मरिगए दोहोर्याउने छैन
एउटी आइमाईले बडो कष्टको साथ जुम्ल्याहा बच्चालाई जन्म दिइछन् । अनि हत्त न पत्त बीमा प्रबन्धकलाई जानकारी गराइछन् । फोनको नेटवर्कको समस्याको कारणले ती आईमाईले के भनिन् भन्ने बीमा कर्मचारीले सुन्न सक्दो रहेनछ र उसले भन्दोरहेछ कृपया फेरि दोहोर्याइदिनुस् । उनले भन्दिरहिछन् यो काम म अब मरिगए दोहोर्याउने छैन । ऊ भन्दो रहेछ नदोहोर्याउने भए बीमा कम्पनीमा फोन गरेको काम नै छैन ।