चिठ्ठी
एकजना डाक्टरले अस्पत्तालमा केही कुरा लेख्न व्यस्त मानसिक विरामीलाई सोधेछन्
“के लेख्तै छौ ?”
विरामीः चिठ्ठी लेख्दै छु ।
डाकटरः कसलाई लेख्दै छौ यो चिठ्ठी ?
विरामीः अरुलाई किन लेख्ने मैले ? आफैलाई नि ।
डाक्टरः के बारेमा लेख्दै छौ नि आफैलाई यो चिठ्ठी ?
विरामीः मलाई रोगी भनेर उल्लीबिल्ली पार्ने ? यो चिठ्ठी भोलिमात्र मैले प्राप्त गर्नेछु भने कसरी म अहिले नै यसमा के छ भनेर भन्न सक्छु ?
विरामीको कुरा सुनेर डाक्टर नाजवाफ भएछन् ।