×

बाल देउसी गीत १

बाल देउसी गीत १

हामी आयौँ गाउँ घरैमा हो मायाँले मर्यो दुनियाँ

हामी नाच्यौँ गाउँ घरैमा हो मायाँले मर्यो दुनियाँ

हातैमा हाम्रो सिसाकलम

दिलैमा हाम्रो सितल मल्हम

आँखैमा हाम्रो प्यारो नजर

कानैमा हाम्रो राम्रो खबर

जीवैमा हाम्रो सानु घांघरा

मनैमा हाम्रो उर्ल्यो जाँगर ।

हामी गायौँ गाउँ घरैमा हो मायाँले मर्यो दुनियाँ

हामी खेल्यौँ गाउँ घरैमा हो मायाँले मर्यो दुनियाँ

मुखैमा हाम्रो तोते बोली छ

काँधैमा हाम्रो ज्ञानको झोली छ

खुट्टैमा हाम्रो सारा संसार

छुट्टिन्नौँ हामी एउटै संसार

हाँसेमा हामी हिमाल हसाउँछौँ

रोएमा हामी पहर रसाउँछौँ ।

हामी पढ्छौँ गाउँ घरैमा हो मायाँले मर्यो दुनियाँ

हामी बढछौँ गाउँ घरैमा हो मायाँले मर्यो दुनियाँ ।

Loading

Post Comment

You May Have Missed