कविताछन्द कविता

पाइयो ! पाइयो !!

घर्को कद्दू म खान्न आज, छ मलो, सङ्सार धित्याउने
सग्लै पो दिय दाजुले तरुल यो, गारै छ सिद्याउने
ठूल्ज्याले दियको पिरालु, अयज्यै ! कोक्याउने पो ह्रच !!
तात्तै खीर दिले पनी भरिदिइन्, साल्को पतारैसित !

हात्मै हालिदिइन्, ठुली फुबु उठी, गुर्‌मा मुछी चिउरा
आयो राल् मुखमा निनू कि म थुगू ? नाम्रो छ सप्पै कुरा !
भाँङो चाँवल पो भुटीकिन दिया, सान्ज्या र कागा मिली
झोलानू भरुँ की भरुँ मुखभरी ? पार्रेल्च टीलीबिली !!

आई ‘किर्कुलि’ सात जोर्न, सब चिज् ब्यानै उस्याईकिन
पाट्या भात बनाइ खान गइने, यै लाग्च नाम्रो दिन !
ओ सात्यासङ हो ! चखाउ सब चिज्, ‘सग्राति-माग्या’ मनाउँ
जाऊँ घर्घरमा सबै मिलिजुली, “पाइयो !” र “पाइयो !!” भनौँ

2071.10.01

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *