मनोरञ्जन

विनयशिलता

George Washington र Lafayette कुरा गर्दै गरेको बखत एकजना दास आइपुग्यो र उसले आफ्नो ह्याट फुकालेर ४५ डिग्रिको कोणमा निहुरिँदै George Washington लाई Good Morning टक्र्यायो । George Washington ले हत्तपत्त आफ्नो ह्याट पनि खोलेर झण्डै ३० डिग्रिको कोणमा झुकेर उसलाई Good Morning फर्काउँदै कृतज्ञता प्रकट गरे ।

एकजना मामुली दास जसलाई अमेरिकामा त्यसताका पशुभन्दा पनि निच प्राणीको रुपमा हेरिन्थ्यो त्यसलाई एक अमेरिकी राष्ट्रपतिले गरेको व्यवहार पटक्कै मन परेन । Lafayette लाई निकै खसखस लागेर आयो र  सोधिहालेः महामहिम हजुरले यो के गरीबक्सेको ?

George Washington ले तुरुन्तै जवाफ दिए । मेरो लागि सबैभन्दा ठूलो कुरा विनयशिलता हो । यही विनयशिलताको कारणले म अमेरिकाको राष्ट्रपति बनेको हुँ । अतः उसले मभन्दा बढी विनयशिल हुन खोज्यो अर्थात ऊ मभन्दा ठूलो हुन खोज्यो । त्यो कुरा मलाई सह्य हुने कुरै भएन । तसर्थ उसलाई आफूभन्दा तल पार्न मैले ऊभन्दा बढी विनयशिल बनेको हुँ ।

Lafayette नाजवाफ भए ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *