कवितापद्य कविता

तिहार र ती हारहरु

 

तिमीले तिहारमा खायौ पियौ
म त ती हारमा च्यापिएँ ।

तिमीले संघारमा दीप सल्कायौ
मैले अंगारमा दील सल्काएँ ।

तिमीले निधारमा टीका थाप्यौ
मैले नि धारमा टीका थापेँ ।

तिमीले ताजा माला गलामै सजायौ
मलाई ता जालमा लाद्यौ लामै सजाय

तिमी नाच्यौ देउसी भैलो शुभ गाउँदै
बाँचेँ म उदासी भै, लौ आँशु बगाउँदै ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *