व्यक्ति विशेष

विमला केसी

जन्म: मंसिर,२०३५ साल
परिवार विवरण: श्रीमान बसन्तकुमार शर्मा (नेकपा केन्द्रीय सदस्य), छोरी रश्मी केसी शर्मा र छोरा राहुल केसी शर्मा
स्थान: रुकुम पश्चिमको सानीभेरी गाँउपालिका वडा न.९
हाल: कर्णाली प्रदेश सरकारको प्रवक्ता, मन्त्री (भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय)

वाल्यकाल: सानै ६ वर्षको हुदा बुबा गुमाएकी मन्त्री केसीको वाल्यकाल संघर्षपूर्ण रहयो। उहाँको रुची क्रान्तिकारी नाटक, गीत संगितमा गहिरो थियो। आफूले लेखेको नाटकले दर्शकको मन जितेर रुवाएको समेत उहाँ स्मरण गर्नुहुन्छ। आफ्नो होटलमा विभिन्न किसिमका मानिसहरु आउने, कुराकानी गर्ने गर्दा सही र गलतबारे बालपछ भन्न करा बुझिसकेकी उहाँ आफ्नो आमाबाट समाजमा रहेका कुरीती, कुसंस्कारविरुद्ध लड्नुपर्छ भन्ने ज्ञान सिकिसकेको हनहन्थ्यो। • उहाँ कक्षा पढ्दै गर्दा देशमा बहुदल आएको बेला उहाँलाई ‘बहुदल लट्ठी टेकेर आँउछ कि कसरी आँउछ भन्ने हुटहुटी भइरह्यो। आफ्नो वरिपरिको समाजलाई अरु बालकहरुभन्दा चाडै बुझ्न सक्ने खालको स्वभाव उहाँमा विकास भएको थियो।

अध्ययन: राजनितिशास्त्रमा स्नातकोत्तर कानुनमा स्नातक

राजनीतिमा आउनका कारण:
उहाँका गाउमा रहेका अधिकांश महिला घरेलु हिंसाका शिकार हुन्थे, घरपरिवारका सदस्यबाट पिटाइ खाएकी महिलाहरुलाई देख्दा पनि उहाँलाई साह्रै नराम्रो लाग्ने महिला भएर जन्मिनु दोष हो कि जस्तो लाग्ने भावना मनमा खेल्ने,समाजमा रहेका जतिय भेदभाव,दमनरशोषण
उहाँका कान्छाबुबा उहाँ साने छदा नेकपा मासालका एरिया इन्चार्ज भएका कारण उहाँमा पनि कामको नेतृत्व र जिम्मेवारी लिन सक्ने स्वभावको विकास भएको थियो। बाल्यकालमै विद्यालय अध्यापन गराउने शिक्षकबाट उहाँले राजनितीलाई नजिकबाट चित्रे र त्यसको महत्व बारे गहिरो ज्ञान बुझ्ने मौका पाउनुभयो ।

राजनितिक यात्रा: –
बहुदल आएको बेलामा विद्यालयमा उहाँले ११ बर्षको कलिलै उमेरमा पहिलो पटक अनोरास्ववियु छैठौँको सदस्यता लिनुभयो । त्यसपछि इकाई सदस्य, महिला संगठनको एरिया अध्यक्ष बन्नुभयो। .२०५० सालमा विद्यार्थी संगठन, महिला संगठन र कलाकार संगठनको एरिया कमिटी अध्यक्षका रुपमा सशक्त भुमिका निर्वाह, .२०५१ सालको अन्तिममा पार्टीको अधिकारिक सदस्य हुनुभयो । .२०५२ सालमा भुमिगत हुनुभयो (जुनबेला उहाँको उमेर १४ वर्षको थियो) •२०६४ सालमा २९ वर्षको उमेरमा पहिलो संविधानसभाको सदस्य बन्नुभयो ।

योग्दानः
उहाँले लेखेका साहित्यतर्फ दर्जन नाटकमध्ये बदला र आक्रोश चर्चित नाटक हुन जसले समाजमा सकरात्मक सन्देश प्रवाह हुन गयो। उहाँ भुमिगत हुदा पार्टिका विभिन्न क्रियाकलापमा सहभागी हुने, विभिन्न पहिरन लगाई प्रहरीको आँखा छली महत्वपूर्ण दस्तावेज एक ठाउदेखि अर्को ठाँउ लग्ने गर्नुहुन्थ्यो । २०६४ सालमा संविधानसभा सदस्य बनेपछि उहाँले संसदको राज्यव्यवस्था परामर्श समिति र संवैधानिक समितिमा सदस्यको रुपमा काम समेत गर्नुभयो । उहाँ महिला आयोग,दलित आयोग, मुश्लिम आयोग, जनजाति आयोग, अपाङ्ग अल्पसंख्या र पिछडिएका वर्गको समस्या समाधान गर्ने आयोग गठनको व्यवस्था संविधानमा लेखाउन ठूलो भूमिका निर्वाह गर्नुभयो। कर्णाली प्रदेशको कृषि तथा सहकारी मन्त्रीको पद समाल्दा उहाँको विशेष जोड स्वरोजागरी, आत्मनिर्भरताका लागि सीपामूलक कार्यक्रमहरुमा महिला दलित तथा लक्षित वर्गका साथै प्रदेशको समग्र अवस्था उकासे दिशातर्फ केन्द्रित रहेको थियो। उहाँकर्णाली प्रदेश सरकारको मन्त्री भएदेखिने कर्णाली लाई पूर्ण अर्गानिक कर्णाली प्रदेश गराइ स्थानीय उत्पादनको विकासमा विशेष अभियान ने संचालन गराउनु भएको थियो। गरिव किसानको जीवनस्तर माथि उकास्न विभिन्न योजनाहरू बनाई कार्यान्वयन गर्न लागिपर्नुभएको थियो ।

नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश अध्यक्षमा विमला केसी निर्विरोध हुनु भएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्पन्न माओवादी केन्द्रको प्रदेश सम्मेलनले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको हो।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भएकी केसी २०४६ सालदेखि राजनीतिमा आवद्ध हुनुहुन्छ। उहाँले आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व झण्डै एक महिना गर्नुभयो । नेपालको सन्दर्भमा महिला अर्थ मन्त्री भएको यो पहिलो पटक हाे । पूर्व संविधानसभा सदस्यसमेत रहेकी केसी केही सशस्त्र द्वन्द्वका बेला दुई पटक हिरासत बस्नुभएको थियो।

विमला केसी रूकुम पश्चिमबाट समानुपातिक सांसद हुनुहुन्छ। 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *