तिमीसंग कति बोल्नु थियो
तिमीसंग कति बोल्नु थियो
अब बोल्ने सम्भावना सिद्धियो
तिमीसंग कति कुरा खोल्नु थियो
अब खोल्ने सम्भावना सिद्धियो
तिमीसंग कति खेल खेल्नु थियो
अब खेल्ने सम्भावना सिद्धियो
तिमीसंग कति सुखदुःख झेल्नु थियो
अब झेल्ने सम्भावना सिद्धियो
तिमीलाई जीवनभर आफूअघि देख्नु थियो
अब देख्ने सम्भावना सिद्धियो
तिम्रा कति कर्म हेर्नु थियो
अब हेर्ने सम्भावना सिद्धियो ।