व्यक्ति विशेष

प्रेम प्रकाश मल्ल

पश्चिम रुकुमको सेरी गाउँमा वि.स.१९९३ श्रावण ११ मा जन्मिएका प्रेम प्रकाश मल्ल गीतकार÷ गायक÷ कविका रूपमा परिचित छन् । उनले १४ वर्षको उमेर २००७ मा पहिलो कविता ‘आमा’ लेखेर साहित्यमा प्रवेश गरेका थिए । 

म मरे पनि मेरो देश बाँचि रहोस् जस्तो कालजयी गीतका सर्जक मल्लका कबिता/गजल र शोककाब्य लगायत ५ पुस्तक प्रकाशित छन्। राष्ट्रिय ख्याती प्राप्त स्रष्टा मधुकर २०५८ साल मंसिर देखि पक्षघातले थलिएर बिछौनामा थिए । मधुकर एक महिनाअघि सम्म सक्रिय रुपमा साहित्य सिर्जनामा तल्लिन थिए ।

बाँके जिल्लालाई कर्म थलो बनाएर साहित्य लेखनमा लागि परेका प्रेम प्रकाश मल्लका मधुकर छोटो जीवनी लामो कहानी (लघु काव्य ः २०४२), एउटा त्यो अजय शिखर( लघु काव्य ः २०४२), पञ्च गान(२०४५), अनुभूतिका स्वरहरू( गीत गजल लघु कविताः २०५४), सजल ( गजल सङ्ग्रहः २०६५), गाउँदा गाउँदै( गीत गजलः२०६५), उनी (रोदन काव्य सङ्ग्रह ः२०६५), ओछ्यानबाट अनुभूतिहरू ( हाइकु २०७०) प्रकाशित भएका छन् ।

उनले नेपाली गीत संगित क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएका छन् । विशेष गरी गीतकार, सङ्गीतकार, गायक,कलाकार समेत रहेका प्रेम प्रकाश मल्ल बहुमुखी प्रतिभाका धनी थिए । उनले छिन्नलता गीति पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, सारस्वत सम्मान, पूर्णिमा साहित्य रत्न, हाम्रो मझेरी जस्ता सम्मानहरू पाएका थिए । विनासकारी महाभूकम्पको पूर्व सन्ध्यामा बि.सं. २०७२ साल वैशाख ११ गते उनको निधन भएको थियो ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *