व्यक्ति विशेष

कमला रोका

२०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी कमला रोका २०४६ सालदेखि राजनीतिमा लाग्नुभएको हो ।

जनयुद्धको थालनीमा सुरक्षा दलमा भर्ती भएकी कमला रोका कक्षा १० कक्षा परीक्षा नदिँदै भूमिगत हुनुभएको थियो । २०५३ सालमा माओवादीको जिल्ला समिती सदस्य भएकी कमला २०६१ सालमा माओवादीको केन्द्रीय सदस्य हुनुभयो ।

रुकुमको अति दुर्गम क्षेत्रमा किसान परिवारमा जन्मेकी कमला लेखक पनि हुनुहुन्छ । उहाँले वृत्तचित्र अभिनय पनि गर्नुभएको छ । उहाँ अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित बृत्तचित्र सारी सोल्जरका पात्रहरूमध्ये एक हुनुहुन्छ । उहाँ माओवादीको युवा सङगठन वाइसिएलका पूर्व अध्यक्ष गणेशमान पुनकी श्रीमती हुनुहुन्छ ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *