भ्राता ब्रह्माकुमार जगदीश चन्द्रजीको संक्षिप्त परिचय

 

 

भ्राता ब्रह्मकुमार जगदीश चन्द्रजीको जन्म १० दिसम्बर १९२९ मा ऋषिमुनिहरुको लागि विख्यात शहर मुलतान (वर्तमान पाकिस्तान) को पवित्र भूमिमा भएको थियो । बाल्यकालदेखि नै उहाँको आध्यात्मिकतामा अनुपम रुचि थियो । अतः यही रुचि तृप्त गर्नको लागि उहाँले भारतीय दर्शन, वैदिक संस्कृति एवं विश्वका विभिन्न धर्महरुको गहन अध्ययन गर्नुभएको थियो । सन् १९५३ मा उहाँले ईश्वरीय ज्ञान प्राप्त गर्नुभएको थियो । परमपिता परमात्मा शिवले उहाँको नाम “संजय” राखिदिनुभएको थियो । उहाँ ईश्वरीय विश्व विद्यालयको प्रमुख प्रवक्ता हुनुहुन्थ्यो ।

भ्राता जगदीश चन्द्रजीले राजयोग जस्तो जटिल तथा गुह्य विद्यामाथि शोध कार्य गर्नुभयो र यसको व्याख्या अत्यन्त सरल सुबोध एवं सुरुचिपूर्ण शब्दमा गर्नुभयो । उहाँले राजयोग, मानवीय मूल्यहरु, आध्यात्मिकता एवं समसामयिक विषयहरुमा लगभग २०० भन्दा बढी हिन्दी, अंग्रेजी तथा उर्दू भाषामा पुस्तकहरु लेख्नुभएको छ । उहाँ ईश्वरीय विश्व विद्यालयका तीन पत्रिकाहरु ज्ञानामृत, वर्ल्ड रिनियुल तथा प्योरिटीको प्रधान सम्पादक रहनुभयो र भारतीय एडीटर्स गिल्डको सदस्य पनि हुनुभएको थियो ।

भ्राता जगदीश चन्द्रजीको व्यक्तित्व एवं कृतित्व सम्पूर्ण मानवताका लागि नै थियो । प्रायशः उहाँलाई सच्चा दधिचीको उपमा दिइने गरिन्थ्यो । उहाँले आफ्नो शरीरको कुनै परवाह नगरी अन्तिम श्वाससम्म मानवताको लागि अखण्ड सेवा गरेर यो सिद्ध गरेर देखाउनुभयो कि यदि मनोबल उँचो हुने हो भने दुनियाँमा कुनै कार्य पनि असम्भव छैन ।

उहाँले १२ मई २००१ मा आफ्नो पार्थिव शरीर त्याग गरेर सम्पूर्ण स्थिति प्राप्त गर्नुभयो ।

 

दुई शब्द

 

ज्ञान सागर भगवान शिवले प्रजापिता ब्रह्माजीको मुखबाट श्रृष्टिको आदि-मध्य-अन्तको जो सम्पूर्ण ज्ञान उच्चारण गर्नुभएको छ, त्यसको एक-एक बिन्दु मानवको अविनाशी प्राप्तिहरुबाट मालामाल गर्नेवाला, भाग्यरुपी सिताराहरु चम्काउने वाला, चिन्तनलाई निखार्ने वाला र वृत्तिलाई बेहदमा टिकाउने वाला हुन् । ईश्वरीय ज्ञानको मननले जीवनमा दिव्य गुणहरुको खूश्बू भरिदिन्छ । ज्ञानको गहिराइमा डुबेमा अनेक प्रकारका ज्ञान-माणिक, ज्ञान-मोती र ज्ञान-रत्न प्राप्त हुनेछ, जसको स्मरणबाट आत्मा खुशीको खुराकबाट सम्पन्न हुन जानेछ ।

प्यारा बापदादाद्वारा “संजय” र “गणेश” जस्ता उपाधिहरुबाट अलंकृत राजयोग ब्रह्माकुमार जगदीश भाइको मनन कलाको एक उत्कृष्ट नमूना प्रस्तुत पुस्तकको रुपमा तपाईँको हातमा छ । ईश्वरीय सेवार्थ उहाँ जहाँजहाँ जानुहुन्थ्यो त्यहाँ-त्यहाँ आफ्नो वाक्-सरितामा गोता लगाएर सबैलाई तरोताजा गरिहाल्नु हुन्थ्यो । मधुबनमा तथा अन्य स्थानहरुमा र विदेहरुमा पनि अडियो क्यासेट्सको रुपमा सुरक्षित उहाँको मनन-सुधा नै ज्ञान-सुधा बनेर तपाईँको हातमा आइपुगेको छ ।

यस प्रवचनमालाका प्रवचनहरुका एक-एक पंक्तिले ईश्वरीय ज्ञानजीवनका चार विषयहरु ज्ञान, योग, धारणा र सेवाको बारेमा धेरै गहिरो उपयोगी तथा सहज धारणायोग्य कुराहरुमा प्रकाश पार्दछन् । पढ्दा-पढ्दै लाग्दछ कि आत्माको दुलारा गइरहेको छ, उत्साहित गराइरहेको छ, विकारहरुबाट सावधान गराइरहेको छ र साथसाथै झकझोरा पनि भैरहेको छ । धारणाको नयाँ-नयाँ युक्तिहरुले पुरुषार्थको मार्गलाई आलोकित, चित्तलाई प्रसन्न र गतिलाई तीब्र पारिरहेका छन् । जस प्रकार एक चिकित्सक चश्मा वा लेन्सद्वारा नेत्र-ज्योति बढाइदिन्छन्, त्यसै प्रकार लेखकद्वारा प्रस्तुत भाव तथा उदाहरणले पनि आत्मालाई सम्झने र ग्रहण गर्ने शक्ति कैयौँ गुणा बढाइदिन्छन् । जस्तो कुनै सुन्दर वस्तुलाई देखेर नेत्र आनन्दले भरिन्छ, त्यसै प्रकार यस पुस्तकका एक-एक शब्दले हृदयमा अमिट छाप छोड्दछन् ।

यसमा वर्णित सम्पूर्णताको गन्तव्यको नजिक लैजाने अनेक सूत्रहरु धेरै उपयोगी छन् । सम्पूर्णताको लागि जस प्रकार नष्टोमोहा, स्मृतिर्लब्धा बन्नु जरुरी छ, त्यसै प्रकार नष्टोघृणा बन्नु पनि जरुरी छ । मोह र घृणा दुवै खतरनाक छन् । एउटाले महजस्तै गरेर टाँसिराख्छ भने अर्कोले बिजुलीको करेन्टजस्तै टाढा फ्याँक्दछ । अतः नष्टोमोहाको साथसाथै नष्टोघृणा बनेर नै हामी बापदादाको आशय पूर्ण गर्न सक्दछौँ । अन्य अनेक तथ्यहरुले रमणीकताको पुट दिएर सुग्राह्य र सहज स्मरणीय बनाइदिएका छन् । किनकि हँसाइ-हँसाइ, हल्का-फुल्का कुराहरु समेत गरेर आध्यात्मिक ज्ञानलाई आत्मसात गराइदिनु धेरै ठूलो एक जादूगरी हो ।

पुस्तक पढ्दा-पढ्दा ईश्वरप्रति अटूट प्रेम र दिलमा एकान्तिक लगन लागिहाल्दछ । मन उडेर बाबाको दिलको सिँहासनमा विराजमान भइहाल्छ । संसारबाट पूर्ण वैराग्यता आउन थाल्दछ । लगनमा मगन भएमा मन बारम्बार बाबातर्फ आकर्षित भइरहन्छ, जस्तो कि जहाजमा बसेको पक्षीले जहाजको अलावा अन्य ठाउँमा जाने कुरा सोच्नै सक्दैन । यस्तो सुन्दर प्रेरणादायी र प्यारा बाबाको प्रेममा विभोर गरिदिने वाला यस प्रवचन संग्रह तपाईँ सबै ब्रह्मा वत्सहरुको समक्ष प्रस्तुत गर्दा मलाई धेरै हर्ष भैरहेको छ । तपाईँ यसका ज्ञान-बिन्दुहरु पढ्नुहोस्, यिनीहरुमाथि भित्रभित्रै चिन्तन गर्नुहोस्, स्मृतिमा राख्नुहोस् र जीवनको अभिन्न अंग बनाउनुहोस् । जब ज्ञान जीवनमा समाहित हुन्छ, तब आत्मा, बाबा समान बन्न पुग्दछ । यस पुस्तकले तपाईँलाई बाबा समानको गन्तव्यसम्म पुग्न सफलता देओस् यही मेरो शुभ भावना छ ।

– दादी प्रकाशमणि जी

 

 

 1,497 total views,  3 views today

Leave a comment

Your email address will not be published.


*