गाली, डाँट र छेडछाड गतिला गर्दै गरौँला पछि
ताली तर्र बजाउँदै खुब रमेँ सीमा सुधारेपछि
नेपाली मनको अपूर्व जितको आरम्भ ठानी म त
फाली संशय साहसी कदमको आजै गरेँ स्वागत ।
छोडी थेग्न, दबाबमा कदम यो झट्टै बिसायौ भने
तातो जोश, उमङ्गको रगत यो स्वाट्टै चिस्यायौ भने
गर्छन् सन्ततिले विरोध बहुधा व्यर्थै रिसायौ भने
दिन्नन् माफ कदापि शुद्ध दुधमा पानी मिसायौ भने ।
२०७७।०२।०६ चाँगुनारायण
188 total views, 1 views today