रु १ कहाँ हरायो ?
# तीनजना केटाहरु मःमः खानको लागि एउटा मःमः होटेलमा गएछन् । मःमः को मूल्य प्रतिप्लेट १० रुपैँया रहेछ । उनीहरुले एकएक प्लेट मःमः खाएछन् । अब प्रत्येक व्यक्तिले रु १०/१० उठाएर वेटरलाई दिएछन् । मःमः बेच्ने व्यापारीले ती केटाहरु चिनेको मान्छे भएकोले रु ५ फिर्ता दिएछ । तर वेटरले चलाखी गरेर रु २ आफैले लुकाएछ र साहुजीले फिर्ता गरिदिएको भनी ३ रुपैँया मात्र केटाहरुलाई फिर्ता दिएछ । ती केटाहरुले १/१ रुपैँया भाग लगाएर राखेछन् ।
अब उनीहरुले तिरेको मःमःको वास्तविक मूल्य रु ९/९ ले जम्मा रु २७ भएछ । वेटरले रु २ मात्र लुकाएको छ । अब भन्नुस् उनीहरुले शुरुमा रु ३० बुझाएकोमा २७+२=२९ मात्र भयो । रु १ कहाँ हरायो ?