×

नेता

नेता

विपनाः
आफन्ती परिवारभित्र अवसर् सीमीत राख्ने ध्यय
भर्ती गर्नुथियो जुवाइँ, बहिनी, सम्धी र साली थिए
जोईपोइ मिली सदा मुलुक यो हाँक्ने इरादा थियो
देखेथेँ सपना अनेक थरिका चौपट्ट पारी दियो  ।१।

सपनाः
उब्जिउन् हनुमान दास जगभर् चन्दा उठाउन् अति
धन्धा धूर्त चलोस् र आर्जन हवस् पुस्तौँ पुगोस् सम्पति
छोरो होस् युवराजझैँ फजुलची राजासरी ज्वाइँ होस्
राज्यको ढुकुटी र घूस, कमिशन् आफ्नै दुनामा परोस् ।२।

सारा लोक् गुमराहमा परिरहोस् जस्को लिई फाइदा
बोल्दा कानुन होस्, छुँदा नियम होस् जीवन् बनोस् काइदा
बेपत्ताजन, घाइते, शहिदको बेथा भजाईकन
जैले खान पुगोस् समर्थक बसून् ताली बजाईकन ।३।

प्यारा बन्न पुगून् दलाल चमचे, ती कार्यकर्ता मरुन्
गुण्डागर्दि, अराजकता, विषमता, सिद्धान्त हाम्रा बनून्
आफन्ती झगडा छिनाल्न नसकी पाल्नाघरे डाकियो
जाली, चोर, खुँखार भ्रष्टहरुले पार्टी पुरै ढाकियो ।४।

भावी कार्यदिशाः
खै श्रीपेच् ? पहिरूँ ! शरीर सुकिलो गद्दीउपर् राखिद्यौ  
आँखा चिम्लिन बाध्य हुन् जनहरु कट्टू झिकी फालिद्यौ
नाना ताण्डव नृत्य नाचुँ अहिल्यै भोलि कहाँ पाउँला
आकाशबाट समाजवाद कहिल्यै यत्रै झरी आउला ?५?

Loading

Post Comment

You May Have Missed