व्यक्ति विशेष

मानबहादुर नेपाली

रूकुम मुसिकोट निवासी मानबहादुर नेपाली बिगत ३० बर्ष देखि नेपाली काङ्ग्रेस पार्टीको बफादार सिपाहीको रुपमा अनबरत कृयाशील छन् । केबल १७ बर्षको उमेरमा स्वतन्त्र विद्यार्थी युनियन मुसिकोट क्याम्पसको सभापति , १८ बर्षको उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष हुँदै नेपाली काङ्ग्रेसको जिल्ला सह सचीव , तरुण दलको केन्द्रिय सदस्य , तरुण दलको केन्द्रिय सचीव , दलित बिकाश बोर्डको बोर्ड सदस्य , २०६२/०६३ को दोस्रो लोकतान्त्रिक जनआन्दोलन को रुकुम संयोजक , स्थानीय शान्ति समितिको संयोजक हुँदै नेपाली काङ्ग्रेसको इतिहासमा ३३ बर्षको उमेरमा सबैभन्दा कान्छो तथा पहिलो दलित समुदाय बाट जिल्ला सभापति भै कुशलता पुर्बक पार्टीले दिएको जिम्मेवारी पूरा गरेका छन् । साथै देशको १४% अर्थात करिब ४० लाख दलित समुदायको नितिमा कृयाशिल रास्ट्रिय दलित आयोगको अध्यक्ष भै सिङ्गो समुदायको मुद्दामा इमानदारीका साथ काम गरेका छन् । यसैबीच गरिबी निवरण कोषको बोर्ड सदस्यका रूपमा काम पनि गरेका छन् । यसका साथै नेपाली काङ्ग्रेसको ११औं , १२ औं , १३ औं र १४ औं महाधिवेशनमा निरन्तर रुपमा पार्टीको महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ निर्बाचित भएका थिए । पार्टीको १३ औं महाधिवेशनमा म केन्द्रिय सदस्यमा उम्मेद्बार रहेकोमा संमानजनक मतका साथ पराजित भएका थिए ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *