व्यक्ति विशेष

गोविन्द रोका सचिन

रुकुमको छिवाङ घर भएका रोका माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष हुन् । २०५२ सालदेखि राजधानीका बिभिन्न पत्रपत्रिकामा रिपोर्टिङ सुरु गरेका रोकासँग युद्ध पत्रकारिताको अनुभवसमेत छ । उनले २०६० सालमा माओवादी आधार इलाकाबाट सञ्चालित विशेष रेडियोको प्रमुख भएर काम गरेका थिए ।

माओवादीको विशेष आधार क्षेत्र रुकुम, रोल्पा आसपासलाई आधार मानेर चलाइएको ‘रेडियो जनगणतन्त्र’को उनी सञ्चालक थिए । तत्कालीन विद्रोही माओवादीले भूमिगत रुपमा चारवटा रेडियोहरु सञ्चालन गरेको थियो ।

माओवादी शान्तिप्रक्रियामा आएसँगै २०६३ सालमा रेडियो नेपालको घटना र बिचार कार्यक्रम संयोजकको जिम्मेवारी रोकाले सम्हालेका थिए ।

नेपाल एफएम र एबीसी टेलिभिजनमा समाचार सम्पादकको अनुभव समेत संगालेका रोका २०६४ सालदेखि हालसम्म रेडियो सानोभेरी एफएम रुकुमको अध्यक्ष छन् । उनी सुर्खेतस्थित प्रदेश एफएमको अध्यक्षको जिम्मेवारीमा समेत छन् ।

रोकाले ब्रोडकास्टिङ मिडियामा स्नातकोत्तर अध्ययन गरेका छन् ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *