प्रवचन संग्रह

नयनहरुमा उनकै रुप कानहरुमा उनकै शिक्षा

  • ब्रह्माकुमार जगदीश चन्द्रहरेक ब्रह्मा-वत्सको अनुभव हुन्छ कि बाबा हाम्रो नयनमा बसेको हुनुहुन्छ र हरेक पलमा हाम्रो कानमा केही भनिरहनुभएको हुन्छ । हामीले यो सदा आफूमा देखिरहन आवश्यक छ कि के हाम्रो नयनले बाबा बाहेक अरु कुनै देखिरहेका छन् ? अथवा ती नयनहरुमा बाबाको सिवाय अरु कोही आउँछन् ? हाम्रा कानले बाबाको ज्ञानको सिवाय अरु कुनै सुनिरहेका छन् ? यो स्थूल संसार हो । बाबाले भन्नुहुन्छ यस संसारमा अहिले जे देखिन्छ, त्यो पछि देखिनेछैन । यसले विनाश प्राप्त गर्नेवाला छ । यसपछि नयाँ दुनियाँ आउनेवाला छ । यो छि-छि दुनियाँ हो । जो आउनेवाला दुनियाँ छ त्यो गुल-गुल दुनियाँ हो । बाबा भन्नुहुन्छ यो हिजो र आजको कहानी हो । यी दुई शब्दमा सारा श्रृष्टिको ज्ञान आउँछ । आज छि-छि दुनियाँ छ भोलि गुल-गुल दुनिया हुनेछ । हामीले देख्नुछ कि हाम्रो आँखामा के बस्दछ ? बाबा या भोलिको दुनियाँ ? वा आजको दुनियाँ ?बाबाले भन्नुहुन्छ, ‘यी आँखाले धोखा दिन्छन् ।’ सुरदासको कहानी तपाईँले सुन्नुभएको होला । उनका आँखाले धोखा दिएकोले उनले फलामको सनासोले आफ्ना आँखा नै झिकिदिए । उनले भने कि ‘यी आँखाले मलाई धोखा दिए, तसर्थ निकालिदिएँ ।’ वास्तवमा आँखाले धोखा दिँदैनन्, धोखा त मनले दिने हो । आँखा त देख्ने साधन हुन् । धोखा त मनुष्यको मनले दिने हो । जोसुकै व्यक्ति हाम्रो सामुन्ने आउँछ भने सिर्फ पाँच तत्वको पुतली अर्थात स्थूल शरीर मात्र देखिँदैन । ज्ञानीहरुको लागि बाबाले भन्नुभएको छ कि आत्मा सामुन्ने आउनुपर्‍यो । आत्माको कुरा त एउटा भयो, हरेक व्यक्तिप्रति हाम्रो जुन इम्प्रेशन हुन्छ, जो उसको जीवनमा राम्रो वा नराम्रो देखेका छौँ, त्यो पनि साथसाथै सामुन्ने देखा पर्दछ । अर्थात जो व्यक्ति सामुन्ने आउँछ, उसको कर्मको जुन चित्र बनेको हुन्छ, त्यो पनि सामुन्ने आउँछ । यो स्थूल आँखामा होइन, मनरुपी नेत्रको अगाडि । यो त आउनु नपर्ने हो, तर पनि किन आउँछ ? हामीले अरुको अवगुण किन देख्यौँ ? उसको कर्म किन देख्यौँ ? हामीले के देख्नु पर्थ्यो ? बाबाले भन्नुभएको छ, ‘एक आँखामा मुक्ति, अर्को आँखामा जीवनमुक्ति हुनु पर्‍यो ।’ पहिले मुक्तिमा जानुछ, त्यसपछि जीवनमुक्तिमा, किनकि मुक्तिधाममा नगइकन जीवनमुक्तिधाममा जान सकिँदैन ।हाम्रो आँखामा के हुनुपर्छ ? कहिले बाबाले भन्नुहुन्छ तपाईँको आँखाको सामुन्ने वालालाई ज्योति देखिनुपर्छ । जब तपाईँ कसैलाई देख्नुहुन्छ अथवा दृष्टि दिनुहुन्छ , तपाईँ उनको नजरबाट गुम हुनु पर्छ । पहिले जो तपाईँलाई देखिरहेका थिए, त्यसको ठाउँमा प्रकाश नै प्रकाश देख्नेछन् । ज्ञानीका योगीका यी नेत्र यस प्रकार सेवा गर्दछन् । यी हाम्रा आँखाले धेरै सेवा गर्न सक्दछन्, प्रेमले, शान्तिले, सद्भावनाले अरुलाई बदल्न सकिन्छ । त्यसको सट्टा घृणाले, द्वेषले देख्नुहुन्छ वा उनको अवगुणहरुलाई देख्नुमा कति फरक पर्छ । बाबाले हामीलाई बदल्नुभएको छ । बाबाको नेत्रमा के छ ? हामी आत्मा हौँ, हामी उनका प्यारा मीठा बच्चा हौँ । बाबा भन्नुहुन्छ, ‘बच्चा हो, तिमी साधारण रुपमा छौ, तिमीलाई थाहा छैन तिमी कति महान छौ, कति श्रेष्ठ छौ । मलाई त तिम्रो भविष्यमा डबल क्राउन देखिरहेको छु । दुई ताजवाला देवीदेवता रुप देखिएका छौ ।’ बाबाको यस शरीरमा लुकेको आत्माको सारा पार्ट, सारा भाग्य देख्न सकिन्छ । हामी त पापी नै हौँ, पाप कर्म गरेका छौँ । देह-अभिमानको वश, विकारहरुको वश, हाम्रो जीन ठीक तरीकाले गुजारेका छैनौँ । एक जन्म होइन, त्यो पनि ६३ जन्म । बाबा भन्नुहुन्छ ‘तिमी जन्म-जन्मान्तरका पापी हौ ।’ तर बाबाले के देखिरहनुभएको छ ? उहाँले देख्नुभएको छ कि अब समय पूरा हुने बखत आएको छ, यी मेरा बच्चा फेरि गुल-गुल बन्ने वाला छन् । यसैले उहाँले हामीलाई ‘मीठे बच्चे’ भन्न छोड्नुहुन्न र हामी उपर प्रेम वर्साइरहनुभएको छ । हामीउपर कृपादृष्टि बनिरहेको छ, किनकि उहाँले हामीमा यही देखिरहनुभएको छ कि यिनीहरु बदलिने वाला छन् । यसैले हाम्रो नेत्रमा बाबा नै बसिरहनुभएको हुनुपर्छ । तर फेरि देह-अभिमानमा आएर बाबालाई भुलेर अरु अरु कुराहरु मनुष्यको मनमा आइहाल्छन् । यदि हाम्रो आँखामा बाबा नै बसिरहुनभयो भने हाम्रो कल्याण हुनै पर्छ । हाम्रो जहाज पारि छ । हाम्रो घर नजिकै देखिँदै छ ।  सत्ययुग छिट्टै आउनेछ ।

    गीतले यो पनि भन्छ कि बाबाले हाम्रो कानमा केही भनिरहनुभएको छ । बाबा भन्नुहुन्छः तिमी बच्चाहरु परमतका कुरा सुन्छौ, मनुष्यमत सुन्छौ, शास्त्रमत सुन्छौ । यो गलत सुन्छौ । बाबा भन्नुहुन्छ नराम्रो नसुन । पाप सुन्न र सुनाउन बन्द गर । यहाँ आउँदा नै बाबाले बच्चालाई यही सुनाउनुहुन्छ कि असल के हो ? खराब के हो ? सही के हो ? गलत के हो ? राम के हो ? रावण के हो ? पाप के हो ? पुण्य के हो ? शरीर के हो ? आत्मा के हो ? यो जानेपछि, बुझेपछि खराब सुन्न र सुनाउन बन्द भैहाल्छ । बाबाले यो पनि भन्नुहुन्छ कि ‘दुःख दिन र लिन पनि बन्द गर ।’ दुःख नदेऊ त सबैले भन्छन् । आस्तिकले पनि भन्छन्, नास्तिकले पनि भन्छन् । तर बाबाले भन्नुहुन्छ ‘दुःख लिन पनि बन्द गर । कसैको कुराको महसुस गरेर दुःखी नहोऊ । कसैको कुरा सुनेर नराम्रो मान्नु पनि दुःख लिनु हो । यदि कुनै न कुनै कारणबाट दुःख महसुस गर्दै रह्यौँ दुःख लिँदै रह्यौँ भने दुःखको नै संस्कार बन्छ । संस्कार नै दुःखको भयो भने सत्ययुगमा कसरी जाउला ? सत्ययुगमा तिनीहरु जानेछन्, जसको खुशीको संस्कार होला ।’ त्यहाँ कोही पनि त्यस्तो व्यक्ति हुँदैन, जहाँ कोही रुने र दुःख मान्ने । यस कलियुगमा बच्चा पनि हुन्छन्, उनीहरु रोएनन् भने भनिन्छ कि उसलाई कुनै न कुनै तरीकाबाट रुवाऊ, किनकि रुनु जरुरी छ । कोही मर्छ भने उसका नजीकका नातेदारहरु रोएनन् भने रुवाऊ, किनभने उसले दुःखलाई आफ्नो दिलमा दबाएर राखेको हुन्छ । यसको दिलमा गढेको काँडा बाहिर निकाल । त्यसैले यहाँ मरे पनि रोऊ र बाँचे पनि रोऊ, किनकि यो रुनेकै दुनियाँ हो । यसैले बाबाले भन्नुहुन्छ, ‘यो सारा दुनियाँ मशानघाट हो । सबैका खुट्टाहरु मशानघाटमै लड्किरहेका छन् । बाहिर थोरै थोरै भागमात्र बाँकी छ ।’ मसानघाटमा किन दिल लगाउने ? सब मरिसके मुर्दा बनिसके । मुर्दाहरुसंग के को मायाँ गर्नू ?

    कुरा भइरहेको थियो न दुःख दिऊँ, न दुःख लिऊँ । संसारमा कसैले पनि यो भनेका छैनन् कि दुःख दिने पनि होइन र लिने पनि होइन । यो भनिएको हो कि दुःख नदेऊ, दुःख दियौ भने दुःख पाउनेछौ, दुःख नलेऊ यो कसैले भनेको छैन । सिर्फ बाबाले नै यो रहस्य सुनाउनुभएको हो । यो धेरै ठूलो कुरा हो कि दुःख नलेऊ । कोही व्यक्तिले कसैलाई सहानुभूति गर्दछ वा कोही समस्यामा छ, उसलाई सहानुभूति जनाउनु यो ठीक कुरा हो । तपाईँले देख्नुभएको होला बच्चा बीमार हुँदा आमा रुन्छिन्, दुःख लिन्छिन् । बच्चा बिमार भएमा सहानुभूति लिनै पर्छ । उसको सेवा गरौँ, डाक्टरकहाँ लैजाऊँ वा डाक्टर बोलाऊँ, औषधि दिऊँ, उसलाई ध्यान दिऊँ । समय निकालेर उसलाई सेवा गरौँ । उसलाई शुभभावना र श्रेष्ठ भावनाद्वारा शक्ति दिऊँ । त्यसको बदला रोएर के हुन्छ ? दुःख दिने र दुःख लिने यो मोहको कारण हुन्छ । यसले आत्मालाई असर गर्छ । एक आत्माबाट अर्को आत्मालाई प्रभावित गर्छ । इफेक्ट आएमा डिफेक्ट-खराबी आउँछ । डिफेक्ट आउँदा फेरि इफेक्ट आउँछ । यी दुवैको आन्तरिक सम्बन्ध छ । एउटा अर्कोमा निर्भर हुन्छ । पहिलोबाट दोस्रो बढ्छ । दोस्रोबाट पहिलो बढ्छ । अतः इफेक्ट आउनुहुँदैन । यसबाट दुःखै दुःख बढ्न जान्छ । दुःख ६३ जन्मसम्म देखेका छौँ, अब भगवान आउनुभएको छ । अब संगमयुगको अतीन्द्रिय सुख हुनु पर्छ । यदि अब पनि दुःख नै हुने हो भने हाम्रो भाग्य के होला ? दुःख लिनु यो त हाम्रो गल्ती हो । हाम्रो बेसमझ हो । अतः कहिले कोहीले दुःख दिए पनि तपाईँले नलिनुहोला । यसको एक तरीका छ See No Evil (नराम्रो नहेर्नु) । नेत्रमा बाबा बसेको हुनुहुन्छ र आँखामा बाबाको कुरा गुञ्जिनुहुन्छ भने तपाईँले दुःख दिनु पनि हुनेछैन र दुःख लिनु पनि हुनेछैन । हाम्रा कान पनि दुईवटा छन् र आँखा पनि दुईवटा छन् । तर यिनी त बाहिरी हुन् । भित्र पनि आँखा र कान छन्, ती अलग छन् । यी बाहिरका खुलै छन्, तर भित्रका बन्द छन् भने केही फाइदा छैन । भक्तहरुले पनि भन्छन् बाहिरको पट बन्द गरेर भित्रको पट खोलिदेऊ तिमीले पिया पाउनेछौ । ती मान्छेहरु बाहिरका आँखा बन्द गरेर योग लगाउँछन्, पियासंग मिल्नको लागि । कानमा औँला घुसाउँछन् र आँखा बन्द गर्दछन् । पट बन्द गर्नुको अर्थ आँखा कान बन्द गर्नु  होइन । पट बन्द गर्नुको अर्थ त खराब कुराहरु नहेर्नु, नसुन्नु, नसुनाउनु, नसोच्नु र नगर्नु पो हो ।

    बाबालाई आँखामा बसाउने भनेको बाबाको भौतिक शरीरलाई नै बाहिरी आँखामा बसाउने भनेको होइन कि भित्री आँखामा बसाउने भनेको हो । भनिन्छ नि ‘भैय्या मनकी आँखे खोल, तोल सके तो तोल ।’ यहाँ मनको आँखा खोल्ने कुरा गरेको हो, जसलाई तेस्रो नेत्र भनिन्छ, ज्ञानचक्षु भनिन्छ । केही मान्छेहरु बाटोमा हिँड्दा पनि केही कुरा खसाउँदै जान्छन, कसैलाई धक्का दिँदै जान्छन् । यो कुरा उनीहरुलाई थाहै हुँदैन, किनकि उनीहरुको बाहिरको आँखा खुलै भए पनि भित्री आँखा बन्द हुन्छन् अर्थात मन अन्त कतै पुगेको हुन्छ, अरु कुनै सोचिरहेको हुन्छ र अरु केही देखिरहेको हुन्छ । त्यसैले अरुले भन्छन्, ‘के हो भाइ ? देख्दैनौ ? हेरेर हिँड ।’ उसको आँखा खुलै हुन्छन्, तर हेरे पनि देख्दैनन्, किनकि उसको मनको आँखाले अरु केही देखिरहेको हुन्छ । स्थूलमा त सामुन्ने देखिरहेको हुन्छ, तर मनले अन्तै देखेको हुन्छ । एउटा मान्छे बसिरहेको थियो, त्यहाँबाट एउटा हात्ती गयो । त्यसपछि माहुते आयो र बसेको मान्छेलाई सोध्यो, ‘ए भाइ, यताबाट हात्ती गएको देख्यौ ? बसेको मान्छेले भन्योः ‘मलाई त थाहा छैन, मैले त देखिन ।’ माहुतेले भन्यो, ‘यति ठूलो हात्ती गएको पनि देखेनौ ? तिमी यहाँ थिएनौ ? बस्नेले भन्यो, ‘म त यहीँ छु ।’ फेरि माहुतेले भन्यो, ‘यहीँ भएर पनि देखेनौ ?’ फेरि बस्नेले भन्यो, ‘अँहँ, देखिन ।’ किन देखिएन ? किनकि उसको मनले अन्त कतै देखिरहेको थियो । ऊ शरीरले हाजिर (Present) भए पनि, मनबाट गैरहाजिर (Absent) थियो । तसर्थ देखेर पनि देखेन ।

    यसै प्रकार नराम्रा कुराहरु देखेर पनि नदेख । बाबाले पनि भन्नुहुन्छ, देख्दादेख्दै पनि नदेख, सुन्दासुन्दै पनि नसुन । जो असल छ त्यसलाई सुन, त्यसलाई धारण गर । जुन हामीभित्रको नेत्र छ, त्यसले शिव बाबालाई देख । कानमा बाबाका कुराहरु गुन्जिरहनुपर्छ, समय समयमा बाबाका शिक्षाहरु याद आइरहनुपर्छ, । यस्तो नहोस् कि समय बितिसकेपछि याद आओस् । बाबाका शिक्षा हाम्रा लागि अस्त्र शस्त्र हुन् । यस जीवनरुपी युद्धको मैदानमा हामी बच्चाहरु पनि रुहानी शैनिक हौँ । हामी बच्चाहरुको लडाइ माया (पाँच विकारहरु) संग हो । बाबाबाट दैनिक जुन ज्ञान सुन्दछौँ, यही हाम्रो लागि हतियार हो, मायालाई हराउनको लागि । ईश्वरीय ज्ञान नै हाम्रो लागि तरवार र ढाल दुवै हो । यदि सैनिकको साथमा सदा तरवार बन्दूक आदि रहनुपर्छ र दुश्मनले हमला गरेमा त्यस समयमा यी हतियार अन्त कतै राखिएको भए के होला ? सैनिक भनेकै सदा शस्त्रधारी । यसै प्रकार हाम्रो भित्रको नेत्रमा सदा बाबा बसेको हुनुपर्छ र कानमा सदा बाबाको शिक्षा सुनिनुपर्छ । यी समयमा काम लाग्नुपर्छ । यो कसरी होला ? हमेशा मनमा ज्ञानको चिन्तन चलाइरहनुहोस् । तर हामीले के गर्दछौँ ? रोज मुरली सुन्छौँ, डायरीमा लेख्छौँ र डायरीलाई त्यहीँ छोडेर आफ्नो काममा लागिहाल्छौँ । हामी रह्यौँ धन्धामा, ज्ञान रह्यो डायरीमा । भनिन्छ नि बच्चा जन्मने बित्तिकै रुन शुरु गरिहाल्छः वाँ वाँ । कसैले सोध्यो, ‘यो बच्चाले किन वाँ वाँ गर्छ ?’ मजाकमा उत्तर दिइयो ‘बच्चाले भनिरहेको छ कि धर्मराज उहाँको उहाँ नै रहनुभयो । जब बच्चा गर्भमा थियो, उसले धर्मराजलाई अनुरोध गर्थ्यो, ‘धर्मराजजी, मलाई यहाँबाट निकालिदिनुहोस् । फेरि म पाप गर्नेछैन । एक पटक निकाल्दिनोस । एक पटक मौका दिनुहोस्, म दोहोर्याएर पाप गर्ने छैन ।’ उसको कुरा सुनेर धर्मराजले त्यसलाई पेटबाट निकालिदिनुभयो । बाहिर आउनासाथ बोल्न थाल्यो, धर्मराज त उहाँको उहाँ रहिसके । अब अघि हेरौँला ।’ यसलाई भनिन्छ – पल्ला झाड दिया । अर्थात उहाँ नै छोडेर आयो । परन्तु ज्ञानमार्गमा यस्तो हुनुभएन ।

    बुद्धिको झोलीमा हामी जुन ज्ञान रत्नले भर्दछौँ, त्यसलाई उहाँको उहाँ नै छोडेर, झारेर आउनुभएन । एक कानले सुन्ने, अर्को कानले ओराउने गर्नु भएन । त्यस ज्ञानलाई मनन गर्नुपर्‍यो, चपाउनुपर्‍यो, त्यसको स्मरण गर्नुपर्‍यो । यदि हामीले बिहान मुरली सुनेर सारा दिनमा त्यसको याद गर्दैनौँ, पढ्दैनौँ, चिन्तन गर्दैनौँ भने धारणा कसरी होला ? यस्तो होइन, ज्ञान सुनेर मात्र फाइदा छैन । फाइदा त होला, तर जति हुनुपर्ने हो त्यति हुँदैन । पानीमा घोटिँदा घोटिँदा पत्थर पनि शालिग्राम बन्दछ भने आत्मा चैतन्य शक्ति रोज ज्ञान सुनी सुनी अलिअलि त परिवर्तन हुन्छ, तर जति परिवर्तन हुनुपर्ने हो उति हुँदैन । यसैले हामीले ख्याल राख्नुपर्छ कि बाबाले जुन कुराहरु सुनाउनुहुन्छ, ती सारा दिनमा हाम्रो मनमा आउनुपर्छ ।

    हामी भन्छौँ बाबा हाम्रो साथमा हुनुहुन्छ । साथको अर्थ के हो ? तपाईँ पनि हिडिरहनुभएको छ, उहाँ पनि हिडिरहनुभएको छ चुपचाप । आपसमा कुनै कुरा भइरहेको छैन, कुनै लेनदेन भैरहेको छैन भने यसको के फाइदा ? के यसलाई साथ भन्न सकिन्छ र ? साथ रहनुको अर्थ हो साथसाथै जानु, एकअर्काको साथी बनेर कार्य गर्नु । एकअर्कामा कुरा सुनाउनु र सुन्नु । एकअर्काको अनुभूति एकअर्कालाई हुनु नै साथ हो । बाबा हाम्रो नेत्रमा रहनुभयो र उनको कुरा कानमा सुनियो भने यसलाई साथ रहनु भनिन्छ । यसैलाई भनिन्छ बाबा हाम्रा साथी हुनुहुन्छ ।

    (पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *