कथालघु कथा

आशा

मसंग भएको एउटा आँपको बीरुवा मैले मेरा साथीहरुमध्ये कुनै एकलाई उपहार दिने बिचार गरेँ । त्यो आँपको बीरुवा पाउने आशा गर्ने साथीहरु थुप्रै थिए ।

मैले सामान्य चिनजानका एकजना साथीलाई सो उपहार टक्र्याउँदै उनको बारीमा गएर आँफै रोपिदिएँ । तर उनले मलाई धन्यवाद्को एक शब्द खर्च गर्ने आवश्यकता ठानेनन् ।

 

केही वर्षपछि आँप फल्न शुरु गर्यो । पहिलो बालीको आँप उनले मज्जाले उपभोग गरे । यसबेला पो धन्यावाद् पाउँछु कि भनी मैले आशा गरेको थिएँ । तर उनले मलाई धन्यवाद् दिएनन् ।

दोस्रो वर्ष आँप फूल्ने समयमा असिना परिदियो । फलस्वरुप आँपको बोटको झण्डै आधा फूल असिनाले झारिदियो । आधा मात्र फल बाँकी रहेकोले आधा मात्र उपभोग गर्न पाए । आँपको बोटले बारीको धेरै भाग ओगटेर चाहेजति आम्दानी गर्न सकिएन भनी यसको दोष मलाई दिए र तथानाम गाली पनि गरे । अहिले उनले मसंग बोली बारेका छन् ।

अर्को वर्ष गाली खानुभन्दा असिना नपरोस् भन्ने कामना गरेको छु । साथै सय वर्ष आयु हुने आँप सैयौँ वर्ष फलिरहँदा कुनै वर्ष मैले धन्यवाद् पनि पाउँछु कि भनी आशा पनि गरेको छु ।

 

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *