मेरो परिचय
प्राय सबै महत्वपूर्ण मान्छेको मात्र परिचय पठनीय हुन्छ । म अमहत्वपूर्ण मान्छे । मेरो परिचय आम मान्छेको लागि कुनै महत्वको छैन । तैपनि मलाई नचिन्ने मित्रहरुले पनि मेरो परिचय हेरिदिए म आभारी हुनेथिएँ ।
मैले पहिल्यै भनिसकेँ मेरा जीवनका कुनै पनि घटना महत्वपूर्ण छैनन् । मेरो २६ वर्षे नोकरी अवधिमा १३ वर्ष शिक्षणमा र १३ वर्ष निजामती सेवामा बित्यो । सरकारी कर्मचारीहरुको संख्या झण्डै २ लाख मध्ये संख्याको आधारमा मेरो पद बीचतिर पर्छ होला । आम जागिरे तथा राजनैतिक जागिरेको तह समेत जोड्दा त मेरो तह ५ प्रतिशतभन्दा तलै पर्छ । मैले हालसम्म काम गरेका कुनै पनि कार्यालय महत्वपूर्ण (विकासे अड्डा) अन्तर्गत पर्दैनन् ।
मेरो पारिवारिक पृष्ठभूमि पनि महत्वपूर्ण छैन । मेरो बुबा, आमा र श्रीमती सामान्य साक्षर मात्र हुन् । उनीहरुको राजनैतिक तथा प्रशासनिक हैसियत आम नेपालीको तुलनामा औसत पनि छैन ।
मेरो शैक्षिक इतिहास पनि महत्वपूर्ण छैन । १ कक्षादेखि स्नातकोत्तरसम्मका विभिन्न शैक्षिक योग्यता आर्जनको क्रममा शारीरिक, पारिवारिक तथा मनोगत परिस्थितिका कारण म कुनै पनि कक्षा/तहमा नियमित विद्यार्थीको रुपमा उपस्थित हुन सकिन । मेरो हाजिरी वर्षभरिमा १०० दिनभन्दा बढी कुनै पनि कक्षा/तहमा पुगेको छैन फलस्वरुप आजसम्म दोस्रो श्रेणीभन्दा माथिको प्रमाणपत्र हासिल गर्न सकेको छैन ।
मेरो जन्मस्थल रुकुम जिल्लाको खलंगा गाविस वडा नं ६ हो । भोगोलिक हिसाबले पनि मेरो जन्मस्थल महत्वपूर्ण छैन किनकि न त यो आरक्षण प्राप्त जिल्लामा पर्छ न त सुविधायुक्त जिल्लामा । सम्पत्तिको हिसाबले मैले आफै कमाइ आएको कुनै घर वा जग्गा त्यहाँ अहिले छैन । त्यहाँका केही जग्गा बेची वा बन्धक राखी पाएको पैंसाले प्राप्त तथा निर्माण गरेको जग्गा तथा घर भक्तपुर जिल्लाको दुवाकोट गाविस वडा नं १ मा छ । कानूनी तथा व्यवहारगत रुपमा भन्ने हो भने त्यो घरजग्गा पनि पूर्ण रुपमा मेरो स्वामित्वमा छैन । यस हिसाबले म वर्तमान अवस्थामा पूर्ण रुपमा स्थायी सम्पत्तिविहिन एवं घरजग्गाविहिन व्यक्ति हुँ ।
आम मान्छेले बुझेको अर्को महत्वपूर्ण विषय भनेको राजनीति हो । म आजसम्म कुनै पनि दलको विश्वासपात्र बन्न सकिन । तर केही दलका जिल्ला नेताहरुले यो त फलानोको मान्छे नै हो भनी राजनीतिक बिल्ला वा टीको भने लगाइदिने गर्ने गरेका छन् । यससंग मेरो चासो र गुनासो दुवै छैन । कुनै राजनीतिक दललाई फाइदा पुर्याउँदै अर्को दललाई नोक्सानी पुर्याएर स्वार्थ सिद्ध गर्ने मेरो कुनै पनि लालसा र आवश्यकता दुवै छैन । तसर्थ म राजनैतिक हिसाबले झनै अमहत्वपूर्ण मान्छे हुँ ।
उल्लेखित कुनै पनि कुरा मनोगत होइनन् सबै प्रमाणिक हुन् । यी सम्बन्धमा मैले काम गरेका विभिन्न शैक्षिक संस्था तथा कार्यालयमा रहेको अभिलेखबाट प्रमाण संकलन गरेर जोसुकैले पनि हेर्न सक्छ ।
उल्लेखित विभिन्न असफलताको बाबजुद आज मैले विश्वकै भाग्यमानीहरुको बीच आफूलाई आफै राखी ती भाग्यमानी सरह भएको आत्मतुष्टि लिइरहेको छु । आजका दिनसम्म मेरा तीनवटै सन्तानमध्ये पहिलोले (छोरी) खुल्ला प्रतिस्पर्धाबाट झण्डै रु ४० लाख बराबरको सरकारी छात्रवृत्ति प्राप्त गरी एमबिबिएस अध्ययन गर्दैछ । दोस्रो सन्तानले (छोरा) छात्रवृत्ति/सुविधा प्राप्त गरी बिइ सिभिल इन्जिनियरिङ अध्ययन पूरा गर्दैछ भने आज मात्रै कान्छो सन्तान (छोरा) ले पुनः खुल्ला प्रतिस्पर्धाबाट झण्डै रु ४० लाख बराबरको सरकारी छात्रवृत्ति प्राप्त गरी एमबिबिएस अध्ययन गर्ने अवसर प्राप्त गरेको छ । यी तीनैजना विशिष्ट श्रेणीमा उत्तीर्ण भई ओली वंशको सर्वोत्कृष्ट एसएलसी पुरस्कार समेत प्राप्त गरेका छन् । यिनीहरुको हालसम्मको पढाइमा (कक्षा १ देखि १० सम्म पुग्दा) समेत तीनैजनाले विभिन्न विद्यालयमा छात्रवृत्ति प्राप्त गरी अध्ययन गर्ने अवसर प्राप्त गरेकाले मैले गरेको शैक्षिक/आर्थिक लगानी शून्यप्राय छ । यस हिसाबले आजका दिनसम्म मैले झण्डै रु १ करोडभन्दा बढी बराबरको पुरस्कार प्राप्त गर्न सफल भएको छु । यो मजस्तो अमहत्वपूर्ण व्यक्तिको लागि धेरै महत्वपूर्ण कुरा हो जस्तो लागेको छ ।
यस सफलतालाई हेर्ने दृष्टिकोण सबैको आआफ्नै होला । त्यस सम्बन्धमा पनि मेरो भन्नु केही छैन । जसले जतिसम्म बुझ्यो त्यतिसम्मकै धारणा बनाउने हो । तसर्थ मैले बुझेसम्म यो अवसर (खुल्ला प्रतिस्पर्धाबाटै रु १ करोडभन्दा बढीको पुरस्कार प्राप्त गर्ने) अरु थोरै बाबुहरुलाई मात्र प्राप्त भएको होला भन्ठानी आजको दिनमा मैले पनि विश्वकै भाग्यमानी बाबुहरुको दर्जमा आफूलाई उभ्याउँदै हर्षविभोर भएको छु ।
Bhupendra Pandey सर्वपर्थम यहाँको तीन जनै सन्तानले पर्ाप्त गर्नु भएको सफलताकोलागि हार्दिक बधाई दिन चाहन्छु । पक्कै पनि यो एक पिताको जीवनमा हर्ष र खुशिको पल हो । तपाईँको सादा जीवन सबै राष्ट सेवककालागि मार्ग दर्शन बनोस तपाईँका सन्तान राष्टका धरोहर बनुन । शुभकामना ।
Narayan Niraula Nanibabu haru ra purna sir lai badai xa. sabiti bayan pani ruju xa. kehi ko fatke kinara sakshi ma pani xu. aba chai ghar ko tala thapiyos.
Tul Bogati I am so happy for you Oli Jee. Congratulations.
Hemanta Rawal We are proud of you and your simplicity…and congratulation to you and your laborious, sincere and talented daughter and sons.
Keshav Bisee तिनै जना सन्तानलाइ हार्दिक बधाइ । आगामि दिनहरुमा सफलताको शुभकामना । साथै सफलता प्राप्त गर्न सरले सिर्जना गरिदिनुभएको वातावरण सायद महत्वपूर्ण थियो, जसमा लगनशिलता अनि सिर्जनसिलता आगोमा घिउ बने होलान । सफलता सन्तानको र सबै परिवारको हो त्यसैले सरलाइ पनि हार्दिक वधाइ ।
Pradeep Regmi Congratulation !!!!!!!!!!!!!!!Purna sir..
Hari Gautam । मिहेनत, इमान्दारी र प्रतिस्पर्धा यस्ता शक्ति हुन् जसले तपाईँलाई कहिलै शिर निहुराउन बाध्य पार्ने छैनन् । चोरबाटा ज्यादै साँगुरा हुन्छन् भने प्रतिस्पर्धाका बाटा एकदमै फराकिला हुन्छन् । We are proud of you and your simplicity…
Ganesh Dahal badhai6 sir.
Bal Bahadur KC dherai khusi lagyo.ajha pargati haos suvakamana .
Manita Karki insparation life. Congrat’s
Teeka Ram Dhakal Very much inspiring. Yo safalta kasaiko lagi pani kam important ko chaina. Best wishes!! Purna sirko purna parichaya…Tapai sanga khasai lamo basai ta chaina mero but whenevr and however I am with u, I hav been inspired and influenced very much.
Tulsi Ram Bhandari badhai 6
Kishor Jung Karki Congratulation!
Rishi Keshav Bashyal Congratulation sir.
Shovakar Dangi i like this
Pabitra Khadka u feel proud n glorious to be a great father. most parents r most corrupted for their son, daughter, wife etc but result is opposite way. i think top men( who says himself a great n tallent, extra ordinary man) must read ur thoughat rather then identity. so i respect ur thoughat n way of life.
January 4 at 5:30pm · Unlike · 2
Vivek Sharma Gautam You are grea b successful father so much congratulation
Prabin Regmi very very congratulation
Mukunda Sharma Very very congratulation. I Know you from my childhood, What you wrote you didnot hide anything. I salute you. I like and love you Dai.
Shambhu Katuwal Congratulation n ur great I……..
Ashmita Oli we love you papa. you are the best, we will never let you down,
Waris Niaz Simply Best, and Congratulation to get grand success by your talented and brilliant daughter and son.
Oli Bhushan काकी खुसीलाई अर्को अंशमा समेट्नु भए राम्रो ।
K.b. Oli mero tarfaabaata lakhlakh badhai 6 hai mero aadarniye sirlaai.
January 5 at 12:06pm · Unlike · 1
Er Gunjan Gautam Congratulation to you and all Oli Family !! Really Great !!
Yubraj Khadka ho, dai le lekhe ko kura bastabik nai ho. sayad facebook ma vayaka sabai sathiharu lai ra annya byakti harulai pani dai ko bastabik kurabare thaha nahuna sak6 ra hudaina pani uhale lekheko kura abastabik ra kalpanik pani lagna sak6. PURNA OLI mero thul…See More
Sureshbabu Ghimire वलीसर वधार्इ छ यस्तो अवसर थोरै वावु amale matra pauchan ..
Gokarna Panthee you may be the father of the century oli sir . congratulation ……
Nildhoj Pandeya congratulation kartabbya prayan baba ra lagansil santan lai
congratulation …… uncle