्वाज्वल्यमान् तेजका कारणले मलाई हजुरको रूप देख्न मुश्किल परिरहेछ । तैपनि कैयौँ मुकुटहरू, गदाहरू र चक्रहरूले विभूषित हजुरको स्वरूपलाई सर्वत्र देखिरहेको छु ।)
त्वमक्षरं परमं वेदितव्यं
त्वमस्य विश्वस्य परं निधानम् ।
त्वमव्ययः शाश्वत-धर्मगोप्ता
सनातनस्त्वं पुरुषो मतो मे ॥१८॥
(मेरो विचारमा हजुर नै पहिलो जान्नुपर्ने विषय हुनुहुन्छ, हजुर नै समस्त विश्वब्रह्माण्डको परमआश्रयस्थल हुनुहुन्छ, हजुर अविनाशी हुनुहुन्छ, पुराणपुरुष हुनुहुन्छ र हजुर नै सनातन धर्मका पालनकर्ता हुनुहुन्छ ।)
अनादिमध्यान्तमनन्तवीर्यम्
अनन्तबाहुं शशिसूर्यनेत्रम् ।
पश्यामि त्वां दीप्तहुताशवक्त्रं
स्वतेजसा विश्वमिदं तपन्तम् ॥१९॥
(हजुर आदि, मध्य र अन्त्यरहित हुनुहुन्छ, हजुरको महिमा अनन्त छ । हजुरका असङ्ख्य हातहरू छन्, सूर्य र चन्द्र हजुरकै आँखा हुन्, मैले त हजुरलाई मुखबाट आगाका ज्वाला निस्किरहेको र आफ्नै तेजले सारा संसारलाई डढाउन लागिरहेको जस्तो देख्दैछु ।)
द्यावापृथिव्योरिदमन्तरं हि
व्याप्तं त्वयैकेन दिशश्च सर्वाः ।
दृष्ट्वाद्भुतं रूपमुग्रं तवेदं
लोकत्रयं प्रव्यथितं महात्मन् ॥२०॥
(हजुर एक्लै हुनुहुन्छ तापनि आकाशमा, लोकहरूमा र सबै खाली ठाउँहरूमा सर्वत्र फैलिनुभएको छ । हे महापुरुष, हजुरको यो डरलाग्दो र आश्चर्यजनक रूप देखेर तीनै लोक व्याकुल छ ।)
अमी हि त्वां सुरसङ्धा विशन्ति
केचिद्भीताः प्राञ्जलयो गृणन्ति
स्वस्तीत्वयुक्ता महर्षिसिद्धसङ्घाः
स्तुवन्ति त्वां स्तुतिभिः पुष्कलाभिः ॥२१॥
(सम्पूर्ण देवगणहरू हजुरको शरण ग्रहण गर्दै हजुरमै प्रवेश गरिरहेछन् र तीमध्ये केही अत्यन्त भयभीत हुँदै हात जोडेर प्रार्थना गरिरहेका छन् । महर्षिहरू तथा सिद्धहरूको समुदाय कल्याण होस् भन्दै वेदका ऋचाहरू उच्चारण गरेर हजुरको स्तुति गरिरहेछन् ।)
रुद्रादित्या वसवो ये च साध्या
विश्वेश्विनौ मरुतश्चोष्मपाश्च ।
गन्धर्वयक्षासुरसिद्धसङ्घा
वीक्षन्ते त्वां विस्मिताश्चैव सर्वे ॥२२॥
(भगवान शिवका सबै रूपहरूले अर्थात् एकादश रुद्रले, आदित्यहरूले, वसुहरूले, साध्यहरूले, विश्वेदेवहरूले, दुई अस्विनिकुमारहरूले, वायुहरूले, पितृहरूले, गन्धर्वहरूले, यक्ष, असुर तथा सिद्ध देवताहरूले आश्चर्य मानेर हजुरलाई नै हेरिराखेका छन् ।)
रूपं महत्ते बहुवक्त्रनेत्रं
महाबाहो बहुबाहूरूपादम् ।
बहूदरं बहुदंष्ट्राकरालं
दृष्ट्वा लोकाः प्रव्यथितास्तथाहम् ॥२३॥
(हे महाबाहु, धेरै धेरै अनुहार, आँखा, हात, जाङ, गोडा, पेट र भयङ्कर दाँतहरू सहितको हजुरको विराट रूपलाई देखेर देवताहरूका साथै सबै लोकहरू व्याकुल भइरहेछन् र त्यही स्थिति मेरो पनि छ ।)
नभःस्पृशं दीप्तमनेकवर्णं
व्यात्ताननं दीप्त विशालनेत्रम् ।
दृष्ट्वा हि त्वां प्रव्यथितान्तरात्मा
धृतिं न विन्दामि शमं च विष्णो ॥२४॥
(हे सर्वव्यापि विष्णु, ठूलाठूला ज्योतिर्मय आँखा भएको, मुख बाएको र अनेकौँ तेजिला रंगरूपले युक्त हजुरको गगनचुम्बी विराटस्वरूपलाई देखेर डरले मेरो मन व्याकुल भएको छ, यसबखत न त मैले धैर्य धारण गर्न सकिरहेको छु न त मानसिक सन्तुलन ।)
दंष्ट्राकलानानि च ते मुखानि
दृष्ट्वैव कालानलसन्निभानि ।
दिशो नजाने न लभे च शर्म
प्रसीद देवेश जगन्निवास ॥२५॥
(हे देवेश, हे जगन्निवास, कृपया मदेखि प्रसन्न हुनुहोस्, हजुरको यस प्रकारको विकराल दाँत र दन्किरहेको कालरुपी आगोको ज्वाला जस्तो अनुहार देखेर मैले आफूलाई सन्तुलित राख्न सकिरहेको छैन । म सबैतिरबाट दिग्भ्रमित भएको छु ।)
अमी च त्वां धृतराष्ट्रस्य पुत्राः
सर्वे सहैवावनिपालसङ्घै ।
भीष्मो द्रोणः सूतपुत्रसतथासौ
सहास्मदीयैरपि योधमुख्यैः ॥२६॥
वक्त्राणि ते त्वरमाणा विशन्ति
दंष्ट्राकरालानिभयानकानि ।
केचिद्विलग्ना दशनान्तरेषु
सन्दृश्यन्ते चूर्णितैरुत्तमाङ्गैः ॥२७॥
(आफ्ना सम्पूर्ण सहयोगी राजाहरूका साथमा धृतराष्ट्रका सबै छोराहरू तथा भीष्म, द्रोण, कर्ण र हाम्रातर्फका प्रमुख योद्धाहरू समेत हजुरको भयङ्कर मुखमा प्रवेश गरिरहेछन् । अझ कसैका टाउका त हजुरका दाँतका बीचमा पिसिएर दाँतका अन्तरमा टाँसिन पुगेका पनि देखिरहेको छु ।)
यथा नदीनां बहवोम्बुवेगाः
समुद्रमेवाभिमुखा द्रवन्ति ।
तथा तवामी नरलोकवीरा
विशन्ति वक्त्राण्यभिविज्वलन्ति ॥२८॥
(जसरी नदीका तरङ्गहरू समुद्रमा प्रवाहित हुन्छन्, त्यसैगरी यी सम्पूर्ण महान योद्धाहरू पनि हजुरको जलिरहेको मुखमा प्रवेश गरिरहेका छन् ।)
यथा प्रदीप्तं ज्वलनं पतङ्गा
विशन्ति नाशाय समृद्धवेगाः ।
तथैव नाशाय विशन्ति लोका
स्तवापि वक्त्राणि समृद्धवेगाः ॥२९॥
(जसरी पुतलीहरू आफ्नै विनाश गर्न अत्यन्त जोडले जलिरहेको आगोमा होमिन्छन्, त्यसै गरी सबै मानिसहरू पूर्ण गतिका साथ हजुरका मुखमा प्रवेश गरिरहेका छन् ।)
लेलिह्यसे ग्रसमानः समन्ता
ल्लोकान्समग्रान्वदनैर्ज्वलद्भिः ।
तेजोभिरापूर्य जगत्समग्रं
भासस्तवोग्राः प्रतपन्ति विष्णो ॥३०॥
(हे विष्णु, हजुरले त आफ्ना धपधपी जलिरहेका मुखहरूद्वारा सबैतिरका सबै मानिसहरूलाई निलिरहनुभएको छ । आफ्नो तेजले सम्पूर्ण ब्रह्माण्डलाई ढाकेर चर्का किरणहरू सहित भयंकर रूपमा प्रकट हुनुभएको छ ।)
आख्याहि मे को भवानुग्ररूपो
नमोस्तु ते देववर प्रसीद ।
विज्ञातुमिच्छामि भवन्तमाद्यं
न हि प्रजानामि तव प्रवृत्तिम् ॥३१॥
(हे देवेश, यति उग्र रूपमा प्रकट हुनुभएका हजुर को हुनुहुन्छ ? मलाई भन्नुहोस् । म हजुरलाई नमस्कार गर्दछु, कृपया प्रसन्न हुनुहोस्, म आदि पुरुष हजुरलाई जान्न चाहन्छु । हजुरको उद्देश्य के हो ? मलाई थाहा छैन ।)
श्रीभगवानुवाच
कालोस्मि लोकक्षयकृत्प्रवृद्धो
लोकान्समाहर्तुमिह प्रवृत्तः ।
ऋतेपि त्वां न भविष्यन्ति सर्वे
येवस्थिताः प्रत्यनीकेषु योधाः ॥३२॥
(भगवान्ले भन्नुभयो – म संसारलाई ध्वस्त पार्ने काल हुँ, म अहिले सबैलाई नाश गर्न यहाँ आएको छु, तिमीबिना पनि यी सारा सैनिकहरू मारिनेछन् ।)
तस्मात्वमुत्तिष्ठ यशो लभस्व
जित्वा शत्रून् भुङ्क्ष्व राज्यं समृद्धम् ।
मयैवैते निहताः पूर्वमेव
निमित्तमात्रं भव सव्यसाचिन् ॥३३॥
(त्यसैले उठ, लड्नका लागि तयार होऊ, विजयको जस लेऊ, शत्रुहरूलाई जितेर सम्पन्न राज्यको भोग गर । तिनीहरूलाई मैले पहिले नै मृत्यूको मुखमा पुर्याइसकेको छु । अतः हे सव्यसाची, तिमी लडाइको एउटा माध्यम मात्र बनिदेऊ ।)
द्रोणं च भीष्मं च जयद्रथं च
कर्ण तथान्यानपि योधवीरान् ।
मया हतास्त्वं जहि मा व्यथिष्ठा
युध्यस्व जेतासि रणे सपत्नान् ॥३४॥
(द्रोण, भीष्म, जयद्रथ, कर्ण र अन्य महान् योद्धाहरूलाई मैले पहिले नै युद्धमा संहार गरिसकेको छु, अतः तिमी तिनलाई मार, विचलित नहोऊ, केवल युद्ध मात्रै गर, तिमीले यस युद्धमा आफ्ना शत्रुहरूको नाश गर्नेछौ ।)
सञ्जय उवाच
एतच्छ्रुत्वा वचनं केशवस्य
कृताञ्जलिर्वेपमानः किरीटी ।
नमस्कृत्वा भूय एवाह कृष्णं
सगद्गदं भीतभीतः प्रणम्य ॥३५॥
(सञ्जयले धृतराष्ट्रसँग भने – हे राजन्, भगवानका यी वचनहरू सुनेर अर्जुनले थरथर काम्दै हात जोडेर बारम्बार प्रणाम गरे अनि डराई डराई गद्गद् स्वरमा यसो भने ।)
अर्जुन उवाच
स्थाने हृषीकेश तव प्रकीर्त्या
जगत् प्रहृष्यत्यनुरज्यते च ।
रक्षांसि भीतानि दिशो द्रवन्ति
सर्वे नमस्यन्ति च सिद्धसङ्घा ॥३६॥
(अर्जनुले भने – हे हृषीकेश, हजुरको नाम सुनेर दुनिया हर्षित भइरहेछ र हरेक व्यक्ति हजुरप्रति आसक्त भइरहेछ । सिद्ध व्यक्तिहरू हजुरलाई अभिवादन टक्राइरहेका छन् र असुरहरू हजुरलाई देखेर यता र उता भागाभाग गरिरहेका छन् । यो ठीकै हो । )
कस्माच्च ते न नमेरन्महात्मन्
गरीयसे ब्रह्मणोप्यादिकत्रें ।
अनन्त देवेश जगन्निवास
त्वमक्षरं सदसत्तत्परं यत् ॥३७॥
(हे महान्, हजुर ब्रह्माभन्दा पनि ठूला, आदि श्रष्टा हुनुहुन्छ, अनि किन तिनीहरूले हजुरलाई नमस्कार नगरुन् ? हे अनन्त, हे देवेश, हे जगन्निवास, हजुर समस्त कारणहरूका पनि कारण र अविजेय स्रोत हुनुहुन्छ, अनि यो भौतिक जगतभन्दा पनि पर हुनुहुन्छ ।)
त्वामादिदेवः पुरुषः पुराण
स्त्वमस्य विश्वस्य परं निधानम् ।
वेत्तासि वेद्यं च परं च धाम
त्वया ततं विश्वमनन्त रूप ॥३८॥
(हजुर सबैभन्दा प्राचीन आदिदेव हुनुहुन्छ, यो विश्वब्रह्माण्डका परमआधार हुनुहुन्छ । हजुर नै सबै वस्तुका ज्ञाता हुनुहुन्छ र स्वयं सम्पूर्ण रूपले ज्ञेय पनि हुनुहुन्छ । हजुर भौतिक गुणहरूभन्दा माथि रहने सबैका आधार हुनुहुन्छ, र हे अनन्तरूप, यो सम्पूर्ण सृष्टिमा हजुर व्याप्त हुनुहुन्छ ।)
वायुर्यमोग्निर्वरुणः शशांक
प्रजापतिस्त्वं प्रपितामहश्च ।
नमो नमस्तेस्तु सहस्रकृत्व
पुनश्च भूयोपि नमोनमस्ते ॥३९॥
(हजुर नै वायु, यमराज, अग्नि, वरुण, चन्द्रमा, प्रथम जीव ब्रह्मा र बूढा हजुरबुबा पनि हुनुहुन्छ, त्यसैले हजुरलाई हजार पटक नमस्कार छ र बारम्बार नमस्कार छ ।)
नमः पुरस्तादथ पृष्ठतस्ते
नमोस्तु ते सर्वत एव सर्व ।
अनन्तवीर्यामितविक्रमस्त्वं
सर्व समाप्नोषि ततोसि सर्वः ॥४०॥
(हजुरलाई अगाडि र पछाडि र चारैतिरबाट नमस्कार छ । हे अनन्त शक्ति, हजुर त अनन्त पराक्रमका स्वामी हुनुहुन्छ, सर्वव्यापक हुनुहुन्छ । यसरी हजुर सबथोक हुनुहुन्छ ।)
सखेति मत्वा प्रसभं यदुक्तं
हे कृष्ण हे यादव हे सखेति ।
अजानता महिमानं तवेदं
मया प्रमादात् प्रणयेन वापि ॥४१॥
यच्चावहासार्थमसत्कृतोसि
विहारशय्यासनभोजनेषु ।
एकोथवाप्यच्युत तत्समक्षं
तत्क्षामहे त्वामहमप्रमेयम ॥४२॥
(हजुरलाई आफ्नै मित्र ठानेर र हजुरको महिमालाई नजानेर मैले खस्रो बोलीमा हे कृष्ण, हे यादव, हे सखा भनेर सम्बोधन गरेँ, प्रेमवश् वा मूर्खतावश् मैले जे गरेँ, त्यसमा क्षमा पाऊँ । यत्ति मात्र नभएर सँगै विश्राम गर्दा, सँगै सुत्दा, बस्दा वा भोजन गर्दा, कहिले एक्लै र कहिले साथीहरूका बीचमा ठट्टाका रूपमा मैले कैयौँ पटक अनादर गर्न पुगेँ हुँला । हे अच्युत, मेरा यी सबै अपराधहरू क्षमा गरिदिनु होला ।)
पितासि लोकस्य चराचरस्य
त्वमस्य पूज्यश्च गुरुर्गरीयान् ।
न त्वत्समोस्त्यभ्यधिकः कुतोन्यो
लोकत्रयेप्यप्रतिमप्रभाव ॥४३॥
(हजुर यो समग्र चराचर सृष्टिका पिता हुनुहुन्छ । हजुर नै यसका प्रमुख पूजनीय र परमआध्यात्मिक गुरु हुनुहुन्छ । हजुरका बराबरीको पनि कोही छैन र हजुर समानको पनि कोही छैन । हे असीम शक्तिशाली प्रभू, यी तीनै लोकमा हजुरभन्दा ठूलो अरु को हुनसक्छ र ?)
तस्मात्प्रणम्य प्रणिधाय कायं
प्रसादये त्वामहमीशमीड्यम् ।
पितेव पुत्रस्य सखेव सख्युः
प्रियः प्रियायार्हसि देव सोढुम् ॥४४॥
(हजुर प्रत्येक जीवात्माका पूजनीय परमेश्वर हुनुहुन्छ, त्यसैले म हजुरलाई सविनय सादर प्रणाम टक्राउँछु र कृपाको याचना गर्दछु । जसरी बाबुले छोराको धृष्टतालाई सहन गरिदिन्छ र पतिले प्रिय पत्नीको गल्तीलाई सहिदिन्छ, त्यसैगरी हजुरले पनि कृपा गरेर मेरा गल्तीहरूलाई सहिदिनुहोस् ।)
अदृष्टपूर्वं हृषितोस्मि दृष्ट्वा
भयेन च प्रव्यथितं मनो मे ।
तदेव मे दर्शय देव रुपं
प्रसीद देवेश जगन्निवास ॥४५॥
(पहिले कहिल्यै नदेखेको हजुरको विराट रूप देखेर म हर्षित छु, तर मेरो मन डरले विचलित भएको छ, त्यसैले हे देवेश, हे जगन्निवास, ममाथि कृपा गरेर मलाई फेरि त्यही पुरुषोत्तम रूप नै देखाउनुहोस् ।)
कीरीटिनं गदिनं चक्रहस्तम्
इच्छामि त्वां द्रष्टुमहं तथैव ।
तेनैव रूपेण चतुर्भुजेन
सहस्रबाहो भव विश्वमूर्ते ॥४६॥
(हे विराट स्वरूप, हे सहस्रबाहु भगवान्, म त हातमा शंख, चक्र, गदा, पद्म लिएको, शिरमा मुकुट लगाएको हजुरको उही चतुर्बाहु रूप नै हेर्न चाहन्छु । हजुरको त्यही रूपको दर्शन गर्ने मेरो अभिलाषा छ ।)
श्रीभगवानुवाच
मया प्रसन्नेन तवार्जुनेदं
रूप परं दर्शितमात्मयोगात् ।
तेजोमयं विश्वमनन्तमाद्यं
यन्मे त्वदन्येन न दृष्टपूर्वम् ॥४७॥
(भगवान्ले भन्नुभयो – प्रिय अर्जुन, मैले प्रसन्न भएर आफ्नी अन्तरङ्गा शक्तिको बलले तिमीलाई यही भौतिक जगतमा मेरो अलौकिक विश्वरूपको दर्शन गराएँ । यसभन्दा अघि अरु कसैले पनि यस्तो उज्ज्वल तेजोमय अनादि अनन्त रूप कहिल्यै देखेको थिएनन् ।)
न वेदयज्ञाध्ययनैनं दानै
न च क्रियाभिर्न तपोभिरुग्रैः ।
एवंरुपः शक्य अहं नृलोके
द्रष्टुं त्वदन्येन कुरुप्रवीर ॥४८॥
(हे कुरुश्रेष्ठ अर्जुन, तिमीभन्दा अघि मेरो यो विराट रूपलाई कहिल्यै कसैले देखेको थिएन, किनभने वेदाध्ययनद्वारा, यज्ञयोगादिद्वारा, दानद्वारा, पुण्यकर्महरूद्वारा र कठिन तपस्याद्वारा यो भौतिक जगतमा कसैले मलाई यस रूपमा देख्न सक्दैन ।)
मा ते व्यथा मा च विमूढभावो
दृष्ट्वा रूप घोरमोदृङ्ममेदम् ।
व्यपेतभीः प्रीतमनाः पुनस्त्वं
तदेव मे रूपमिदं प्रपश्य ॥४९॥
(मेरो यो डरलाग्दो रूप देखेर तिमी आत्तियौ, अलमल्ल पर्यौ, त्यसैले अब म यसलाई समाप्त गर्छु, हे मेरा भक्त, तिमी फेरि सम्पूर्ण चिन्ताबाट मुक्त होऊ र शान्त मनले तिमीले चाहे अनुरूपको मेरो रूपलाई हेर ।)
सञ्जय उवाच
इत्यर्जुनं वासुदेवस्तथोकत्वा
स्वकं रुपं दर्शयामास भूयः ।
आश्वासयामास च भीतमेनं
भूत्वा पुनः सौम्यवपुर्महात्मा ॥५०॥
(सञ्जयले धृतराष्ट्रलाई भने – भगवान कृष्णले यस प्रकार अर्जुनलाई भनेपछि आफ्नो असली आफ्नो असली चतुर्भुजी रूप देखाउनुभयो र अन्त्यमा दुई भुजाधारी रूप देखाएर डराएका अर्जुनलाई शान्त्वना दिनुभयो ।)
अर्जुन उवाच
दृष्टवेदं मानुषं रुपं तव सौम्यं जनार्दन ।
इदानीमस्मि संवृत्तः सचेताः प्रकृतिं गतः ॥५१॥
(यसप्रकार कृष्णलाई उहाँको असली रूपमा देखेपछि अर्जुनले भने – हे जनार्दन, हजुरको यो अत्यन्त सुन्दर मानवीय रूप देखेर म अहिले स्थिरचित्त भएको छु र आफ्नो असली स्वभावमा फर्किएको छु ।)
श्रीभगवानुवाच
सदुर्दशंमिदं रुपं दृष्टवानसि यन्मम ।
देवा अप्यस्य रूपस्य नित्यं दर्शनकाङ्क्षिणः ॥५२॥
(भगवान्ले भन्नुभयो – प्रिय अर्जुन, तिमीले देखिरहेको मेरो यो रूप देख्न पाउनु निकै गार्हो छ । देवताहरू पनि यो रूप देख्ने अवसर प्राप्त गर्नको लागि सधैँ लालायित रहन्छन्, किनभने यो अति नै दुर्लभ छ ।)
नाहं वैदैर्न तपसा न दानेन न चेज्यया ।
शक्य एवंविधो द्रष्टुं दृष्टवानसि मां यथा ॥५३॥
(आफ्ना दिव्य दृष्टिद्वारा मेरो जुन रूपको दर्शन तिमीले गरिरहेका छौ यसलाई वेदाध्ययनद्वारा, गम्भीर तपस्याद्वारा, दानद्वारा र पूजाद्वारा मात्रै बुझ्न सकिन्न । यी साधनहरूद्वारा कसैले पनि मलाई यस रूपमा देख्न सक्दैन ।)
भक्त्या त्वनन्यया शक्य अहमेवंविधोर्जुन ।
ज्ञातुं द्रष्टुं च तत्त्वेन प्रवेष्टुं च परन्तप ॥५४॥
(हे अर्जुन जुन रूपमा अहिले म तिम्रा अगाडि उभिएको छु, त्यस रूपमा मलाई बुझ्न त केवल अनन्य भक्ति चाहिन्छ, भक्तिद्वारा नै मलाई प्रत्यक्ष देख्न सकिन्छ । केवल यहि विधिले मात्र तिमी मसँग सम्बन्धित ज्ञानको रहस्यभित्र प्रवेश गर्न सक्छौ ।)
मत्कर्मकृन्मत्परमो मद्भक्तः संगवर्जितः ।
निर्वैरः सर्वभूतेषु यः स मामेति पाण्डव ॥५५॥
(प्रिय अर्जुन, सकाम कर्महरू र मानसिक कल्पनाका कल्मषबाट मुक्त भएर जो मेरो विशुद्ध भक्ति सेवामा लागेको छ, जो मेरा लागि काम गर्छ, जसले मलाई नै जीवनको परमलक्ष्य बनाउँछ र जसले प्रत्येक जीवात्मासँग मैत्रीभाव राख्दछ, त्यसले निश्चय नै मलाई प्राप्त गर्दछ ।)
यस प्रकार श्रीमद्भगवद्गीता ग्रन्थअन्तर्गत ‘विराट स्वरूप‘ शीर्षक एघारौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।