श्रीमद्‍भागवतगीता सार

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप चौथो अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

 

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

 

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – चार

दिव्य ज्ञान

 

श्रीभगवानुवाच

इममं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।

विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेब्रवीत् ॥१॥

(भगवानले भन्नुभयो – मैले यो अविनाशी योग सर्वप्रथम सूर्यलाई बताएको थिएँ, सूर्यले मानव जातिका आदि पिता मनुलाई बताए र मनुले यही ज्ञान फेरि राजा इक्ष्वाकुलाई दिए ।)

 

एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः ।

स कालेनेह महता योगो नष्टः परन्तपः ॥२॥

(यसरी यो परमविज्ञान शिष्यपरम्पराद्वारा प्राप्त हुन आएको हो, र राजर्षिहरूले यसलाई त्यसै विधिले बुझे, तर समयको अन्तरालमा त्यो परम्परा टुट्यो । त्यसैले यो विज्ञान जस्तो छ, त्यही रुपमा नदेखिएजस्तो लाग्दछ ।)

 

स एवायं मया तेद्ये योगः प्रोक्तः पुरातनः ।

भक्तोसि मे सखा चेति रहस्यं ह्येतदुत्तमम् ॥३॥

(आज म तिमीलाई भगवानसँगको सम्बन्ध बुझाउने धेरै पुरानो विज्ञानको कुरा भन्दैछु । किनभने तिमी मेरा भक्त पनि हौ र मित्र पनि हौ, अनि फेरि तिमी यो विज्ञानको दिव्य रहस्य बुझ्न सक्छौ ।)

 

अर्जुन उवाच

अपरं भवतो जन्म परं जन्म विवस्वतः ।

कथमेतद् विजानीयां त्वमादौ प्रोक्तवानिति ॥४॥

(अर्जुनले भने – सूर्यदेव विवस्वानको जन्म पहिल्यै भएको थियो, हजुरको जन्म बल्ल अहिले भएको छ भने यो विज्ञान हजुरले उनलाई पहिल्यै बताउनुभएको थियो भन्ने कुरा मैले कसरी बुझूँ ?)

 

श्रीभगवानुवाच

बहूनि मे व्यतीतानि जन्मानि तव चार्जुन ।

तान्यहं वेद सर्वाणि न त्वं वेत्थ परन्तप ॥५॥

(भगवानले भन्नुभयो – हे परन्तप अर्जुन, तिम्रा र मेरा धेरै धेरै जन्महरू बितिसकेका छन् । मलाई ती सबैको सम्झना छ तर तिमीले त्यो सम्झन सक्दैनौ ।)

 

अजोपि सन्नव्ययात्मा भूतानामीश्वरोपि सन् ।

प्रकृतिं स्वामधिष्ठाय संभवाम्यात्ममयया ॥६॥

(म अजन्मा हुँ, मेरो दिव्य शरीर अविनाशी छ र म सबै प्राणीहरूको स्वामी हुँ तापनि प्रत्येक युगमा म आफ्नो वास्तविक दिव्य स्वरुपमा प्रकट हुन्छु ।)

 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥७॥

(हे भरतवंशी अर्जुन, जहाँ जहाँ र जहिल जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्छ, त्यस बखत त्यस ठाउँमा मैले अवतार लिन्छु ।)

 

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धरेमसंस्थापनार्थाय सम्भावि युगे युगे ॥८॥

(भक्तहरूको उद्धारको लागि, दुष्टहरूको विनाशको लागि र धर्म पुनर्स्थापना गर्नको लागि म हरेक युगमा प्रकट हुन्छु ।)

 

जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।

त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोर्जुन ॥९॥

(हे अर्जुन, जसले मेरो जन्म र कर्मको दिव्य स्वभावलाई यथार्थ रुपमा बुझ्दछ, त्यसले यो शरीर छोडेपछि भौतिक संसारमा फेरि जन्म लिनु पर्दैन, बरु उसले त मेरो सनातन धाम नै प्राप्त गर्दछ ।)

 

वीतरागभयक्रोधा मन्मया मामुपाश्रिताः ।

बहवो ज्ञानतपसा पूता मद्‍भावमागताः ॥१०॥

(आसक्ति, भय र क्रोधबाट मुक्त भएर, पूर्णतया ममाथि नै लीन भएर र मेरै शरणमा आएर भूत कालमा धेरै व्यक्तिहरू मेरो ज्ञानद्वारा पवित्र भए । यसरी तिनीहरू सबैले मेरो दिव्य प्रेम प्राप्त गरे ।)

 

ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।

मम वर्त्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ॥११॥

(जो जुन भावले मेरो शरणमा पर्छ, त्यसलाई त्यही अनुरुपको फल दिन्छु, हे पार्थ, हरेक व्यक्तिले सबै पक्षबाट मेरै पथको अनुगमन गर्दछन् ।)

 

काङ्क्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवताः ।

क्षिप्रं हि मानुषे लोके सिद्धिर्भवति कर्मजा ॥१२॥

(यस संसारमा सकाम कर्मको फल वा सिद्धि चाहनेहरूले देवताहरूको पूजा गर्दछन् । अवश्य नै यो संसारमा मानिसलाई उसका काम कर्मको फल तुरुन्तै प्राप्त हुन्छ ।)

 

चातुर्वर्ण्य मया सृष्टं गुणकर्मविभागशः ।

तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम् ॥१३॥

(प्रकृतिका तीन गुण र ती गुणसंग सम्बन्धित कर्मअनुसार मैले मानव समाजमा चार वर्गहरूको सृष्टि गरेँ, म यी सबैको कर्ता हुँ तापनि तिमीले मलाई अविनाशी अकर्ता नै ठान ।)

 

न मां कर्माणि लिम्पन्ति न मे कर्मफले स्पृहा ।

इति मां योभिजानाति कर्मभिर्न स बध्यते ॥१४॥

(मलाई प्रभावित पार्ने कुनै कर्म छैन र ममा कुनै कर्मफलको चाहना पनि छैन । जसले मसँग सम्बन्धित यो सत्य कुरालाई बुझ्दछ त्यो व्यक्ति सकाम कर्मफलको बन्धनमा बाँधिदैन ।)

 

एवं ज्ञात्वा कृतं कर्म पूर्वैरपि मुमुक्षभिः ।

कुरु कर्मैव तस्मात्त्वं पूर्वैः पूर्वतर कृतम् ॥१५॥

(प्राचीन कालमा समस्त मुक्तात्माहरूले मेरो दिव्य प्रकृतिलाई जानेरै कर्म गरेका थिए । तिमीले पनि तिनीहरूकै चरणचिन्हको अनुसरण गर्दै आफ्नो कर्तव्य पालन गर ।)

 

किं कर्म किमकर्मेति कवयोप्यत्र मोहिताः ।

तत्ते कर्म प्रवक्ष्यामि यज्ज्ञात्वा मोक्ष्यसेशुभात् ॥१६॥

(कर्म के हो र अकर्म के हो भन्ने कुरा छुट्ट्याउने काममा विद्वानहरू पनि अल्मलिने गर्छन् । त्यसैले म तिमीलाई कर्म के हो भन्ने कुरा बताउँछु । यो कुरा जान्यौ भने तिमी समस्त अशुभ वा दुर्भाग्यबाट मुक्त हुनेछौ ।)

 

कर्मणो ह्यपि बोद्धव्यं च विकर्मणः ।

अकर्मणश्च बोद्धव्यं गना कर्मणो गतिः ॥१७॥

(कर्मको जटिलतालाई बुझ्नु साह्रै कठिन छ, त्यसैले मानिसले कर्म के हो, वर्जित कर्म के हो र अकर्म के हो भन्ने कुरा राम्रोसँग बुझ्नुपर्दछ ।)

 

कर्मण्यकर्म यः पश्येदकर्मणि च कर्म यः ।

स बुद्धिमान्मनुष्यषु स युक्तः कृत्स्नकर्मकृत ॥१८॥

(जसले कर्ममा अकर्म र अकर्ममा कर्म देख्दछ त्यो व्यक्ति सबै मानिसहरूभन्दा बुद्धिमान् हो र त्यस्तो व्यक्ति सबै किसिमका कर्ममा संलग्न भएर पनि दिव्य अवस्थामा रहेको हुन्छ ।)

 

यस्य सर्वे समारम्भाः कामसंकल्पवर्जिताः ।

ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः ॥१९॥

(जसको हरेक प्रयास इन्द्रियतृप्तिको इच्छाले रहित हुन्छ, त्यसलाई पूर्ण ज्ञानी मानिन्छ, ऋषिहरू त्यस्ता कर्तालाई पूर्ण ज्ञानरुपी अग्निद्वारा कर्मफल डढाउने पण्डित भन्दछन् ।)

 

त्यक्त्वा कर्मफलासङ्गं नित्यतृप्तो निराश्रयः ।

कर्मण्यभिप्रवृत्तोपि नैव किञ्चित्करोति सः ॥२०॥

(कर्मफलका सम्पूर्ण आसक्तिहरूलाई त्यागेर सधैँ सन्तुष्ट र स्वतन्त्र रहने व्यक्तिले सबै प्रकारका कर्ममा संलग्न रहे पनि सकाम कर्म गरिरहेको हुन्न ।)

 

निराशीर्यतचित्तात्मा त्यक्तसर्वपरिग्रहः ।

शारीरं केवलं कर्म कुर्वन्नाप्नोति किल्बिषम् ॥२१॥

(यस किसिमको ज्ञानी पुरुषले पूर्णतया नियन्त्रित मन र बुद्धिले काम गर्छ, उसले आफ्नो सम्पत्तिमाथिको स्वामित्वलाई पनि त्यागिदिन्छ र केवल जीवन निर्वाहका लागि मात्र काम गर्दछ । यसरी कर्म गर्ने व्यक्ति पापपूर्ण कर्मफलबाट प्रभावित हुँदैन ।)

 

यदृच्छालाभसंतुष्टो द्वन्द्वातीतो विमत्सरः ।

समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ॥२२॥

(जो व्यक्ति आफूजस्तै हुने लाभबाट सन्तुष्ट रहन्छ, द्वेतभावबाट मुक्त रहन्छ, ईर्ष्या गर्दैन र सफलता र असफलता दुवै अवस्थामा स्थिरचित्त रहन्छ, त्यो व्यक्ति कर्म गरेर पनि कर्मफलमा बाँधिदैन ।)

 

गतसंगस्य मुक्तस्य ज्ञानावस्थितचेतसः ।

यज्ञायाचारतः कर्म समग्रं प्रविलीयते ॥२३॥

(जो व्यक्ति प्रकृतिका गुणमा आसक्त छैन र पूर्ण रुपले दिव्य ज्ञानमा अवस्थित छ, उसका सबै कर्महरू ब्रह्ममा लीन हुन जान्छन् ।)

 

ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् ।

ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ॥२४॥

(कृष्णभावनामृतमा पूर्णतया निमग्न भएको व्यक्तिले आफ्नै आध्यात्मिक कर्मले गर्दा भगवद्‍धाम प्राप्त गर्छ, किनभने उसका कर्ममा हवन पनि ब्रह्ममय र हवि पनि ब्रह्ममय हुन पुग्छन् ।)

 

दैवमेवापरे यज्ञं योगिनः पर्युपासते ।

ब्रह्माग्नावपरे यज्ञं यज्ञेनैवोपजुह्वति ॥२५॥

(कतिपय योगहरू विभिन्न प्रकारका यज्ञहरूद्वारा राम्रोसंग देवताहरूको पूजा गर्दछन् भने कुनै योगीहरू परमब्रह्मरुपी अग्निमा आहुति चढाउँछन् ।)

 

श्रोत्रादीनीन्द्रियाण्यन्ये संयमाग्निषु जुह्वति ।

शब्दादीन्विषयानन्य इन्द्रियाग्निषु जुह्वति ॥२६॥

(केही विशुद्ध ब्रह्मचारीहरू श्रवण, प्रक्रिया र इन्द्रियहरूलाई मनको नियन्त्रण रुपी अग्निमा होमिदिन्छन् भने अर्काथरी गृहस्थहरू इन्द्रियका विषयहरूलाई इन्द्रियरुपी अग्निमै आहुति दिन्छन् ।)

 

सर्वाणीन्द्रियकर्माणि प्राणकर्माणि चापरे ।

आत्मसंयमयोगाग्नौ जुह्वति ज्ञानदीपिते ॥२७॥

(मन र इन्द्रियलाई वशमा राखेर आत्मसाक्षात्कार गर्न चाहनेहरूले सबै इन्द्रियहरू र प्राणवायुका कार्यहरूलाई पनि संयमित मनरुपी अग्निमा आहुति दिन्छन् ।)

 

द्रव्ययज्ञास्तपोयज्ञा योगयज्ञास्तथापरे ।

स्वाध्यायज्ञानयज्ञाश्च यतयः संशितव्रताः ॥२८॥

(दृढ व्रत धारण गरेका योगीहरू कुनै सम्पत्तिको त्यागद्वारा, कुनै कठिन तपस्याद्वारा, कुनै अष्टाङ्ग योगको अभ्यासद्वारा, र कुनै दिव्यज्ञानको विकास गराउने वेदहरूको अध्ययनद्वारा प्रबुद्ध हुन्छन् ।)

 

अपानेजुह्वति प्राणं प्राणेपानं तथापरे ।

प्राणापानगती रुद्ध्वा प्राणायमपरायणाः ॥

अपरे नियताहाराः प्राणान् प्राणेषु जुह्वति ॥२९॥

(कुनै योगीहरू समाधिमा रहनका लागि प्राणायामद्वारा स्वासलाई रोकीराख्छन् । यिनीहरू अपानवायुमा प्राणवायुलाई र प्राणमा अपानवायुलाई रोक्ने अभ्यास गर्छन् र अन्तमा प्राण र अपान दुवैलाई रोकेर समाधिमा प्रवेश गर्दछन् भने कुनै योगीले आहारलाई नियन्त्रण गर्दै प्राणलाई प्राणमै होमिदिन्छन् ।)

 

सर्वेप्येते यज्ञविदो यज्ञक्षपितकल्मषाः ।

यज्ञशिष्टामृतभुजो यान्ति ब्रह्म सनातनम् ॥३०॥

(यी सबै यज्ञकर्ताहरू यज्ञको अर्थ जान्नाले पापकर्मबाट मुक्त हुन्छन् र यज्ञको फलरुपी अमृत चाखेर परमधामतिर अगाडि बढ्दछन् ।)

 

नायं लोकोस्त्ययज्ञस्य कुतोन्यः कुरुसत्तम ॥३१॥

(हे कुरुश्रेष्ठ अर्जुन, यज्ञ नगर्ने मानिस यस लोकमा, यस जीवनमा त सुखपूर्वक रहन सक्दैन भने अर्को जन्ममा झन् कसरी सुखी होला र ?)

 

एवं बहुविधा यज्ञा वितता ब्रह्मणो मुखे ।

कर्मजान्विद्धि तान्सर्वानेवं ज्ञात्वा विमोक्ष्यसे ॥३२॥

(यी विभिन्न प्रकारका यज्ञहरू वेदसम्मत छन्, र सबै यज्ञहरू नाना प्रकारका कर्मबाट उत्पन्न हुन्छन्।यिनीहरूलाई यसरी बुझ्नाले तिमी मुक्त हुन्छौ ।)

श्रेयान् द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तप ।

सर्व कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ॥३३॥

(हे परन्तप अर्जुन, ज्ञानमय यज्ञ द्रव्यमय यज्ञभन्दा श्रेष्ठ हो । हे पार्थ, आखिरमा सम्पूर्ण कर्ममय यज्ञको समाप्ति दिव्य ज्ञानमा गएर हुन्छ ।)

 

तद्धिद्धि प्रणिपातेन परिप्रश्नेन सेवया ।

उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः ॥३४॥

(गुरुका नजिक पुगेर सत्यलाई बुझ्ने चेष्टा गर । विनम्रतापूर्वक गुरुका सामू आफ्ना जिज्ञासाहरू राख, गुरुको सेवा गर, अनि सत्यको दर्शन पाएका ज्ञानी गुरुले तिमीलाई यथार्थ ज्ञान प्रदान गर्नेछन् ।)

 

यज्ज्ञात्वा न पुनर्मोहमेवं यास्यसि पाण्डव ।

येन भूतान्यशेषाणि द्रक्ष्यस्यात्मन्यथो मयि ॥३५॥

(आत्मासाक्षात्कार गरेका व्यक्तिहरूबाट वास्तविक ज्ञान पाइसकेपछि तिमी फेरि कहिल्यै यस्तो मोहमा पर्नेछैनौ, किनभने यो ज्ञानद्वारा तिमीले सबै जीवहरू परमात्माका अंश हुन् तथा तिनीहरू सबै मेरै हुन् भन्ने अनुभव गर्न सक्छौ ।)

 

अपि चेदसि पापेभ्यः सर्वेभ्यः पापकृत्तमः ।

सर्व ज्ञानप्लवेनैव वृजिनं सन्तरिष्यसि ॥३६॥

(यदि तिमी सम्पूर्ण पापीहरूभन्दा पनि महापापी मानिएका छौ भने पनि दिव्य ज्ञानरुपी डुँगामा चढ्यौ भने यो दुःखको सागरलाई सजिलै पार गर्न सक्नेछौ ।)

 

यथैधांसि समिद्वोग्निरभस्मसात्कुरुतेर्जुन ।

ज्ञानाग्नि सर्वकर्माणि भस्मसात्कुरुते तथा ॥३७॥

(हे अर्जुन, जसरी जलिरहेको आगोले सुकेका दाउरालाई खरानी पारिदिन्छ, त्यसैगरी ज्ञानरुपी अग्निले भौतिक कर्मका सबै फलहरूलाई भस्म पारिदिन्छ ।)

 

न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।

तत्स्वयं योगससिद्धः कालेनात्मनि विन्दति ॥३८॥

(यस संसारमा दिव्य ज्ञान जत्तिको महान र पवित्र अरु केही छैन, यस्तो ज्ञान सम्पूर्ण योगको पाकेको फल हो, जो व्यक्ति भक्तिसेवामा सक्षम र पूर्ण हुन्छ, त्यसैले यथासमयमा आफैभित्र यो ज्ञानको आस्वादन गर्दछ ।)

 

श्रद्धावाँल्लभते ज्ञानं तत्परः संयतेन्द्रियः ।

ज्ञानं लब्ध्वा परां शान्तिमचिरेणाधिगच्छति ॥३९॥

(जुन श्रद्धालु व्यक्ति दिव्य ज्ञानका लागि समर्पित छ र जसले इन्द्रियहरूलाई वशमा राखेको छ, त्यही नै यो ज्ञान प्राप्त गर्ने आधिकारिक व्यक्ति हो र यस्तो ज्ञान पाउनासाथ उसले तुरुन्तै आध्यात्मिक शान्ति प्राप्त गर्दछ ।)

 

अज्ञश्चाश्रद्दधानश्च संशयात्मा विनश्यति ।

नायं लोकोस्ति न परो न सुखं संशयात्मनः ॥४०॥

(शास्त्रप्रति शंका गर्ने अज्ञानी र श्रद्धाविहीन व्यक्तिले ईश्वरीय चेतना प्राप्त गर्न सक्दैन । त्यस्तो व्यक्ति तल गिर्छ । संशयी व्यक्तिले न त यस लोकमा सुख पाउँछ न परलोकमा नै ।)

 

योगसंन्यस्तकर्माणं ज्ञानसञ्छिन्नसंशयम् ।

आत्मवन्त न कर्माणि निबध्नन्ति धनञ्जय ॥४१॥

(जो मानिस आफ्ना कर्मफललाई त्यागेर भक्तिसेवामा लाग्दछ र दिव्य ज्ञानद्वारा जसका सन्देहहरू नष्ट भएका छन्, त्यो नै आत्मपरायण व्यक्ति हो । हे धनञ्जय, यस्तो व्यक्ति कर्मफलका बन्धनले बाँधिदैन ।)

 

तस्मादज्ञानसम्भूतं हृत्स्थं ज्ञानासिनात्मनः ।

छित्वैन संशयं योगमातिष्ठोत्तिष्ठ भारत ॥४२॥

(अतः हे अर्जुन, अज्ञानका कारणले तिम्रा हृदयमा जुन संशय उठेको छ, त्यसलाई ज्ञानरुपी तरवारले काट र योगयुक्त भएर युद्धका लागि उठ ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत ‘दिव्य ज्ञान’ शीर्षक चौथो अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *