मनोरञ्जन

दर्जा

दोस्रो विश्वयुद्धको समयमा जनरल रुजवेल्टले प्लेन पर्खेर बसिरहेका थिए । त्यसैबेला एउटा नावी पनि एउटा टिकेट खोज्दै आयो । हवाइ अड्डामा उसले एक सिटको लागि एउटा टिकेट दिलाइदिन अनुरोध गर्दै भन्यो कि, “मसंग एकदमै थोरै समय छ । आमालाई भेट्नै पर्नेछ ।” उसको अनुनय विनयलाई टिकेट विक्रेतालाई पटक्कै छोएन । यो देखेर रुजवेल्टले टिकट विक्रेतालाई आफ्नो सिट त्यस नावीलाई दिन अनुरोध गरे । टिकेट विक्रेताले रुजवेल्टको टिकेट त्यस नावीलाई बेचिदियो ।

यो देखेर आश्चर्यचकित हुँदै रुजवेल्टको साथीले रुजवेल्टलाई सोधेः “यो के गर्नुभएको हजुर । हजुर हतारमा हुनुहुन्न र ?”

रुजवेल्टले भनेः “यो दर्जाको कुरा हो । म जनरल मात्र हुँ, तर उनी एक असल छोरा हुन् । एक असल छोराभन्दा जनरलको दर्जा कहिले पनि ठूलो हुँदैन ।”

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *