मनोरञ्जन

बराबर क्षेत्रफलको जमिन

प्रश्न नं. १४

एउटा बुढो मान्छेका चारभाइ छोराहरु रहेछन् । त्यस बुढाको सम्पत्तिको नाममा एउटा वर्गाकार खेत मात्र रहेछ । जेठोचाँहि छोरो ठूलो भएपछि त्यस जग्गालाई ठीक चार वर्गाकार भाग लगाई एक भाग लिएर छुटाभिन्न भई बसेछ । यता तीनभाइको लागि एक कुना बाहेकको तीन वर्गाकार भागमात्र बाँकि रहेको रहेछ । यसै बीचमा ती बुढा मान्छेको अर्को छोरा पनि जन्मिएछ र सगोलमा पुनः ४ भाइ हुन पुगेछन् । केही समयपछि चारै भाइले छुट्टिएर बस्ने निर्णय गरेछन् र आफ्नो बाबुलाई भनेछन् कि हाम्रो भागमा बराबर क्षेत्रफलको जमिन भाग लगाइनुपर्छ र चारै भाइले पाउने जमिन पनि दुरुस्तै समान आकारको हुनुपर्दछ । के ती बाबुले छोराहरुको माग पूरा गर्न सक्लान् ?

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *