Free songs
Home / कविता / सानो मान्छे

सानो मान्छे

लाग्न थाल्यो सानो छाति चेप्टिएको जस्तो

छोटो छोटो पातलो नाक नेप्टिएको जस्तो

डल्लोडल्लो गोरोगोरो रुपै कस्तो कस्तो

बाउआमाको अनुहारै खप्टिएको जस्तो ।

मुसुमुसु मुस्कुराउँछौ आँखा जुध्दा तिमी

ढुङ्गो खोज्दा देवता नै भेटिएको जस्तो ।

दुःख पीडा भुलाइदिन्छौ सँगै हुँदा तिमी

धारा खोज्दा पानीतिर्खा मेटिएको जस्तो ।

नबुझिने मीठो स्वरले के के भन्छौ कुन्नि

सारङ्गीमा मीठो धुन रेटिएको जस्तो ।

जे जे हुन्छ राम्रै होवस् छिट्टै बढ्दै जानू

झिक्न खोज्दा भागमै घीऊ घोप्टिएको जस्तो ।

 52 total views,  3 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top