Free songs
Home / व्यक्ति विशेष / हेमन्त रावल

हेमन्त रावल

फेसबुकको दैलो उघार्नेबित्तिकै मेरो पहिलो नजर पर्ने व्यक्तित्व सम्भवतः उहाँ नै हुनुहुन्छ । उहाँका हरेक दिनका सकारात्मक चिन्तनका शुद्ध र नविन वाणीप्रवाहले स्नान गरेपछि मात्र अन्य चिन्तनहरु थालनी गर्ने संस्कार जस्तै बसिसकेको छ भने पनि भयो ।

आजभने ढिलागरी फेसबुक दैलो उघारेँ । सर्वाधिक असल र अनुकरणीय व्यक्तित्वको जन्मदिन आजै परेको सूचनासहित उहाँका दर्जनौँ फोटोहरु र सयौँ शुभकामनाहरु फेसबुक भित्ताभरि देखिए । आफू नै पो पछि परेछु भनेर थक्क थक्क लागिरह्यो ।

सोधिहालेँः श्रीमानको जन्मदिन आजै हो र हजुर ?

जवाफ जे चाहेको थिएँ त्यही आयोः आज होइन हजुर फागुन १२ गते मनाइसकियो ।

श्रीमानको जवाफ र फेसबुकको सूचनाले मलाई धेरै परसम्म तान्दै लग्यो । उहाँसँगको सहयात्राको क्रममा थुप्रै अनुभूतिहरुको शब्दचित्र कोरेको थिएँ । त्योमध्ये एउटा प्रसङ्गलाई पुनः राख्ने लहड चल्यो । (जुन तलको लिङ्कमा हेर्न सकिन्छ ।)

उहाँको जन्मदिन परेको विशेष दिन र जन्मदिन नपरेका हरेक दिनहरु सधैँ सफलतापूर्वक र सुखमय हुँदै बितून् । शुभकामना ।

 32 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top