चुक चोरको चाहना
आमाको साम्नेको चौटामा
आमाले सामाले साँचेको
चाँदीको चौँठीमा चुक छ,
आजै आमाको आँखालाई छल्छु
चौटामा छुसुक्क छिर्छु, चुकुल ठेल्छु
चुलोको चौकीमा चढ्छु
चिम्टाले चोप्छु, चाख्छु
चम्चाले झिक्छु, चाट्छु
झिरले घोच्छु, खान्छु
खान्छु, खान्छु, अघाउन्जी खान्छु ।
चामेको चर्चित चाडको चाकुझैँ
चाउरेले चतुरताले चोरेको चुक यो
चाखले चाखिसकेर चौँठीमै छाडेको
चाट्दा छरेको, घोच्दा झरेको
चौटा र चटाइमा चुहेको चुक त
(चौपटले चुकचुक लागे लागोस् !)
चाँडचाँडो झाडुले झार्छु,
झारले पुछपाछ पार्छु
भाग्यलाई भाक्छु, भ्याएको भोग्छु, भाग्छु ।