इच्छा अधुरो भो !
तिमीसँगै जीउने यो इच्छा अधुरो भो !
जीवनज्योति नै मधुरो मधुरो भो !
मेरो अनि तेत्तीसकोटी देवताको
तिमीलाई आशिक किन अपूरो भो !
सारा जीवन बहने यो राज्मार्गको
तिमीलाई कसरी बाटो साँगुरो भो !
सुगम्य समथर थियो यो साराको
तिम्रै लागि दुर्गम् दुर्भेद्य टाकुरो भो !
थामेर यी आँशु सम्वेदना सम्हाल्ने
कति सारै अभागी मेरै पुर्पुरो भो !
तिमीसँगै जीउने यो इच्छा अधुरो भो !
जीवनज्योति नै मधुरो मधुरो भो !