गिती शब्दगीत

मान्छेको मायाँ (गीती नाटक)

दृश्यः एक

दाइँको काममा व्यस्त तारा

 (मंशिरको काम । प्रत्येक किसानलाई धान थन्क्याउने चटारो छ । धान थन्क्याउन गाउँघरमा दाइँको प्रचलन छ । चन्द्रप्रसादको घरमा पनि दाइँको चटारो छ । चन्द्रप्रसादकी स्वास्नी तारा नन्दलाई लिएर एक्लै दाइँमा व्यस्त छिन् । चन्द्रप्रसाद भने आफ्नै कामको खोजीमा छन् । तारालाई दाइँमा परेको समस्या बारे यसरी वह पोख्तछिन् ।)

ताराः      दिन बुरीसके, त्यो पारिबाट अँध्यारो पस्तै छ,

ओसाउनुपर्ने धानको थुप्रो जस्ताको तस्तै छ ।

 

हम्केर भुस ओसाउनै गाह्रो, सुपो ल्याऊ कता छ

साँझ पर्दासम्म दिनभरि आज, चलेन बतास

खलोमै छोडे मंशिरको धान, चोरले लान्छ कि

गाइवस्तु चर्लान् फुकेर आई, मुसाले खान्छ कि

 

बोकेर लिउँ, साध्य नै छैन, यो चीसो धानलाई

खलोमै भोलि र्फकाउनर्ुपर्छ, ओसाउन आउनलाई

पाखुरा गले, जीउ थाकिसक्यो, काम र भोकले

खलोमै बास हुने भो आज, दाइँको शोकले ।

 

घाँस, पीरो, पानी नपाई गाई, टंगिए किलामा

हातमुख जोर्न गाह्रो छ भोलि, नगरे इलम

बसाल्दै गर, आगोमा चामल, जाउ कान्छी ढिला भो

ती त्रि्रा दाजु, सास्सिँदै भोकले आइपुग्ने बेला भो ।

 

दृश्यः दुई

पारिवारिक कलह

चन्द्रप्रसाद दिनभर कामको खोजीमा भौँतारिएर रात परेपछि भोकले लखतरान भएर घर फर्किन्छन् । घरमा खाना पाकेको हुँदैन । कामको खोजीको परेशान भएर घरमा र्फकँदा परिवार नहुँदाको शंका यसरी व्यक्त गर्दछन् ।)

चन्द्रप्रसादः       कराउँछन् गाई, घाँस खान नपाई, त्यो गाई गोठमा

रित्तै छन् गाग्री, कोठामा कसेर, थुप्रेको देख्छु म

चीसो छ कोठा, धिपधिपे आगो, दोधारमा परेँ म

कता छेस् कान्छी  कता छिन् भाउजू  भोकले मरेँ म

कान्छीः                सिध्यकै छैन आजको दाइँ, खलोमै  भाउजू

भात पाकी सक्यो, पाक्दैछ दाल, छिट्टै म ल्याउँछु ।

चन्द्रप्रसादः            रात पर्दासम्म नपाक्ने खाना  के पर्यो बिस्मत

छोरीको जात, को गर्छ काम  यो रातिसम्म त

 

कान्छीः                कपडा फेरी, हातमुख धोई, गर्नुहोस् आराम

दाइँकै कारण हुन गो ढिला, क्यै छैन बिराम

मंशिरको काम, छ लथालिङ्ग, दाइको मन रुन्न र

हजुरले पनि घरको काम सम्हाले हुन्न र

चन्द्रप्रसादः            नचला मुख, त्यो जाबो दाइँ, काँ लाग्छ पूरै दिन

उजेली दिनमा सुतेर गुमाइ, रातिमा यो बिस्कुन

खलोबाट एक/एक बोरा नओसाएको धान लिएर दुईजना प्रवेश । एकजना रातो नाउँको वाकअपाङ्ग मान्छे र अर्कर्ी तारा । बोरा बिसाएपछि केटो जान्छु है त भन्ने संकेत गर्दै तारासंग विदा माग्छ । ताराले आपत परेको बेला सहयोग गरेकोमा धेरै धेरै धन्यवाद् भन्दै विदा दिन्छे । )

रातोः                  जान्छु है तारा, हतार भो मलाई, आउँला कहिलेकाँहि

ताराः                  धन्यवाद् छ ह,ै रातिको बेला मद्दत गर्नेलाई ।

बाबु, आउनु है कैलेकाँहि ।

चन्द्रप्रसादः            को आई गयो  गर्दछ्यौ कस्को, रातिमा संगत

ताराः                  हजुरकै साथी, होला त गर्यो आपतमा मद्दत

चन्द्रप्रसादः            अकेली केटी रातिमा भेट्ने, कसरी जाती भो

आँगनमै आई, नभेटी जाने, कसरी साथी भो

धपाइ नन्द, रातिमा एक्लै बस्नुको अर्थ छ

मै पनि बुझछु, तँसंग दिन काट्नु नै र्व्यर्थ छ

ताराः                  राम्, राम,  तीतो नलाउनूस् वचन, यो सोझी नारीलाई

तपाईँलाई भनी सुम्पिएँ जीवन, जिन्दगीभरिलाई

दिनभरि काम, रातभरि गाली, यो दिल नेछ

मारेर न्याउरी पछितो मात्रै, पापले छुनेछ ।

चन्द्रप्रसादः            अपराध गर्ने, पापिनी तैँ होस् अर्कैलाई समाती

भोकले मारिस् शोकले मारिस्, कुलङ्गार बाफती

निकालीदिन्छु यो घरबाट, सँधैलाई उछितो

यस्तीलाई घरमा सम्हाली राखे, पछिलाई पछुतो ।

कान्छीः                कानैले सुन्न नमिल्ने वचन, के सुनेँ हे राम

नगर्नुस् गाली, केही छैन दाजै, भाउजुको बिराम

ताराः                  झोँकमा गल्ती गरेको शोक, झन् साह्रो हुनेछ ।

ऐलेको भन्दा भोलिको भोक, झन् गाह्रो हुनेछ ।

आफ्नै त्यो मुटु थुतेर हुन्न, हजुरलाई उछितो

यथार्थ कुरा देखिन्छ भोलि, लाग्नेछ पछितो ।

चन्द्रप्रसादः            यी तेरा थाङ्ना, नराखी बाँकी साथमा लइजार्

पर्दैन बस्न, तुन्त ऐल्यै, निक्लेर गइजा

र्फकेर आउनू पर्दैन फेरि, मदेखि दूर होइजा ।

स्वास्नीको नाता चुँडाइ लैजा, जाँ जान्छेस् गइजा

ताराः                  दिनभरि कामले आलसतालस, चीसो त्यो खलोमा

बास बस्न आएँ,  कहाँ जाउँ ऐले रातिको बेलामा

यो रात यतै बिताउन पाऊँ, भूल भए माफ पाऊँ

यो घरको हजुर संरक्षक मेरो, बिन्ती कहाँ बिसाऊँ

(तारा लोग्नेले फ्याँकिदिएका कपडालत्ताह सम्हाल्दै घोप्टो परेर रुन्छे । लोग्नेले स्वास्नीलाई अलि परसम्म लतार्छ र आफू पनि निस्केर जान्छ ।)

 

दृश्यः तीन

कान्छीलाई भाउजूको अर्ती

(आफ्नो लोग्नेले कुनै पनि हालतमा घरमा बस्न नपाइने भनी निकालेपछि फ्याँकिदिएका लुगालत्त सम्हाल्दै तारा निस्कन खोज्छे । फेरि र्फकन्छे । फेरि निस्कन्छे । र्फकँदा कान्छीलाई दाइको आनीबानी बताउँदै लोग्नेको हेरचाहमा कत्ति पनि तलमाथि नपार्न सन्देश दिँदै आफ्नी नन्द कान्छीलाई अर्ती दिन्छे )

ताराः                  थाहै  छ कान्छी, ती तिम्रा दाजु अल्सरका रोगी छन्

परवाह छैन ज्यानको कुनै, खानपीनका शोखी छन्

साथीभाइसंग पुर्याउनै पर्ने अल्लारे बाचा छन्

लाए नि फूर्ति दुनियाँसंग, साह्रै नै काँचा छन् ।

 

कान्छीः                हो साँच्चै काँचा छन् ।

ताराः                  चिल्लो र पीरो नहाले कान्छी, तरकारी, अचारमा

मसला अनेक नराखे हुन्छ खोजेर बजारमा

अड्कल गर्नू दालचामल राख्दा, नत्र खेर गैहाल्छ

चियामा चिनी, च्यापत्ती पनि कम् हाले भैहाल्छ ।

कपडालत्ता मिलाउनु सँधै, साह्रै छन् अन्जान

बढारकुढार गर्दिनु कोठा, हरेक बिहान ।

कान्छीः                मै पनि अन्जान ।

 

ताराः                  बिलासीलाई बजारमा अनेक् साधन् छन् भुलाउने

सप्रेकोभन्दा ब्रि्रेको देखी, धेरै छन् रमाउने

परोक्ष पमा गरे है चियो, नपारी खलबल

खोजेरै ल्याउनू गरेमा कतै बजारमा अल्मल ।

नखाइ केही भोकै नै सुत्लान्  कर गरी खुवाउनु

बिहानै उठाइ एकाध घण्टा बारीमा डुलाउनु ।

कान्छीः                हस् मेरी भाउजु

 

ताराः                  बेलैमा सुत्ने, उठाउने गर्नू, कामको पर्ला पीर

उमाली पानी पिलाइ राख्नू, प्यासले सुक्ला दिल

नबिराइ ख्वाए ओखती दैनिक्, बल्झेला बिरामी

सम्झाउँदै गर्नू, आँशुले भिज्ला रातीमा सिरानी

निधार, नाडी छामेर हर्ेनू, सुतेको त्यो खेर

ज्वरोले काँपी तड्पेलान् राती, हेरे है ब्यूँझेर ।

कान्छीः                आउँदैनन् सबेर ।

ताराः                  शंकाले हेरे, मेरो क्यै दोष थिएन तथापि

बित्थैमा गाली, कुटपीट गरे नराखी क्यै बाँकी

चाहिन्न भन्दै निकालिदिए ठानेर घोर बाधक्

कलिलो हाम्रो प्रितिको गुँड भत्काए अनाहक्

खुलेमा चेत दाजुको त्रि्रो र्फकेर आउँछु

विकल्प हुन्न प्रितिको कुनैु अवश्य बुझाउँछु ।

कान्छीः                हस् मेरी भाउजु

(ताराले कपडाको कुम्लो बोकेर बाहिर प्रस्थान गर्छे । अलि पर पुगेपछि कान्छी रुँदै कराउँदै भाउजूलाई रोक्न पछिपछि जान्छे ।)

कान्छीः                दाजुलाई मैले सम्झाउँला बरु, नजानुस् भाउजु

हजुर गए, म एक्लै यहाँ झन् दुख्ख पाउँछु ।

आमा र बाबु तपाईँ नै मेरो, भाउजु  भाउजु

डरलाग्दो रातमा बस्दिन एक्लै, म पनि आउँछु ।

(आफ्नो पछि लागेर आएकी कान्छीलाईभाउजुले ‘तिमीले दाइलाई एक्लै छाड्न हुँदैन । म पनि छिट्टै फर्केर आइहाल्छु ‘ भनेर सम्झाएपछि कान्छी र्फकन्छे र भाउजु आफ्ना माइतीघरतिर लाग्छे ।)

 

दृश्यः चार

चन्द्रप्रसादको केटी साथीसंग भेट

(चन्द्रप्रसाद केटी साथी एलिजाको घरमा जान्छ र खाटमा बसेर उँधोमण्टो लगाएर सोचमग्न हुन्छ । एलिजाले चन्द्रप्रसादलाई फकाउँछे । पुरानी प्रेमिका एलिजाप्रतिको चन्द्रप्रसादको मायाँ कायमै छ । आफू सकसमा परेको बेला चन्द्रप्रसाद एलिजाकहाँ जाँदो रहेछ भन्ने पोल खोलिदिएको छ यस दृश्यले । तर यी दुईबीच त्यहाँ प्रेमको कुनै वासना छैन । वैवाहिक सम्बन्धको परिणाम नभोगेकी एलिजाले एक श्रीमतीले श्रीमानको लागि के के गर्ने प्रतिबद्धता प्रकट गर्नुपर्दछ भन्ने सम्बन्धमा चन्द्रप्रसादलाई यसरी सम्झाउँछेः )

एलिजाः               घामलाग्दा पानी, पर्यो कि कतै  देख्तछु इन्द्रेणी

सन्देह, पीडा, मतान्तर मिली बन्यो कि त्रिवेणी

साथीभाइबीचको हाँसखेलमा तिमी बस्तछौ हर्राई

समयसीमा र्घर्कियो कि त त्राही त्राही ।

विपरित लिंगी नजिक आए, झसङ्ग तर्सिने

के भयो त्यता, बादलुबिना असिना बर्सिने

 

हे चन्द्रप्रसाद, श्रीमती त्रि्रै भएकी भए म

आफूलाई मिर्टाई सन्तुष्ट पार्थेँ, सयमा सय म

मन पर्ने त्रि्रो कुराको मात्रै संग्रह गर्दथेँ,

थकान, पीडा, चिन्ता नै होओस्, प्यारले हर्दथेँ र्

कर्तव्य पूरा गरेरै आफ्नो, अधिकार खोज्दथेँ

रोजाइ तिम्लाई सुख्ख र दुख्ख, पछि म रोज्दथेँ

बाँडेमा दुख्ख घट्छ रे आधा

बाँडेमा सुख्ख बढ्छ रे आधा

यी सुख्ख, दुख्ख, जीवनका सूत्र, म बुझन सक्तथेँ

 

त्यो त्रि्रो लक्ष्य पुर्याउनै परे, मद्दत गर्थेँ म

अभाव जहाँ खटि्कन्छ, त्यहीँ, रिक्तता भर्थेँ म

स्वतन्त्रता र समय त्रि्रो, बढाउन जुटि्दन्थेँ

आधामा दावी म गर्थेँ, तर, आधामा छुट् दिन्थेँ

चन्द्रप्रसादः            यी कुरा किन गर्दछ्यौ  आज देख्यौ कि तारालाई

काम गर्छु भनी सल्केको कतै, समाज बाहिर आई

एलिजाः               काममै व्यस्त ती त्रि्री बुढी, कता पो सल्किन्थिन्

दिनभरि बतास चलेन भनी दाइँमा रुँदैँथिन्

सजिलो तिमीलाई होला कि भनी पठाएँ रातो भाइ

एकबोरा धान बोकेर मात्रै र्फकेछ तुरुन्तै ।

चन्द्रप्रसादः            धान बोकी आउने, नबोली जाने, त्यो रातो भाइ हो

तारालाई साँच्चै धरधरी वाउने हिजोकै दाइँ हो

शंकामा परेँ एलिजा बैनी, गल्ती भो  गल्ती भो

जाँ गए पनि शंकामै पार्ने यो रित्तो खल्ती हो ।

एलिजाः               ए्छिक पछि के हुन्छ कल्लाई  को भन्न सक्छ र

स्वाभाविक कुरा, को फर्ेन सक्छ  शंकाको संसार

जन्मिएपछि मर्नुनै पर्छु जानेर यो कुरा,

प्रत्येक पलमा र्ुमर्छु किु भनी डराउनु पर्छ र

यी कुरा जानी, शंकाको डेरा जमाउनु र्व्यर्थ हो

पहर फोरी, पिपल बढ्नू जीवनको अर्थ हो ।

 

आकांक्षा हाम्रा बराबर भनी, जनाउन सक्थेँ म

यो दिल दुख्दा, त्याँ मर्म पर्ने, बनाउन सक्थेँ म,

दिलको टुक्रा साट्छौ कि तिमी  डढेको मन् तिर,

सम्पूर्ण चर्ढाई, सम्पूर्ण पाउने, बनाउँछु मन्दिर ।

(एलिजाले फकाउँदा चन्द्रप्रसादको चित्त बुझदैन । विहे हुनुपूर्व ताराले पनि यस्तै गुलिया कुराह गरेको सम्झँदै सुधार्न सके तारासंगै बस्न उपयुक्त हुने जवाफ दिन्छ ।)

चन्द्रप्रसादः            अरुको घरमा देखिन्छ सँधै, बत्तीको झलमल

मेरो घर मात्र अँध्यारो किन  परेँ म अलमल

वहको गाँठो पर्यो नि यहाँ, कसरी फुकाऊँ

पोखूँ कि रोकूँ  वेदना आलो कसरी लुकाऊँ

 

नतान मलाई अँध्यारोतिर, म केही देख्दिन

समाउन हाँगो, टेक्नलाई पाइता, म कतै भेटि्दन

आगोको झिल्को पर्यो नि सल्क्यो, सुकेको यो वनमा

निभाउन खोज्दा झन् फैली जाला, डढेलो जीवनमा

 

यही कुरा भन्थी, प्यारले छुन्थी उसैले मेरो दिल

कसरी पत्याऊँ  बुझाउन सक्छ्यौ तिमीले जुठो दिल

नपुजे मन्दिर, त्यो बन्न सक्छ ओढार जर्जर

जानेर पुजे, बन्दछ मन्दिर, फ्याँकेकै पत्थर ।

(एलिजासंग कुरा गरिसकेपछि चन्द्रप्रसाद बाहिर निस्कन्छ । बाहिर निस्कँदा एलिजाको रातो भाइसंग भेट हुन्छ । रातो भाइले चन्द्रप्रसाद अँध्यारो मुख लगाएर बाहिर निस्केको देखेर छक्क पर्दै हातको हाउभाउबाट र्ुमर्द भएर पनि किन रुँदैछस्  स्वास्नीले कुटी कि क्या हो  स्वास्नीलाई पनि तहमा राख्न सक्तैनस् ु भन्ने जस्ता संकेत गर्दै चन्द्रप्रसादलाई जिस्क्याउँछ ।)

रातोः                  के भयो चन्द्र देखिन्छस् कालो ग्रहण लागे झैँ

लुक्तछस् आफ्नो कर्तव्य भुली घरबाट भागे झैँ

बुझेर तेरो आवारा बानी स्वास्नीले कुटी किर्

मर्द हुँ भन्ने घमण्ड तेरो स्वास्नीले लुटी कि ।

चन्द्रप्रसादः            काटेको घाउमा नछर्की नून यो पीडा बढ्ता भो ।

र्व्यर्थमा मलाई शंकामा पारिस् तैँले नै गर्दा हो ।

रातो, तैँले नै गर्दा हो ।

 

दृश्यः पाँच

कान्छीलाई दाजुको सोधनी

 

(तारा घरबाट निकालिएपछि चन्द्रप्रसाद आफूले गरेको गल्ती स्वीकार गर्दै घरमा र्फकन्छ । रिसको झोँकमा आफूले स्वास्नीलाई घरबाट निकालेको ख्यालख्याल जस्तै ठान्दछ र यही जाबो कारणले स्वास्नी तारा घरबाट निस्केकी छैनन् होला भन्ठान्छ र ननिस्केको भए पनि हुन्थ्यो  भनी सोच्छ । नभन्दै घरमा पुग्दा स्वास्नीलाई घरमा नदेखेपछि पछुतो मान्दै बहिनी कान्छीसंग आफ्नो मनको वह पोख्छ ।)

चन्द्रप्रसादः            ठाकठुक परे, ठुस्किन्थिन् थोरै, कौशीमा टोलाउँथिन्

साँझ परेपछि चुलोछेउ बसी, आफैले बोलाउँथिन्

छिप्पिए रात, र्फकेर भाउजू आइनन् किन हो

क्यै भनिँथिन् कि  निस्कँदा कान्छी, निस्केको किन हो

कान्छीः                दाजै, धपाको किन हो

चन्द्रप्रसादः            जनाइनस् किन  भागेको कुरा, तत्क्षणै र्फकाउँथे

कता पो गइन्  काँ खोजूँ ऐले  था भए थर्काउँथेँ,

लोग्नै नै रैछ, निहूँ खोज्नेु भनी गाउँलेले चिने कि

कौशीमा निस्की भान्छा भो भनी सोध्दैनन् छिमेकी ।

 

भोकको झोँकले शंकाको शोकले मबाट गल्ती भो

नसच्याई गल्ती निस्केर जाने भाउजूकै गल्ती हो ।

कान्छीः                चर्को भो दाल, पीरो छ चटनी, भात अलि लीसो भो

जे भयो भैगो, खानुहोस् दाजै, यो खाना चीसो भो ।

चन्द्रप्रसादः            खाँदिन कान्छी, यो चिसो खाना, करकापै खो भो,

हात धुन सक्लेस्, आँत धुने कसले  जुठोको जुठो भो

भोजन मीठो, मसला होइन, बजेको चुराले,

यो छाप्रो सफा, बढारी होइन, मायालु कुराले ।

 

काँ राखूँ चाबी  काँ राखू टोपी  परेँ नि फेला म

को सम्झाइदेला  बिर्सेमा भोलि, हतारको बेलामा,

तिनै हुन् तर बिछ्यौना, सिरक्, सिरानी बिझदैछन्,

झुल् टाङ्ने किला भेटिन कतै, लामखुट्टे रिङ्दैछन् ।

कान्छीः                दाजै यी कुरा बिझदैछन् ।

चन्द्रप्रसादः            मर्यो कि मुसा  घरभरि किन दर्ुगन्धै, दुर्गन्ध

यो घर मेरो होइन कि  छैन प्यारीको सुगन्ध,

बारीको फूल फुलेर रैछ, बगैंचा हसिलो,

प्यारीको बोली गुन्जे पो रैछ, घर हुने ससिलो ।

कान्छीः                दाजै, मन बनाऊ कसिलो ।

पटक्कै खाना खानुुभाछैन, ओछ्यानमा जानुहोस्

असाध्यै ज्वरो बढेको रैछ, ओखती खानुहोस्

चन्द्रप्रसादः            जाग्राम बस्छु, सुत्दिन आज निद्राले गलेु नि ।

छामेर निधार के हुन्छ, कान्छी  पीरले ढलेँ नि ।

बिरामी थिएँ, थाहा नै थियो, पारेर यो गति

छोडेको एक्लै मार्नैलाई होला, खाँदिन ओखती

कान्छीः                दाजै, खानुस् के ओखती

चन्द्रप्रसादः            बदला लिइन् हेर् कान्छी, मेरो झर्किने बानीले

आँत सुक्दै गयो, शितल भैन, यो ठण्डा पानीले,

साँच्चिकै तैंले गर्दछेस् भने दाजुको भलाई

जगाउने होइन, निदाउने ओख्ती पिलाइदे मलाई ।

 

कान्छीः                आफ्नै ज्यानभन्दा हजुरलाई धेरै ख्याल् गर्छिन् भाउजु

अह्राउँदै थिइन्, सिकाउँदै गइन् भन्दैँथिन् आउँछु

लक्षिणले युक्त ती भाउजुजस्ती म कहाँ पाउँछु

जाऊँ दाजु ऐल्यै र्फकाइ ल्याउँ फर्कन्छिन् भाउजु ।

 

दृश्यः छ

माइतीमा छोरी

(छोरी माइतीमा पुगेपछि विभिन्न सन्देहले उसको बाबुआमाले सोधपुछ गर्छन् । बाबुलाई छोरीले राम्रोसंग घर गरी नखाली कि भनी आफ्नो इज्जतको पीर छ । आमालाई छोरीलाई घरपरिवारले दुःख दिए कि भन्ने पीर छ । त्यसैले बाबुआमा दुवैले आआफ्नै दृष्टिकोणबाट छोरीलाई सम्झाउँछन् ।)

बाबुः                  को आयो रातमा  ढकढक ढोका गर्दैछ सुस्तरी

आमाः                 को होला कुन्नि       छोरी नै होली

(ढोका खोलेर हेरेपछि छोरीलाई अंगालो मार्छिन् र बिस्तारै डोर्याउँदै भित्र लान्छिन् ।) रैछे नि यै छोरी ।

अरुको लाख, माइतीको काख, सम्झेर आयौ कि

अँधेरी रातमा बुहार्तन सारो बिझेर आयौ कि

जुवाइँको ताल, आवारा चाला, खट्पट पर्यो कि

बाबुः                  मंशिरको काम सिध्याउनलाई, हड्बड पर्यो कि

(आमाले तारालाई खाटमा लिन्छिन् र आफ्नो छातिमा छोरीको टाउको राखेर सुम्सुम्याउँछिन् ।)

 

आमाः                 सुकेछ जीउ, बसेछ गला, आँशु छन् डल्बल

के भयो छोरी  पायौ कि दुख्ख  म परेँ अल्मल

 

बाबुः                  देख्तिन ज्वाइँलाई, घरपट्टिितर कस्तो छ आरामी

आमाः                 मलिन मुहार, आलस्य हिँडाइ, पर्‍यौ कि बिरामी

 

आमाः                 हातमा फोका, गोडामा ठेली, घाउ छ आङमा

बाबुः                  दरो छ मुटू, बाठी छ छोरी, घर गरी खानमा ।

 

आमाः                 छोडे कि हात  छोइन कैलै आँखाकी नानीलाई

बाबुः                  माइतीको शान, राखे है इज्जत, के सम्झाउँ ज्ञानीलाई

 

आमाः                 बिरानो ठाउँको बिरानो चलन, बिराना मान्छे छन्

बाबुः                  बिरानालाई आफन्त तुल्याई, सम्हाली राख्नु मन ।

 

आमाः                 नमाने पीर, त्यो घर जस्ता पाइन्छन् हज्जार

बाबुः                  दुनियाँ हाँस्ला, रमाउलान् शत्रु, ब्रि्रेमा घरबार ।

 

आमाः                 हेलाँ र हेपाइ, खप्तछ्यौ किन  भने है सुटुक्कै

बाबुः                  झगडा दुईको परालको आगो, निभ्दछ भुतुक्कै

 

बाबुः                  समस्या परे मागे है मद्दत, गरौँला जेजति

आमाः                 रोगको निदान गरौँला, छैन शोकको ओखती

””””””””””””””””””””””””””””””

(तारा आमाको काखबाट उठेर मुख धुन्छे अनि सारीको सप्कोले मुख पुछ्दै आमाबाबुलाई आफ्नो कुरा राख्छे ।)

ताराः                  दुखेको दिल शितल हुन्छ, माइतीको छायाँले

सुकेको आँत भिजाउँछु भनी, हजुरको मायाँले

पिँजडा फोरी, चरीको जङ्गल, भेट्नलाई आएँ म

महिनौ भरको नियास्रो घरको, मेट्नलाई आएँ म

 

यी कुरा पहिल्यै थाहै त थियो, दीक्षा नै पाइन

पराइ घरमा घुलमिल हुने, शिक्षा नै पाइन

देखेर सिक्छु, सिकेको भोग्छु, पीर मान्नु पर्दैन

माइतीको इज्जत जोगाइ राख्छु, डर मान्नु पर्दैन

 

आमाको प्यार, बुबाको इज्जत दुस्त बुझछु म

समस्या गाँठो फुकाउँछु आँफै, कर्ममै जुध्छु म ।

थाकेका गोडा, पाकेको दिल, बिसाइ जान्छु म

उम्लेको मायाँ, उर्लेको रिस, मिसाइ जान्छु म ।

 

(सबैजना सुत्छन् ।)

””””””””””””””””””””’।

दृश्यः सात

पुनर्मिलन

(ताराको आफ्नो दोष हुँदै नभएकोले सानो निहुँलाई ठूले बनाई माइतीमै बसी घरबार बिगार्नुभन्दा आफ्नो कर्मघरमै गएर आफ्ना पतिलाई सम्झाउनुपर्ने निधो गर्छे भोलिपल्ट बिहान सबेरै आफ्नै घरको बाटो लाग्छे । तर उसलाई लिन चन्द्रप्रसाद बीच बाटोसम्म आइपुगेको हुन्छ । तारालाई देख्ने बित्तिकै चन्द्रप्रसादले तारालाई अंगालो मार्छ । ताराले यस बिनसित्ति परेको झगडाले माइती भेट्न अवसर पाएको भनी व्यङ्ग्य गर्छे चन्द्रप्रसादले आइन्दा बिनसित्ति शंकाको निहुँले झगडा गर्दिन भनी कान समात्छ । दुवैजनाले अब सँधै मिलेर बस्ने प्रतिज्ञा गर्दछन् ।)

 

ताराः                  माइतीलाई भेटी, नियास्रो मेटी, र्फकेर आएँ म

मल्हम नपाई, चर्केको मुटु भर्क्यो र आएँ म

खलोमै थियो, आधा त्यो दाइँ, सम्झेर आएँ म

दाइँभन्दा बढी हजुरकै मायाँ लागेर आएँ  म

चन्द्रप्रसादः            भुलेँछु र्व्यर्थ कर्तव्य आफ्नो, सम्झेर आएँ म

मुटुको टुक्रा खस्यो कि भनी लिनलाई आएँ म

लगाउनेछैन सित्तैमा वचन, समात्छु कान म

दुवैः                   मानिसलाई मानिसले चिन्ने आइसक्यो जमाना

यो समाजलाई देखाऊँछौँ अब प्यारको नमूना

कान्छीः                भनेकै थिएँ, र्फकेर आइन् यी मेरी भाउजु

दाजु र भाउजु मिलेमा मात्र, म सुख्ख पाउँछु ।

 

(समाप्त)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *