व्यक्ति विशेष

डा. केशव शर्मा

व्यक्तिगतविवरण:

  • नाम: केशव शर्मा
  • जन्म: बि. सं. २०२०, सेरिगाउँ, मुसीकोट, तत्कालिन रुकुम जिल्ला
  • माता/पिता: श्री शिवकुमार शर्मा दाहाल तथा स्व. इन्दिरा शर्मा (प्रथमपुत्र)

शिक्षा:

  • प्राथमिक: यमुना नन्द नमुना प्राथमिक बिद्यालय, सेरिगाउँ, मुसीकोट, तत्कालिन रुकुम जिल्ला
  • निम्न माध्यमिक: त्रिभुवन जनता माध्यमिक बिद्यालय, खलंगा मुसीकोट (कक्षा ६), बाँकी दाङ्गमा
  • माध्यमिक: सिद्ध पृथ्वी जनता ब्यबसायिक माध्यमिक बिद्यालय, श्रीगाउँ, दाङ्ग (प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण बि. सं. २०३५ मा)
  • प्रमाण-पत्र तह (भौतिक बिज्ञान): अमृत साइन्स क्याम्पस, काठमान्डू
  • स्नातक (सिभिल इन्जीनियरिंग): नागपुर विश्वबिद्यालय, नागपुर, महाराष्ट्र, भारत (कोलम्बो प्लान अन्तर्गतको छात्रवृतिमा, ई.सं. १९८७)
  • मास्टर्स (वातावरण इन्जीनियरिंग): एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी,  ब्याङ्कक, थाइल्याण्ड (विश्व स्वास्थ्य संगठनको छात्रवृतिमा,  ई.सं. १९९८)
  • पि.एच.डि. (सिभिल इन्जीनियरिंग): हंगकंग यूनिवर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, हंगकंग  (विश्वबिद्यालयको छात्रवृतिमा, ई.सं. २००३)

व्यवसायिक संलग्नता र अनुभव:

  • ई.सं. १९८८ देखि २००३ सम्म नेपाल सरकारको खानेपानी तथा ढलनिकास बिभाग अन्तर्गत शुरुमा असिस्टेन्ट इन्जीनियर र पछि सिनियर डिभिजनल इन्जीनियरको रुपमा तेह्रथुम, जाजरकोट, रुकुम, बाग्लुङ्ग, र काभ्रेपलान्चोक जिल्लाहरु र क्षेत्रीय निर्देशनालय सुर्खेतमा कार्यगरेको, १९९७ देखि २००३ सम्म उच्च अध्ययनको सिलसिलामा देशबाहिर
  • ई.सं.  २००४ देखि हालसम्म अष्ट्रेलियाको युनिवर्सिटि अफ क्विन्सल्याण्डमा शहरी क्षेत्रको पानी ब्यबस्थापनसम्बन्धी अनुसन्धानमा संलग्न, करिब ६० भन्दा बढी सोध/अनुसन्धानसम्बन्धि लेखहरु अन्तराष्ट्रिय बैज्ञानिक प्रकाशनहरुमा प्रकाशित
  • हंगकंग, सिंगापुर, अमेरिका, अष्ट्रेलिया, भारत र नेपालमा इन्जीनियरिंग परामर्शदाताको रुपमा काम गरेको अनुभव

साहित्यिक संलग्नता र योगदान:

  • विधा: कविता, गीत, गजल, मुक्तक
  • बिद्यालय जीवनदेखि नै लेखनमा रुचि, क्षत्रीयस्तरका र अन्य प्रतियोगितामा सहभागी भै बिजयी भएको,
    राष्ट्रिय कविता महोत्सवलगायतका प्रतियोगितामा समाबेश
  • फुटकर कविता, गीत, गजल, मुक्तकहरु विभिन्न पत्र-पत्रिकामा प्रकाशित
  • गीत र गजलहरुको एल्बम “सपना हजार” प्रकाशित
  • अष्ट्रेलियाको “गजल मुशायरासंग आबद्ध भै प्रवासमा गजल उत्थानको कार्यमा बिगत ५ बर्षदेखि संलग्न
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसंग आबद्ध,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आजीवन सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, क्विन्सल्याण्ड च्याप्टर, अष्ट्रेलियाको संस्थापक सभापति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बाल साहित्य समितिको संयोजकको रुपमा कार्यरत
  • राप्ती साहित्य समाजको आजीवन सदस्य

अन्य:

  • अष्ट्रेलियाको ब्रिसबेनमा रहेर सामाजिक कार्यमा संलग्न, नेपाली भाषाको रेडियो कार्यक्रमको संचालन, नेपाली संस्कृतिको सम्बर्धन र प्रबर्धनको कार्यमा लामो समयदेखि संलग्न

मान पदवी र पुरस्कारहरु:

  • मदन पुरस्कार गुठीद्वारा बिसं२०३६माबिसं २०३५ को एसएलसी परिक्षामा नेपाली बिषयमा उच्चतम अङ्क प्राप्त गरेबापत “केदार पारितोषिक”
  • नागपुर विश्वबिद्यालयद्वारा ई.सं. १९८७ को ब्याचलर अफ इन्जीनियरिंगको परिक्षामा उच्चतम अङ्क प्राप्त गरे बापत “स्वर्णपदक”
  • बिसं २०५२ मा तत्कालिन श्री ५ महाराजधिराजबाट “प्रबल गोरखा दक्षिणबाहु (चौथो)” द्वारा विभूषित
  • एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी,  ब्याङ्कक, थाइल्याण्डद्वारा ई.सं. १९९८ मा मास्टर्स अफ इन्जीनियरिंग (बातावरण इन्जीनियरिंग) डिग्री उच्चतम अङ्कसहित प्राप्त गरेकोमा “रबर्ट्स बिब्याङ्क्स पदक”

हाल:

  • ई.सं.२००४ देखि सपरिवार अष्ट्रेलियाको ब्रिसबेनमा बासोबास
  • हालको ठेगाना: १३ सुबिक्लोज, कार्सलडाइन, क्विन्सल्याण्ड, अष्ट्रेलिया
  • ईमेल: sharma.keshab@gmail.com
  • मोबाइल: + ६१४३०३३९९८९

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *