मुक्तक/गजल

गजल

शिखरलाई सिँगारपटार गर्न हिउँ भए पुग्छ ।
विचारलाई सिँगारपटार गर्न भ्यु भए पुग्छ ।
योग्यता, सम्पत्ति, सिप, आदि त तपसिलका कुरा हुन्
एउटी प्रेमिका पाउन सलक्क परेको जिउ भए पुग्छ ।

असम्भव भन्ने के छ र यहाँ जुक्ति लगाउनुपर्छ
चिसा दाउरा दनक्क बाल्न थोरै घिउँ भए पुग्छ ।

कुनै कुराको पनि सुरुवात सानैबाट त हुन्छ
ठुलो फर्सी फल्न पनि सानो छिउँ भए पुग्छ ।

मन नपरेको मान्छेदेखि के गरी फुत्कौँ भन्नेलाई
झगडा गरी फन्किन स्यानै निउँ भए पुग्छ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *