प्रवचन संग्रह

मानव कल्याणमा तपाईँको के योगदान छ ?

  • ब्रह्माकुमार जगदीश चन्द्र

 

कल्याण हुन्छ कर्मबाट । कर्म र संस्कारको सम्बन्ध संकल्पबाट हुन्छ । संस्कार हो – गुप्त संकल्प (Merged Thoughts) । सुख दुःखको सम्बन्ध हुन्छ कर्मबाट । विचार अथवा संकल्पको बारेमा सम्झन जरुरी छ । विचारमा निम्नानुसार तीन चिजहरु सम्मिलित हुन्छन्:

  • इच्छाहरु (Desires).
  • स्मृतिहरु (Memories): स्मृतिहरु उचित-अनुचित, आवश्यक-अनावश्यक, व्यक्त-अव्यक्तको रुपमा हुन्छन् ।
  • संवेग (Emotions): चाहे प्रेमको रुपमा होस् वा घृणाको रुपमा,

हुन त बिचारहरु धेरै प्रकारका हुन्छन्, परन्तु यहाँ हाम्रो सम्बन्ध उपरोक्त तीनवटा संग छ ।

स्वयम् ठीक भएर वा स्वयमलाई बदलेर मात्र विश्व बदलिन्छ । यसैले आफ्नो विचार पहिला बदलौँ वा विचार ठीक गरौँ । फेरि भनिन्छ Example is better than perception. (व्याख्यानभन्दा व्यवहार र आचरण श्रेष्ठ हो ।) जसको जीवन नै खुला किताबको समान छ, उसले ज्यादा बोल्नुपर्दैन, उसको जीवन नै अरुको लागि प्रेरणा बन्दछ ।

हाम्रो कल्याण जति हुन्छ, उति नै विश्वको कल्याण हुन्छ र जति विश्वको कल्याण हुन्छ, उति नै हाम्रो कल्याण हुन्छ । यसैले कसैले भनेका छन् कि Thoughts can move the mountains. (विचारले पहाडलाई पनि हल्लाइ दिन्छ ।). दुनियाँमा सबैभन्दा शक्तिशाली बिचार हुन्छ । उदाहरणार्थ कसैले एटम बम बनाए, कसैले ताजमहल बनाए, तर पहिले जरुर बिचार नै आयो होला । परन्तु हामी विश्व कल्याणमा सहयोगी त्यसबेला बन्छौँ, जब हामी दुनियाँको लागि आदर्श बन्छौँ, उदाहरण बन्छौँ । त्यसको लागि आदर्श र श्रेष्ठ विचार गरौँ ।

भनिन्छ : Actions speak louder than words (शब्दको आवाजभन्दा कर्मको आवाज धेरै बलबान हुन्छ). अरु केही गर्न नसके पनि पहिले आफूलाई त ठीक गरौँ । हामी ठीक भएपछि केही त अन्तर पर्छ नै । हाम्रो नारा पनि छ – महान बन, कल्याण गर (Be good, Do good). हामी राम्रो बन्नु नै विश्व कल्याणको लागि योगदान हो, सहयोग दिनु हो । यो योगदानको प्रारम्भ हो । प्रारम्भ, प्रक्रिया र पराकाष्ठा – योगदानका यी तीन अवस्था हुन् ।

प्रक्रिया अर्थात जति हामी परिवर्तित हुनेछौँ, उति नै अरुलाई पनि मार्गदर्शन गर्नेछौँ । फेरि उनीहरुले पनि यसै गर्न थाले भने यो प्रक्रिया शुरु भएर विश्वव्यापी हुनेछ । अनि यसको प्रगति हुँदाहुँदा पराकाष्ठा हुनेछ र नयाँ श्रृष्टि आउनेछ ।

हाम्रो संकल्पमा परिवर्तन तब हुनेछ, जब हाम्रो ती कल्याणकारी निराकार परमात्मासंग सम्बन्ध हुनेछ । अनि हामी विषय वासना वैभवका पछिपछि लाग्ने छैनौँ । परमात्माको यादबाट निर्णय पनि ठीक हुनेछ, किनकि उहाँ बुद्धिवानहरुका बुद्धिवान हुनुहुन्छ । प्रेम हाम्रो पवित्र हुनेछ, किनकि उहाँ परमपवित्र हुनुहुन्छ । यसैले परमात्मालाई कल्याणकारी भनिन्छ, किनभने उहाँले हाम्रा बिचारहरुलाई बदल्नुहुन्छ । यस प्रकार हामी आफ्नो पनि कल्याण गरौँ, अरुहरुको पनि । यस्तो सहयोग होस् । सहयोग शब्द पनि योग बाट बनेको छ । जबसम्म हाम्रो योग हुँदैन, तबसम्म हामीले सहयोग दिन पाउनेछैनौँ । आज दुनियाँमा सहयोग त सबैले आफ्नालाई दिइरहेका छन्, परन्तु परमात्मासंग योग कसैले गरिरहेका छैनन् । तसर्थ विश्वको कल्याण भइरहेको छैन । विश्व कल्याणको लागि हाम्रो असल सहयोग अर्थात योगदान त ईश्वर पितासंग योग लगाउनु नै हो ।

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *