×

तीखे जुर्किलो – मविता

तीखे जुर्किलो – मविता

अमर छैन कसले भन्नसक्छ यतिबेला ?

अमरकाँचीका एकजोडी फूल छातिमा कोचेको देखेर

आँधी बजारिन्छ उसको टाउकोमा ढुनमुनाउँदै खस्छ एक काइँयो लेऊ

एक फक्ल्याँटो शब्द अड्किन्छ घाँटीमा

तलबाट आँखा रिङ्ने पहर सकी नसकी उक्लँदैछ

तप्प चुहुन्छ दुई थोपा अक्षर

अनि खुल्ला हुन्छ अगाडिको सुदूर गोरेटो

अमर होइन कसले भन्नसक्छ यतिबेला !

Loading

Post Comment

You May Have Missed