गिती शब्दगीत

बाटै छेक्यो कोरोनाले (तीज गीत)

केटी
सम्झी जन्मघर रुन्छु धरधर
बाटै छेक्यो कोरोनाले
बरिलै कति बाँच्नु छ र नहोऊ परपर
आँशु सुक्यो म रुनाले ।१।

मन हुन्च च च, च लौरी च च

केटाः
ख्वाउन पनि दर कोरोनाकै डर
गर्नु गर्‍यो कोरोनाले बरिलै
जनम् मरन् हेर कसको भर छ र
मान्छेदेखि डर हुनाले बरिलै ।२।

मन हुन्च च च, च लौरी च च ।

केटीः
माइती भेट्ने मन छ गाउँमा संक्रमण छ ।
बाटै छेक्यो कोरोनाले बरिलै
सारा लकडाउन छ बह कसले सुन्छ
आँशु सुक्यो म रुनाले ।३।

मन हुन्च च च, च लौरी च च ।

केटाः
घरमै नाचगान छ गाउँ त सुनसान छ
गर्नु गर्‍यो कोरोनाले बरिलै
साथमा श्रीमान् छ मनमै भगवान छ
मान्छेदेखि डर हुनाले ।४।

मन हुन्च च च, च लौरी च च ।

केटीः घरले जा जा भन्छ माइती न आ भन्छ
बाटै छेक्यो कोरोनाले बरिलै
शान्ति कैले मिल्छ यो रोग कैले जान्छ
आँशु सुक्यो म रुनाले ।५।

मन हुन्च च च, च लौरी च च ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *