×

तिमी छैनौ भनी म भनूँ कसरी

तिमी छैनौ भनी म भनूँ कसरी

तिमी छैनौ भनी म भनूँ कसरी

तिमी हैनौ भनी म भनूँ कसरी

जतातै तिमी नै तिमी छौ

 

बाहिर म निक्लूँ तिमी नै तिमी छौ

बाहिर ननिक्लूँ तिमी नै तिमी छौ

 

भयानक सपनामा प्रवेश गर्दा

भयानक विपनामा प्रवेश गर्दा

 

तिमी नहुँदानहुँदै हुन्छौ कसरी

तिमी हुँदाहुँदै पनि हुँदैनौ कसरी

 

यो पवनमा पनि तिमी नै तिमी छौ

त्यो गगनमा पनि तिमी नै तिमी छौ

 

भयानक दिनमा प्रवेश गर्दा

भयानक रातमा प्रवेश गर्दा

 

तिमी बहँदाबहँदै रुक्छौ कसरी

तिमी रुक्दारुक्दै पनि बहन्छौ कसरी

 

तिमी छैनौ भनी म भनूँ कसरी

तिमी हैनौ भनी म भनूँ कसरी

जतातै तिमी नै तिमी छौ

Loading

Post Comment

You May Have Missed