कवितामुक्तक/गजल

अजमरी जवानीको धीत खोज्दैछु ।

पराइको माझमा आज हित खोज्दैछु

पोल्दो घाउ शितल पार्ने गीत खोज्दैछु

कल्ले भन्छ दुईबीसेक भोटो च्यात्तियो

अजमरी जवानीको धीत खोज्दैछु ।

 

आँफैसंग भिड्नसक्ने मीत खोज्दैछु

तर दुवै नहार्ने जीत खोज्दैछु

कल्ले भन्छ मायाँ दिई मुटु रित्तियो ?

प्रिति फिँजाइ राख्न मिल्ने रीत खोज्दैछु ।

 

साँच्चै भन्छु लाउन मिल्ने प्रित खोज्दैछु

आश्रयको खडेरीमा आश्रित खोज्दैछु

कल्ले भन्छ यौवन कालको फोटो च्यात्तियो

मर्त्यलोक नै स्वर्ग बन्ने अमृत खोज्दैछु ।

Loading

Leave a Reply

Your email address will not be published. Required fields are marked *