×

कोरोना महामारी (शिखरिणी)

कोरोना महामारी (शिखरिणी)

महामारीको यो   अपहरणले   त्रस्त जगत
न ता धामी झाँक्री   न त छ उपचार् ओखति न त
अहो कोरोनाका पिडितहरुले   देश भरियो
नभागे यो देखी कि घर नबसे   वस्य मरियो ।१।

भयो साह्रो चिन्नै  करिब सबको मास्क मुखमा
कुरा गर्नै गाह्रो अलिकति कतै   दुख्ख सुखमा
अनेकौँ जुक्तीले  छलिउँ कि भनी  गर्नु गरियो
यही कोरानाकै   फगत  कसिलो   जाल परियो ।२।

ढलेका छन् कोही चिसिइ भुइँमा  माथि ढलको
बलेसीमा कोही   छन चहुरमा  हस्पिटलको
सहारा भो यौटै  सिलिनडर यो  अक्सिजनको
रुक्यो सासै ओहो  छटपटि बढ्यो क्या कठिन भो ।३।

बँचिन्थ्यो की पाए  सहरतिर बेड्  क्याबिन थिए
इमर्जेन्सी बेड् पो  छ कि त सरकार् बाफिन दिए
हरायो स्वाद् जम्मै चरम ज्वरले   तप्त बदन
मरेँ ऐया बाबा   सबतिर दुख्यो    जान्छ कि तन ।४।

सुने चित्कार् ठूलो नभनिदिनु है स्वजन बिते
थियो बन्दाबन्दी   कति दिन बिते  लोक् छ रमिते
खडा हाम्रै निम्ती  कि परिचरिता  डाक्टरजि हो
तिमी रैछौ हाम्रा  सकल भगवान्  निश्चय भयो ।५।

Loading

Post Comment

You May Have Missed