कवितागद्य कविता

पराकम्पन

“आयो ! आयो !!” “ऊ.. त्यो हल्लियो !!! ”

“यो त पराकम्पन नै हो अस्तिको”

“हैन, हैन, पराकम्पन हुँदै होइन यो”

यस्तै दिकभ्रम, आशंका र दुःस्वप्नले

मथिङ्गललाई नै केन्द्रबिन्दू बनाएर

जान्छ अर्को कल्पित भुइँचालो, कसैकसैको दिलोदिमागमा

अङ्ग-प्रत्यङ्ग र समस्त जीउ कम्पन गराउँदै

पार्छ उथलपुथल हजारौँका अत्तालिएका मनहरु !

फलतः सलबलाउलान् कल्पित पराकम्पन, सुदूर भविष्यको गर्तमा

आतंकित, विश्रङ्खलित र विखण्डित नै बन्न पुग्लान् उनीहरु

बिन्ति, ‘प्रोपोगान्डा’ नै हो भने नमच्चाइदेऊ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *