प्रवचन संग्रह

पुरुषार्थ गर्दा गर्दा पुरुषार्थी किन थाक्दछन् ?

  • ब्रह्माकुमार जगदीश चन्द्रपुरुषार्थ गर्दा गर्दा हामी थाकिहाल्छौँ योगमा जुन अनुभव हुनुपर्ने हो, हुँदैन र कहिलेकाहीँ आफैआफ असन्तुष्ट भइहाल्छौँ, किन ? जब हामीले आफूले आफैलाई जाँच्यौँ भने देखिन्छ कि आफूमा केही फरक छ, ग्याप छ । संकल्प आउँछ कि यो ग्यापलाई कसरी मेटाउने ?
    • कुनै पनि कुरा वा कार्यको स्थगित नगरौँ । जीवन कहिले समाप्त हुन्छ ? यो थाहा छैन । यो नसोच कि विनाश हुन धेरै समय बाँकी होला । यस्तो सोचेर पुरुषार्थमा ढिला नगरौँ ।
    • अर्को एक कुराले हाम्रो पुरुषार्थमा ढिला ल्याउँछ, त्यो हो हामीले अर्कोसंग तुलना गर्छौँ । आफ्नो साथ जो अन्य भाइ बहिनी छन्, उनीहरु पनि यस ज्ञान मार्गमा पुरुषार्थ गरिरहेका छन् । उनीहरुको काफी समय भैसकेको छ, यस मार्गमा चल्न थालेको, तर उनीहरुको जीवन उति बदलिएको छैन, कमीहरु छन्, अझसम्म उनीहरुको संस्कार पूरै बदलिएको छैन । यो देखेर हामी सम्झन्छौँ कि हामी त पछि आएका हौँ, हाम्रो त थोरै समय भएको छ, यस ज्ञान मार्गमा आएको । हामी पनि सम्पूर्ण हुनेछौँ, आजै होइन भोलि । यस प्रकार अरुको ढिलापन देखेर हामी पनि ढिला भइहाल्छौँ । अर्कोबाट गलत सिक्दछौँ । अर्को ढिला भयो त आफू पनि ढिला हुने ? यो ठीक होइन । किनकि हामी त उनीहरुका अनुयायी होइनौँ । तिनीहरु हाम्रा लिडर त होइनन् । हामी उनीहरुको आधारमा यस ज्ञानमा आएका होइनौँ । यस्तो गलत कुरा मनमा आउँछ कि अरु त ढिला चलिरहेका छन्, यसरी नै चल्छ । फलाना व्यक्तिको यति समय भैसक्यो ज्ञानमा, उसमा पनि फलानो खराब संस्कार अझै छ । मलाई पनि टाइम लाग्छ, संस्कार बदल्नु सजिलो काम होइन ।

    यस्तो यस्तो सोचिकन पुरुषार्थमा ढिला भइहाल्छ । जब ज्ञानमा आइन्छ, पहिले पहिले यो महसुस हुन्छ कि हाम्रो लागि समय एकदमै कम बचेको छ, शिघ्र पुरुषार्थ गर्नुछ । तिब्र दौड (Gallop) गर्नुछ । बिस्तारै अरुलाई देखिन्छ, त ढिला भैहाल्छ । यसैले बाबाले भन्नुहुन्छ, ‘बच्चा हो, सी फादर-मदर एण्ड फलो फादर-मदर ।’ पुरुषार्थमा आपसमा नहेर र पछाडि आउनेहरुलाई पनि नहेर । जसले पुरुषार्थ गरेनन्, पछाडि परिरहेका छन्, उनीहरुलाई नहेर । सदा अगाडि हेर, बाबालाई हेर । पुरुषार्थ गर्ने वाला सदा अगाडि हेर्दछ र सोच्छ मलाई अगाडि बढ्नुछ । पछाडि फर्क्यौ भने समय गइहाल्नेछ । यसैले हामीले अरुलाई हेर्ने बिलम्ब जो गर्दछौँ, यसबाट हामी ढिला हुनपुग्छौँ र पछि परिहाल्छौँ ।

    तपाईँले बचपनमा कथा सुन्नुभयो होला खरायो र कछुवाको । खरायो दौडेर गन्तव्यमा पुग्न सक्थ्यो होला तर उसले देख्यो कि कछुवा त बिस्तारै घस्रिरहेको छ, धेरै पछि छ । तबसम्म म थोरै विश्राम लिइहालूँ । सोच्यो उसंग त मेरो प्रतिस्पर्धा नै छैन, ऊ बिस्तारै चल्ने वाला हो, म दौडने वाला हुँ । यस्तो सोचेर ऊ सुतिहाल्यो । त्यसपछिको कहानी त तपाईँलाई थाहा छँदैछ कि विजय कसको भयो ? यस प्रकार हामीले पछाडिकोलाई हेरेर वा साथवालालाई हेरेर सुस्तताको निद्रामा सुत्दछौँ । अतः हामीले अरुलाई हेर्ने बानी हटाइदिऊँ ।

    • ज्ञानमा चल्दा चल्दै यस मार्गमा नथाक । जब बाबा साकारमा हुनुहुन्थ्यो यो गीत अक्सर गरेर बजाइन्थ्योः रात के राही थक मतजाना । किनकि यो बाटो धेरै लामो छ, गन्तव्य धेरै उच्च छ । यात्रामा सबैभन्दा विघ्न यही आउँछ कि – थाक्नु । यस मार्गमा थाक्नु हुँदैन । वश् अगाडि गन्तव्यको हेर्दै रहने, आयो, आयो । चल्दा चल्दै कहिलेकाहीँ मनमा आउँछ, दिनदिनै योग लगाउनुपर्ने, क्लासमा आउनुपर्ने, पुरुषार्थ गर्नुपर्ने, यहाँसम्म गरियो, सारा उमेर बितिसक्यो । यस्तो नसोच । यो साधनाको मार्ग हो । अलौकिक मार्ग हो । ईश्वरीय मार्ग हो । यसबाट दिक्क मान्नुहुँदैन । यसमा बडा मजा छ, अलौकिक आनन्द छ । यसबाट अलौकिक इनर्जी मिल्दछ । थकावट दूर हुन्छ । मलाई याद छ र अनुभव पनि छ । शुरु शुरुमा यज्ञमा भाइहरु कम थिए । हामी कति काम गर्दथ्यौँ । एक एक भाइले कैयौँ भाइको काम गर्दथे । कहिले यस्तो महसुस हुन्थ्यो कि हामी थाकिसक्यौँ, अनि दुई मिनेट बाबाको यादमा पल्टन्थ्यौँ, अनि यति रिफ्रेश हुन्थ्यौँ कि हामी थाकेकै थिएनौँ । यसलाई बाबाले भन्नुहुन्थ्यो कि ‘म थाकेका बच्चाहरुलाई मालिश गरिदिन्छु ।’ यो योग यस्तो चिज हो कि देहबाट अलग हुँदा सारा नर्वस सिस्टमलाई रिल्याक्स गरिदिन्छ । जति मसाज आदिबाट फाइदा हुन्छ, त्योभन्दा कैयौँ गुणा ज्यादा योगबाट शरीर र आत्मालाई फाइदा हुन्छ । योगबाट सिर्फ तनको मात्र होइन, मनको पनि थकावट दूर भइहाल्छ ।

    यदि तपाईँलाई बारम्बार थकावट भइरहेको छ भने तपाईँ सम्झनुहोस् कि योग गर्नमा वा ज्ञान लिनमा त्रुटी भइरहेको छ । जस्तो बाबाले भन्नुहुन्छ कि यदि कोही क्लासमा बसेर झुङ्दै छ भने तथा हाइ काढिरहेको छ भने यसको अर्थ हो कि उसलाई समझमा आइरहेको छैन । यसरी नै यस ईश्वरीय जीवनमा चल्दा चल्दै हामीमा बारम्बार थकावट आउँछ भने सम्झनुपर्छ कि हाम्रो पुरुषार्थमा कुनै त्रुटी वा कमी छ । नत्र यो जीवन यति मनोरञ्न गर्ने वाला छ कि, यति अम्युज (मन बहलाउने वाला) छ कि, सुख, शान्ति, आनन्द, शक्ति, अनुभव हुन्छ । यस अनुभव हुँदैन भने चेक गरौँ कि कहीँ न कहीँ खराबी छ, दाग छ । यसलाई ठीक गरियो भने तपाईँले अनुभव गर्नुहुनेछ कि यस ज्ञानबाट अमूल्य रत्न पाइरहनु भएको छ, योगमा अथाह आनन्दित भइरहनु भएको छ ।

    यसैले हाम्रो यस साधना मार्गमा थकावट आलस्य रुपी विघ्न न आओस्, यसमा ध्यान दिनु पर्दछ । जस्तो पहिले जमानामा भारतमा गाउँको रक्षाको लागि गाउँका युवाहरु पहरा गर्दथे । बीच बीचमा ‘खबरदार ! होशियार !!’ भनी भनी एकअर्कालाई जागृत रहन भन्दथे । यसै प्रकार थकावट रुपी शत्रु हाम्रो पुरुषार्थको मार्गमा आयो भने उसको लागि खबरदार र होशियार रहनु पर्दछ । सम्झनुहोस् कि यदि थकावट आयो कि गिरावट आयो । यसैले बाबा भन्नुहुन्छ, ‘सदा अलर्ट रहू, एभर रेडी रहू ।’

    र एक कुरा परिस्थितिहरु बदलिइरहन्छन् । यस्ता कोही व्यक्ति छैनन् दुनियाँमा जसको परिस्थिति सदा एकै रहोस् । राजाहरुका राज्य बदलिए । जो ठूलाठूला राजाहरु थिए, तिनीहरुको के हालत भयो ? जमिनमा गिर्नुपर्‍यो । हिजो के थिए ? आज के भए ? उनीहरुको गद्दी उल्टियो, राज्य छिनियो । यस्तो हरेकको साथ हुन्छ । क्यालेण्डर बदलिन्छ, दिन बदलिन्छन्, दिनाङ्क बदलिन्छ, त्यसरी नै स्थिति पनि बदलिन्छ । ग्रहचारी पनि बदलिन्छ । कहिलेकाहीँ जे गरे पनि विफल हुन जान्छ । तब व्यक्तिको मनमा आउँछ कि यो के भैरहेको छ ? मैले त सोची सम्झिकन गरिरहेको छु, फेरि पनि उल्टो किन हुन्छ ? सोचिन्छ एउटा, हुन्छ अर्को । तर सम्झनुहोस्, हरेकको परिस्थिति बदलिने नै छन् । यो दुनियाँ नै यस्तो छ, जो क्षण क्षणमा बदलिइरहन्छ । अचानक राष्ट्रमा सत्ता बदलिन्छ । देशमा अचानक कानून बदलिन्छ । कहिले अचानक यस्तो बिमारी आउँछ, हामीले कहिले सोचेकै हुँदैनौँ र चाहेकै हुँदैनौँ । त यस्तो समयमा के गर्नुहोला ? त्यसको सामना गर्नैपर्छ । हडबडाउनु हुँदैन कि यो के भयो भनेर । यस्तो सोच्नुहुँदैन कि हामीभन्दा त भक्तहरुनै राम्रा छन् । उनीहरु हामीभन्दा पनि सुखी छन्, जसले भगवान नै मान्दैनन् । हामी भगवानका भएर पनि उनीहरुभन्दा गए गुज्रेका भयौँ । यस्तो कहिले पनि नसोच्नू । उल्टो तुफान आए पनि नहडबडाउनू, हडबडाएर मैदानबाट नभाग्नू । सदा याद राख्नू ‘खबरदार ! होशियार !!’ बाबाले पहिले नै भन्नुभएको छ कि यो मल्लयुद्ध हो । मायासंग लडाइ हो । जब बाबाको बन्नेछौ, त्यसैबेलादेखि नै मायासंग लडाइ शुरु हुनेछ । अहिलेसम्म मायाको गुलाम बनिरहेका थियौ । मायाले तिमीलाई नचाउँथ्यो । जस्तो भारतमा भालु र बाँदरलाई डोरी बाँधेर नचाइन्छ, उसरी मायाले हामीलाई विकार र व्यसनमा वशीभूत बनाएर नचाइरहेको थियो । अब उसलाई छोडेर बाबाको बनेका छौँ र उसलाई च्यालेन्ज गरिरहेका छौँ कि, हामी सम्पूर्ण पवित्र र विकारजित बन्यौँ, भने उसले त हमला गर्ने नै भयो, परीक्षा त लिने नै भयो । मायाजीत बन्न, विश्वको मालिक बन्न, यो कुनै मासीको घर होइन । विकारहरुसंग जबर्जस्त लडाइ गर्नु पर्नेछ । विश्वको राज्य पाउनको लागि हिँसक लडाइ होइन, यो अहिँसक लडाइ हो । योगरुपी युद्धकौशलबाट र सर्वशक्ति रुपी अस्त्र शस्त्रबाट यिनीसंग लड्नुपर्नेछ ।

    जब बाबा साकारमा हुनुहुन्थ्यो, उसबेला बाबा हामी बच्चाहरुलाई भन्नुहुन्थ्यो, ‘आज हरेक आत्मा कुनै न कुनै सेनामा छन् । उसलाई सोध कि तिमी कुन सेनामा छौ ?’ बाबाले भन्नुहुन्छ, ‘यस दुनियामा तीन सेना छन् – कौरव यादव र पाण्डव । हरेक आत्मा यी तीन मध्ये एक सेनामा छन् ।’ जो देह-अभिमानमा छन्, ती कौरव सेना हुन् । जो वैज्ञानिक छन्, विनाशकारी साधनहरु बनाइरहेका छन्, विनाशकाले विपरीत बुद्धि वाला छन्, ती यादव सेना हुन् र जो देही-अभिमानी छन्, आत्माको स्वरुपमा टिक्छन्, परमात्माका साथ योग लगाउँछन् र उहाँको आज्ञाअनुसार चल्दछन्, ती पाण्डव सेना हुन् । यस प्रकार दुनियाका हरेक व्यक्ति यिनी मध्ये कुनै न कुनै सेनामा छन् । हामी त पाण्डव सेनामा भर्ना भैसकेका छौँ । सैनिकको कर्तव्य हो – युद्ध गर्नु । हामीले मायासंग युद्ध गर्नु छ, विजयी बन्नु छ र नम्बर वानमा पास हुनु छ । यसैले कहिले पनि हडबडाउनु हुँदैन ।

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *