तीज गीत
वर्षौँसम्म आँगन टेढो भन्ने मात्र कुरा भो
यै आँगनमा नाच्ने ईच्छा बल्ल पूरा भो
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता
साना होइनन् उपलब्धि सोचेपछि त
राजनेता र जनताको मनकै खाँटी कुरा भो
आफ्नो भाग्य आफै कोर्ने सप्ना पूरा भो
कोही कतै नछुटौँ है अपनत्व जनाऔँ
संविधान कार्यान्वयन सफल बनाऔँ ।
२०७२।०६।०३ बेलुका ६.३०