श्रीमद्भगवद्गीता सारसंक्षेप छैठौँ अध्याय
श्रीमद्भगवद्गीता
यथारूप
कृष्णकृपामूर्ति
श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद
संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ
अंग्रेजी नेपाली रूपान्तर
नारायणप्रसाद अधिकारी ‘वादरायण’
अध्याय – छ
ध्यानयोग
श्रीभगवानुवाच
अनाश्रितः कर्मफलं कार्य कर्म करोति यः ।
स संन्यासी च योगी च न निराग्निर्न चाक्रियः ॥१॥
(भगवान भन्नुहुन्छ – कर्मफलप्रति अनासक्त रहने र आफ्नो कर्तव्यको पालना गर्ने व्यक्ति नै असली संन्यासी वा योगी हो । आगो नबाल्नाले र कर्तव्य कर्म नगर्नाले कोही पनि संन्यासी वा योगी हुन सक्दैन ।)
यं सन्यासमिति प्राहुर्योगं तं विद्धि पाण्डव ।
न ह्यसंन्यस्तसंकल्पो योगी भवति कश्चन ॥२॥
(हे पाण्डुपुत्र, जसलाई सन्यास भनिन्छ, त्यसैलाई तिमी योग हो भन्ने जान । योग भनेकै परब्रह्मसँग संयुक्त हुन पुग्नु हो । अनि इन्द्रिय संयम नगरी कोही पनि योगी हुन सक्दैन ।)
आरुरुक्षोर्मुनेर्योगं कर्म कारणमुच्यते ।
योगारुढस्य तस्यैव शमः कारणमुच्यते ॥३॥
(अष्टाङ्गयोगका नयाँ साधकहरुको लागि कर्म नै आत्मोन्नतिको साधन हो भने योगसिद्ध पुरुषका लागि भने समस्त भौतिक क्रियाकलापहरुको त्याग नै त्यो साधन हो ।)
यदा हि नेन्द्रियार्थेषु न कर्मस्वनुषज्जते ।
सर्वसंकल्पसंन्यासी योगारुढस्तदोच्यते ॥४॥
(जसले समस्त भौतिक इच्छाहरु परित्याग गरेको छ, जो इन्द्रियतृप्तिका लागि कर्म गर्दैन र जो सकाम कर्ममा फँसेको छैन, त्यस्तो व्यक्तिलाई योगारुढ भनिन्छ ।)
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः ॥५॥
(मानिसले आफ्नो मनको सहायताद्वारा आफ्नै उद्धार गरोस् । आफूलाई तल खस्न नदेओस् । यो मन बद्ध जीवको मित्र पनि हो र शत्रु पनि ।)
बन्धुरात्मात्मनस्तस्य येनातमैवात्मनाजितः ।
अनात्मनस्तु शत्रुत्वे वर्तेतात्मैव शत्रुवत् ॥६॥
(जसले मनलाई जितेको छ, उसका लागि मन नै सर्वश्रेष्ठ मित्र हो र जसले मनलाई जित्न सकेको छैन, त्यसका लागि मन नै सबैभन्दा ठूलो शत्रु पनि हो ।)
जितात्मनः प्रशान्तस्य परमात्मा समाहितः ।
शीतोष्णसुखदुःखेषु तथा मानापमानयोः ॥७॥
(जसले मनलाई जितेको छ, त्यसले पहिले नै परमात्मालाई पाइसकेको हुन्छ र शान्ति पनि प्राप्त गरिसकेको हुन्छ । यस्ता पुरुषका लागि सुख-दुः जाडो-गर्मी तथा मान-अपमान सबै एकनास हुन्छ ।)
ज्ञानविज्ञान तृप्तात्मा कूटस्थो विजितेन्द्रियः ।
युक्त इत्युच्यते योगी समलोष्टाश्मकाञ्चनः ॥८॥
(आफ्नो आर्जित ज्ञान र आत्मानुभूतिका गुणद्वारा पूर्णतया सन्तुष्ट रहने र आत्मासाक्षात्कार गरेको व्यक्ति नै योगी कहलाउँछ । त्यस्तो व्यक्ति आत्मसंयमी र अध्यात्ममा अवस्थित हुन्छ । उसले ढुङ्गो, माटो र सुन जेसुकै होस् सबैलाई समान देख्छ ।)
सृहृन्मित्रार्युदासीनमध्यस्थद्वेष्यबन्धुषु ।
साधुष्वपि च पापेषु समबुद्धिर्विशिष्यते ॥९॥
(मानिस जतिबेला निष्कपट हितैषीहरु, प्रिय मित्रहरु, तटस्थहरु, मध्यस्थहरु, ईर्ष्यालुहरु, शत्रु तथा मित्रहरु अनि पुण्यात्मा तथा पापीहरुप्रति पनि समान भावले हेर्न सक्ने हुन्छ त्यसबेला उसलाई विशिष्ट भनिन्छ ।)
योगी युञ्जीत सततमात्मानं रहसि स्थितः ।
एकाकी यतचित्तात्मा निराशीरपरिग्रहः ॥१०॥
(योगीले सधैँ आफ्नो शरीर, मन तथा आत्मालाई परमेश्वरमा लगाउनुपर्छ । एकान्त स्थानमा एक्लै बस्नुपर्छ र सधैँ सावधानीपूर्वक आफ्नो मनलाई वशमा राख्नुपर्छ । साथै समस्त इच्छाहरु र स्वामित्वभावबाट पनि मुक्त हुनुपर्दछ ।)
शचौ देशे प्रतिष्ठाप्य स्थिरमासनमात्मनः ।
नात्युच्छ्रितं नातिनीचं चैलाजिनकुशोत्तरम् ॥११॥
तत्रैकाग्रं मनः कुत्वा यतचित्तेन्द्रियक्रियः ।
उपविश्यासने युञ्ज्याद्योगमात्मविशुद्धये ॥१२॥
(योगाभ्यास गर्नेले एकान्त ठाउँमा गएर जमीनमा कुश ओच्छ्याओस् र त्यसपछि त्यसलाई ढाक्ने गरी मृतचर्म र नरम कपडा बिच्छ्याओस् । आसन धेरै अग्लो पनि नहोस् र होचो पनि नहोस् । ठाउँ पवित्र होस् । यसैमाथि बसेर योगीले दृढतापूर्वक मन, इन्द्रिय तथा कर्महरु वशमा राख्दै मनलाई एउटा विन्दूमा स्थिर गरेर हृदय शुद्धिका लागि योगको अभ्यास गरोस् ।)
समंकायशिरोग्रीवं धारयन्नचल्लं स्थिरः ।
सम्प्रेक्ष्य निसकाग्रं स्वं दिशशचानलोकयन् ॥१३॥
प्रशान्तात्मा विगतभीर्ब्रह्मचारिव्रते स्थितः ।
मनः संयम्य मच्चितो युक्त आसीत मत्परः ॥१४॥
(योगको अभ्यास गर्नेले आफ्नो शरीर, गर्दन र शीरलाई सोझो पारेर नाकको अग्रभागमा एकटक लगाएर हेरिरहोस्, यसरी मनलाई संयमित तथा अविचलित तुल्याओस्, अनि विषयी जीवनबाट पूर्णतया मुक्त भएर निर्भिकतापूर्वक मलाई नै परमलक्ष्य बनाएर हृदयमा मेरो चिन्तन गरोस् ।)
युञ्जन्नेवं सदात्मानं योगी नियतमानसः ।
शान्तिं निर्वाणपरमां मत्संस्थामधिगच्छति ॥१५॥
(यस प्रकार शरीर मन र कर्मलाई संयमित राख्ने अभ्यासमा लागेका, संयमित मन भएका योगीहरु यी जगतको अन्त भएपछि भगवद्धाममा पुग्दछन् ।)
नात्यश्नतस्तु योगोस्ति न चैकान्तमनश्नतः ॥
न चातिस्वप्नशीलस्य जाग्रतो नैव चार्जुन ॥१६॥
(हे अर्जुन, जो अत्यन्त धेरै खान्छ वा खाँदैखाँदैन, जो अत्यन्त सुताहा छ वा रातभरि सुत्दै सुत्दैन, त्यो योगी हुन सक्दैन ।)
युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु ।
युक्त स्वप्नावबोधस्य योगो भवति दुःखहा ।
(खाने, सुत्ने, मनोरञ्जन गर्ने र काम गर्ने शैलीमा जो नियमित रहन्छ, त्यही व्यक्तिले नै योगाभ्यासद्वारा समस्त भौतिक क्लेशबाट छुट्कारा पाउन सक्छ ।)
यदा विनियतं चित्तमात्मन्येवावतिष्ठते ।
निस्पृहः सर्वकामेभ्यो युक्त इत्युच्यते ॥१८॥
(योगाभ्यासद्वारा आफ्ना मानसिक कार्यकलापहरुलाई अनुशासित पारेर अध्यात्ममा स्थित हुन पुगेको योगी नै समस्त भौतिक चाहनाबाट मुक्त हुनसक्छ र त्यसैलाई योगमा स्थापित भएको मानिन्छ ।)
यथा दीपो निवातस्थो नेङ्गते सोपमा स्मृता ।
योगिनो यतचित्तस्य युञ्जतो योगमात्मनः ॥१९॥
(जसरी हावा नलागेको ठाउँमा दीपशिखा हल्लँदैन, त्यसैगरी मनलाई वशमा राखेका योगीहरु दिव्य आत्मत्त्वको ध्यानमा स्थिर रहन्छन् ।)
यत्रोपरमते चित्तं निरुद्धं योगसेवया ।
यत्र चैवात्मनात्मानं पश्यन्नात्मनि तुष्यति ॥२०॥
सुखमात्यन्तिकं यत्तद्बुद्धिग्राह्यमतीन्द्रियम् ।
वेत्ति यत्र न चैवायं स्थितश्चलति तत्त्वतः ॥२१॥
यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः
यस्मिन्स्थितो न दुःखेन गुणापि विचाल्यते ॥२२॥
तं विद्याद्दुःखसंयोगवियोगं योगसंज्ञितम् ॥२३॥
(योगाभ्यासद्वारा मानिसको मन भौतिक, मानसिक क्रियाबाट पूर्णतया संयमित हुन्छ । यही अवस्थालाई समाधि वा सिद्धिको अवस्था भन्दछन् । यसमा मानिसले शुद्ध मनले आफैलाई देख्न सक्दछ, स्वाद लिन सक्छ र आफैमा आनन्दित हुन सक्छ । यही नै पूर्णताको चिन्ह हो । त्यस आनन्दमय स्थितिमा ऊ आफ्ना दिव्य इन्द्रियहरुद्वारा असीम दिव्य सुखको अनुभूति गर्न सक्छ । यसरी स्थापित भएको मानिस कहिल्यै पनि सत्यबाट डग्दैन । यो सुख प्राप्त भएपछि उसलाई अरु कुनै सुखले आकर्षित गर्न सक्दैन । त्यस्तो स्थितिमा अवस्थित हुन पुगेपछि मानिस ठूला कठिनाइहरुमा पनि विचलित हुँदैन । यो निःसन्देह भौतिक संसर्गका कारणले उत्पन्न समस्त दुःखहरुबाट हुने वास्तविक मुक्ति हो ।)
स निश्चयेन योक्त्व्यो योगोनिर्विर्ण्णचेतसा ।
संकल्पप्रभवान्कामांस्त्यक्त्वा सर्वानिशेषतः ॥
मनसैविन्द्रियग्रामं विनियम्य समन्ततः ॥२४॥
(मानिस दृढसंकल्प लिएर श्रद्धापूर्वक योग अभ्यासमा लोगस् र त्यस पथबाट विचलित नहोओस् । उसले मनोधर्मबाट उत्पन्न समस्त इच्छाहरु पनि निरपवाद रुपले त्याग गरोस् अनि यस प्रकार मनद्वारा सबैतर्फबाट इन्द्रियहरुलाई नियन्त्रण गरोस् ।)
शनैः शनैरुपरमेद्बुद्धया धृतिगृहीतया ।
आत्मसंस्थं मनः कृत्वा न किञ्चिदपि चिन्तयेत् ॥२५॥
(बिस्तारै बिस्तारै, पूर्ण आत्मविश्वासपूर्वक बुद्धिका माध्यमबाट क्रमशः समाधिमा स्थिर हुनुपर्दछ, अनि यसरी मनलाई आत्मामा स्थिर गर्नुपर्दछ र अरु केही पनि सोच्नु हुँदैन ।)
यतोयतो निश्चलति मनश्चञ्चलमस्थिरम् ।
ततस्ततो नियम्यैतदात्मन्येव वशं नयेत् ॥२६॥
(मन आफ्नो चञ्चल र अस्थिर स्वभावको कारणले जताजता विचरण गर्न पुग्दछ, त्यसलाई त्यताबाट खिँचेर आफ्नो वशमा ल्याउनुपर्छ ।)
प्रशान्तमनसं ह्येनं योगिनं सुखमुत्तमम् ।
उपैति शान्तरजसं ब्रह्मभूतमकल्मषम् ॥२७॥
(जुन योगीको मन ममा स्थिर रहेको छ, त्यसले निश्चय नै दिव्य सुखको सर्वोच्च स्थिति प्राप्त गर्दछ । त्यो योगी रजोगुणभन्दा माथि उठेको हुन्छ र त्यसले परमात्मासँग रहेको आफ्नो गुणात्मक एकताको बोध पनि गर्दछ । यसरी ऊ आफ्नो पूर्वजन्मका समस्त कर्मफलबाट मुक्त हुन्छ ।)
युञ्जन्नेवं सदात्मानं योगी विगतकल्मषः ।
सुखेन ब्रह्मसंस्पर्शमत्यन्तं सुखमश्नुते ॥२८॥
(यसरी निरन्तर योग अभ्यासमा लागि रहने आत्मसंयमी योगी नै समस्त भौतिक कल्मषबाट मुक्त भई भगवानको दिव्य प्रेमाभक्तिमा रहेर परिपूर्ण सुखको सर्वोच्च अवस्था पाउन सफल हुन्छ ।)
सर्वभूतस्थमात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षते योगयुक्तात्मा सर्वत्र समदर्शनः ॥२९॥
(वास्तविक योगीले समस्त जीवहरुमा मलाई देख्छ र ममा नै समस्त जीवहरुलाई देख्दछ । स्वरुपसिद्ध व्यक्तिले निसन्देह मलाई नै सर्वत्र वद्यमान परमेश्वरको रुपमा देख्दछ ।)
यो मां पश्यति सर्वत्र सर्वं च मयि पश्यति ।
तस्याहं न प्रणस्यामि स च मे न प्रणश्यति ॥३०॥
(जसले सबै ठाउँमा मलाई देख्छ र सबैलाई मैमा देख्दछ, उसका निम्ति न म कहिल्यै अदृश्य हुन्छु, न त मेरा लागि ऊ अदृश्य हुन्छ ।)
सर्वभूतस्थितं यो मां भजत्येकत्वमास्थितः ।
सर्वथा वर्तमानोपि स योगी मयि वर्तते ॥३१॥
(जुन योगी मलाई र परमात्मालाई एउटै हुन् भन्ने ठानेर भक्तिपूर्वक परमात्माको सेवा गर्दछ, त्यो सदा सर्वदा मैमा विराजमान भएको ठहर्छ ।)
आत्मौपम्येन सर्वत्र समं पश्यति योर्जुन ।
सुखं वा यदि वा दुःखं स योगी परमो मतः ॥३२॥
(हे अर्जुन जसले आफ्नो आत्मासँग तुलना गर्दै समस्त प्राणी तथा तिनीहरुका सुख र दुःखलाई वास्तविक समताभावले देख्न सक्दछ, त्यो मात्र पूर्ण योगी हो ।)
अर्जुन उवाच
योयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन ।
एवस्याहं न पश्यामि चञ्चलत्वात्स्थितिं स्थिराम् ॥३३॥
(अर्जुनले भने हे मधुसूदन, तपाईँले सक्षेपमा वर्णन गर्नुभएको यो योग पद्धति चञ्चल तथा अस्थिर मन भएका कारणले मेरा लागि अव्यावहारिक तथा असहनी लाग्दैछ ।)
चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदृष्करम् ॥३४॥
(हे कृष्ण, यो मन चञ्चल छ, उच्छृङ्खल छ, अटेरी तथा अत्यन्त बलवान् छ । यसलाई वशमा गर्नु हावालाई तह लगाउनु जस्तै कठिन छ भन्ने मैले ठानेको छु ।)
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ॥३५॥
(भगवान श्रीकृष्णले भन्नुभयो – हे महाबाहु, हे कुन्तीपुत्र, चञ्चल मनलाई वशमा ल्याउन कठिन छ भन्ने कुरामा कुनै सन्देह छैन तर अभ्यास र वैराग्यद्वारा यसलाई वशमा ल्याउन सकिन्छ ।)
असंयतात्मना योगो दुष्प्राप इति मे मति ।
वश्यात्मना तु यतता शक्योवाप्तुमुपायत ॥३६॥
(जसको मन उच्छृङ्खल छ, उसको लागि आत्मसाक्षात्कार भनेको कठिन कार्य हुनजान्छ । तर जसको मन संयमित छ र जो प्रयत्नशील पनि छ उसको सफलता निश्चित छ । यो मेरो अभिमत हो ।)
अर्जुन उवाच
अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः ।
अप्राप्य योगसंसिद्धिं काँ गतिं कृष्ण गच्छति ॥३७॥
(अर्जुनले भने – हे कृष्ण, जो प्रारम्भमा श्रद्धापूर्वक आत्मासाक्षात्कारको विधि त ग्रहण गर्दछ तर अन्तमा भौतिक प्रभावले गर्दा विचलित भएर योग सिद्धिबाट वञ्चित हुनपुग्छ, त्यस्तो असफल योगीको के गति हुन्छ ?)
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति ।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि ॥३८॥
(हे महाबाहु कृष्ण, ब्रह्मप्राप्तिको मार्गबाट च्यूत भएको व्यक्ति आध्यात्मिक तथा भौतिक दुवै सफलताबाट वञ्चित पो हुने हो कि ? ऊ कतै छिन्नभिन्न भएको बादल झैँ नाश हुने त होइन ? के उसलाई कुनै लोकमा ठाउँ मिल्न सक्ला ?)
एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः ।
त्वदन्यः संशयस्यास्य छेत्ता न ह्युपपद्यते ॥३९॥
(हे कृष्ण, हजुर बाहेक मेरो यो सन्देह हटाउन सक्ने कोही छैन तसर्थ मेरो सन्देहलाई पूर्ण रुपमा हटाइदिनुहुन तपाईँसँग अनुरोध छ ।)
श्री भगवानुवाच
पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते ।
न हि कल्याणकृत्कश्चिद्दुर्गतिं तात गच्छति॥४०॥
(भगवानले भन्नुभयो – हे पृथापुत्र, कल्याणकार्यमा लागिरहने योगीको विनाश यो लोकमा पनि हुँदैन र परलोकमा पनि हुँदैन । हे मित्र, असल काम गर्नेलाई खराब तत्त्वबाट कहिल्यै पराजित हुनुपर्दैन ।)
प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
शुचीनां श्रीमतां गेहे योगभ्रष्टोभिजायते ॥४१॥
(असफल योगी पवित्र आत्माहरुको लोकमा अनेकानेक वर्षसम्म पुण्य भोग गरेपछि या त सदाचारी पुरुषका परिवारमा या धनवानका कुलमा जन्म लिन पुग्दछ ।)
अथवा योगिनामेव कुले भवति धीमताम् ।
एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम् ॥४२॥
(अथवा त्यो योगको लामो अभ्यासपछि असफल भएको व्यक्ति त्यस्तो योगीको कुलमा जन्मिन्छ जो अत्यन्त बुद्धिमान् हुन्छ । निश्चय पनि यस्तो जन्म संसारमा दुर्लभ छ ।)
तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ॥४३॥
(हे कुरुनन्दन्, यस्तो जन्म पाएपछि त्यसले आफ्नो पूर्व जन्मकै दैवी चेतनालाई फेरि प्राप्त गर्दछ । अनि पूर्ण सफलता प्राप्त गर्ने उद्देश्य लिएर अघि बढ्ने प्रयास उसले गर्दछ ।)
पूर्वाभ्यासेन तेनैव ह्रियते ह्यवशोपि सः ।
जिज्ञासुरपि योगस्य शब्दब्रह्मातिवर्तते ॥४४॥
(आफ्नै पूर्व जन्मको दैवी चेतनाका गुणले गर्दा नचाहेर पनि ऊ स्वतः योगमार्गतिर आकर्षित हुन्छ । यस्तो जिज्ञासु योगी सधैँ शास्त्रीय सिद्धान्तभन्दा माथि रहन्छ ।)
प्रयत्नाद्यतमानस्तु योगी संशुद्धकिल्बिषः ।
अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम् ॥४५॥
(समस्त कल्मषहरुबाट शुद्ध भएर उत्तरोत्तर प्रगति गर्ने कार्यमा गम्भीरतापूर्वक लागेको योगी अनेकौँ जन्मको अभ्यासपछि सिद्धि प्राप्त गरेर परमलक्ष्यमा पुग्न समर्थ हुन्छ ।)
तपस्विभ्योधिको योगी ज्ञानिभ्योपि मतोधिकः ।
कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भवार्जुन ॥४६॥
(योगी तपस्वी एवं ज्ञानीभन्दा पनि ठूलो हुन्छ र सकामकर्मीभन्दा पनि ठूलो हुन्छ, तसर्थ हे अर्जुन सबै परिस्थितिमा तिमी योगी बन ।)
योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना ।
श्रद्धावान्भजते यो मां स मे युक्ततमो मतः ॥४७॥
(सबै योगीहरुमध्ये पनि जुन योगी अत्यन्त श्रद्धालु छ, जो सदा ममा समर्पित छ, जसले आफ्नो अन्तःकरणमा मेरै चिन्तन गरिरहन्छ, जो मेरै दिव्य भक्तिमा संलग्न छ, त्यो नै घनिष्ठ रुपले योगमा मसँग संयुक्त हुन्छ र त्यो नै सबैभन्दा श्रेष्ठ हो । यो मेरो बिचार हो ।)
यस प्रकार श्रीमद्भगवद्गीता ग्रन्थअन्तर्गत ‘ध्यानयोग’ शीर्षक छैठौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।