×

किन कर्की हिर्यौ

किन कर्की हिर्यौ

यो मुटुमा ठेस लगाई अस्ति तर्की हिर्यौ
नजरिलो घाउमाथि भ्रम छर्की हिर्यौ

निस्सासिएँ भेटको ढोका बन्द भाको ठानेँ
त्यै ढोकाको कापबाट हिजो फर्की हेर्यौ ।

मुर्झाएको आशा फेरि पलाउँदै जाने
दिलबारीमा न्यानो छिटा यो के छर्की हिर्यौ

त्यै छिटाले धुमाल्दैछ कलेजीकाे पानी
बोली बारी फेरि आजै पर सर्की हिर्यौ

घर्की जाने दिनरात कति पर्खी हेरुँ
फर्की हेर बिन्ति मायाँ किन कर्की हिर्यौ

२०७२।०३।२९

Loading

Post Comment

You May Have Missed