गिती शब्दगीत

तिम्रो जन्मदिवस

तिम्रो चौबीसौँ जन्मदिवस
आई गयो परि तिमीविना यो
हामीले यहीँ मनायौँ, तिमीले कहाँ मनायौ ?

चौबीसलाख पाला माझेर स्मृतिका
सङ्गालिएका अश्रुधारा खन्यायौँ
सल्कायौँ दिल फिजियो अँध्यारो
कहाली लाग्दो क्षण यो के बनायौँ
तिम्रो चौबीसौँ जन्मदिवस
हामीले यहीँ मनायौँ, परि तिमीले कहाँ मनायौ ?

“परि” अंकित यी मुटुका बर्थडे केक
एकापस भुत्ते कर्दीले कटायौँ
खोज्यौँ पहिलो टुक्रा तिमीलाई चटाउन
भेटेनौँ कतै र छटपटायौँ
तिम्रो चौबीसौँ जन्मदिवस
हामीले यहीँ मनायौँ, परि तिमीले कहाँ मनायौ ?

ह्यप्पी बर्थ-डे-टु-यु-को गीत यो
स्तब्ध भई मुखामुख गुनगुनायौँ
आहार/उपहार उपहासतुल्य भए
सिर्फ झंकृत आर्तनाद सुनायौँ ।
तिम्रो चौबीसौँ जन्मदिवस
हामीले यहीँ मनायौँ, परि तिमीले कहाँ मनायौ ?

पाँचतारे सारङ्गीको मीठो धुनले
छुट्टै सानो संसार चिनायो
तिम्रो जन्मदिनमा नै बज्दैन अब
कल्ले किन एक तार छिनायो
तिम्रो चौबीसौँ जन्मदिवस
हामीले यहीँ मनायौँ, परि तिमीले कहाँ मनायौ ?

तिम्रो चौबीसौँ जन्मदिवस
आई गयो परि तिमीविना यो
हामीले यहीँ मनायौँ, तिमीले कहाँ मनायौ ?

 

2072.12.17

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *