Free songs
Home / श्रीमद्‍भागवतगीता सार / श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप अठारौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप अठारौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

 

अध्याय – अठार

उपसंहारः संन्यासको पूर्णता

 

अर्जुन उवाच

संन्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।

त्यागस्य च हृषीकेश पृथक्केशिनिषूदन ॥१॥

(अर्जुनले भने- हे महाबाहु, म सन्यासको तत्त्व जान्छु, हे हृषीकेश, हे केशिनिषूदन, म त्यागमय जीवनको उद्देश्यबारे पनि जान्न चाहन्छु ।)

 

श्रीभगवानुवाच

काम्यानां कर्मणां न्यासं संन्यासं कवयो विदुः ।

सर्वकर्मफलत्यागं प्राहुस्त्यागं विचक्षणाः ॥२॥

(भगवानले भन्नुभयो – विद्वानहरू सांसारिक इच्छामा आधारित क्रियाकलापको परित्यागलाई संन्यास भन्दछन् । बुद्धिमान जनहरू सम्पूर्ण कर्मको फलको त्यागलाई त्याग भन्दछन् ।)

 

त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषिणः ।

यज्ञदानतपः कर्म न त्याज्यमिति चापरे ॥३॥

(एकथरी विद्वानहरू सबै प्रकारका सकाम कर्मलाई दोष जस्तै ठानेर त्याग्नुपर्छ भनेर घोषणा गर्दछन् तर अर्काथरी सन्तहरू भन् यज्ञ, दा तथा तपस्या जस्ता कर्मलाई कहिल्यै पनि त्याग्नु हुँदैन भन्छन् ।)

 

निश्‍चयं श्रृणु मे तत्र त्यागे भरतसत्तम ।

त्यागो हि पुरुषव्याघ्र त्रिविधः सम्प्रकीर्तितः ॥४॥

(हे भरत श्रेष्ठ अर्जुन, अब त्यागका विषमा मेरो निर्णय सुन । हे पुरुषसिंह शास्त्रमा पनि तीन प्रकारका त्यागको वर्णन छ ।)

 

यज्ञदानतपः कर्म न त्याज्यं कार्यमेव तत् ।

यज्ञो दानं तपश्चैव पावनानि मनीषिणाम् ॥५॥

(यज्ञ, दान, तपस्या जस्ता कर्महरू त्याग्नुहुन्न, यी गर्नैपर्ने कार्य हुन् । यज्ञ, दान र तपस्याले त महात्माहरूलाई पनि शुद्ध गराउँछन् ।)

 

एतान्यपि तु कर्माणि सङ्गं त्यक्त्वा फलानि च ।

कर्तव्यानीति मे पार्थ निश्चितमं मतमुत्तमम् ॥६॥

(फलको कुनै आशा नराखीकन आसक्तिरहित भएर यी सबै कर्महरू गर्नुपर्छ । हे पृथापुत्र अर्जुन, यी कर्महरूलाई कर्तव्यकै विषय ठानेर सम्पन्न गर्नुपर्छ । यही नै मेरो अन्तिम विचार हो ।)

 

नियतस्य तु संन्यास कर्मणो नोपपद्यते ।

मोहात्तस्य परित्यागस्तामसः परिकीर्तितः ॥७॥

(निर्धारित गरिएका कर्तव्यकर्मको त्याग कहिले पनि गर्नुहुँदैन । यदि कसैले प्रमादवश आफ्नो कर्मको त्याग गर्दछ भने त्यस्तो त्यागलाई तामसी त्याग भनिन्छ ।)

 

दुःखमित्येव यत्कर्म कायक्लेशभयात्त्यजेत् ।

स कृत्वा राजसं त्यागं नैव त्यागफलं लभेत् ॥८॥

(जसले शारीरिक कष्टका डरले आफ्नो निर्धारित कर्मलाई दुःखमय ठानेर त्याग गर्छ, त्यस्तो त्यागलाई रजोगुणी त्याग भनिन्छ । त्यस्तो कर्मले मानिसलाई कहिल्यै त्यागको उचाइमा पुर्‍याउँदैन ।)

 

कार्यमित्येव यत् कर्म नियतं क्रियतेर्जुन ।

सङ्गं त्यक्त्वा फलै चैव स त्यागः सात्त्विको मतः ॥९॥

(हे अर्जुन, जसले गर्नुपर्ने कर्तव्य मात्र ठानेर आफ्ना निर्धारित कर्महरू गर्छ र सबै प्रकारका फलको आसक्ति तथा सांसारिक संगतिलाई त्यागिदिन्छ, त्यस्तो त्यागलाई सात्त्विक त्याग भनिन्छ ।)

 

न द्वेष्ट्यकुशलं कर्म कुशले नानुषज्जते ।

त्यागी सत्त्वसमाविष्टो मेधावी छिन्नसंशय ॥१०॥

(सतोगुणमा अवस्थित बुद्धिमान त्यागी व्यक्ति न अशुभ कर्मलाई घृणा गर्छ, न शुभ कर्मप्रति आसक्त हुन्छ । त्यस्तो व्यक्ति कर्मका विषयमा संशयरहित हुन्छ ।)

 

न हि देहभूता शक्यं त्युक्तुं कर्माण्यशेषतः ।

यस्तु कर्मफलत्यागी स त्यागीत्यभिधीयते ॥११॥

(अवश्य नै एउटा देहधारी व्यक्तिका लागि सम्पूर्ण कर्महरूको परित्याग गर्नु सम्भव छैन । अतः जसले कर्मका फलको परित्याग गर्छ, त्यही नै वास्तविक त्यागी हो ।)

 

अनिष्टमिष्टं मिश्रं च त्रिविधं कर्मणः फलम् ।

भवत्यत्यागिनां प्रेत्य न तु संन्यासिनां क्वचित् ॥१२॥

(अत्यागीहरूलाई मृत्युपछि इच्छित, अनिच्छित र मिश्रित गरी तीन प्रकारका कर्मफल भोग्नुपर्छ, तर संन्यासी वा त्यागीलाई भने सुख र दुःखका यस्ता प्रतिफलहरू भोग्नुपर्दैन ।)

 

पञ्चैतानि महाबाहो कारणानि निबोध मे ।

सांख्ये कृतान्ते प्रोक्तानि सिद्धये सर्वकर्मणाम् ॥१३॥

(हे महाबाहु अर्जुन, वेदान्तअनुसार सम्पूर्ण कर्महरूको परिपूर्तिका पाँचवटा कारणहरू छन् । अब मबाट तिनीहरूको जानकारी लेऊ ।)

                   

अधिष्ठानं तथा कर्ता करणं च पृथग्विधम् ।

विविधाश्‍च पृथक्चेष्टा दैवं चैवात्र पञ्चमम् ॥१४॥  

(कर्मस्थान शरीर, कर्ता, विभिन्न इन्द्रियहरू, धेरै प्रकारका चेष्टाहरू र अन्तमा परमात्मा, यिनीहरू नै कर्मका पाँचवटा कारकतत्त्व हुन् ।)

 

शरीरवाङ्‍मनोभिर्यत्कर्म प्रारभते नरः ।

न्याय्यं वा विपरीतं वा पञ्चैते तस्य हेतवः ॥१५॥

(मानिसले आफ्नो शरीर, मन र वचनले जेजति राम्रा, नराम्रा कामहरू गर्छ, ती सबै यी पाँच तत्त्वहरूको कारणले नै सम्भव हुन्छन् ।)

 

तत्रैवं सति कर्तारमात्मानं केवलं तु यः ।

पश्यत्यकृतवुद्धित्वान्न स पश्यति दुर्मतिः ॥१६॥

(यी पाँच कारणहरूलाई नमानेर जसले आफैलाई कर्ता ठान्दछ, त्यो व्यक्ति निश्‍चय नै बुद्धिमान होइन । त्यस्ता व्यक्तिले वस्तुलाई यथार्थ रूपमा देख्न सक्दैनन् ।)

 

यस्य नाहंकृतो भावो बुद्धिर्यस्य न लिप्यते ।

हत्वापि स इमाँल्लोकान्न हन्ति न निबध्यते ॥१७॥

(जो मिथ्या अहंकारबाट प्रेरित हुँदैन, जसको बुद्धि आसक्त छैन, त्यसले यो संसारमा मानिसलाई मारेर पनि नमारेको जस्तो हुन्छ र ऊ आफ्नो कर्मद्वारा पनि बाँधिदैन ।)

 

ज्ञानं ज्ञेयं परिज्ञाता त्रिविधा कर्मचोदना ।

कारणं कर्म कर्तेति त्रिविधः कर्मसंग्रहः ॥१८॥

(ज्ञान, ज्ञानका विषय र ज्ञाता यी तीन तत्त्वहरू कर्म गर्न प्रेरित गर्ने कारणहरू हुन् भने करण (इन्द्रियहरू), कर्म र कर्ता यी तीन तत्त्व कर्मका घटक तत्त्व हुन् ।)

 

ज्ञानं कर्म च कर्ता च त्रिधैव गुणभेदतः ।

प्रोच्यते गुणसंख्याने यथावच्छृणु तान्यपि ॥१९॥

(प्रकृतिका भिन्नभिन्न तीन गुणअनुरूप नै ज्ञान, कर्म र कर्ताका तीन तीन भेद भएका हुन्, अब मबाट तिनका विषयमा सुन ।)

 

सर्वभूतेषु येनैकं भावमव्ययमीक्षते ।

अविभक्तं विभक्तेषु तज्ज्ञानं विद्धि सात्त्विकम् ॥२०॥

(जुन ज्ञानद्वारा असङ्ख्य रूपमा विभाजित सम्पूर्ण जीवात्मामा एउटै अविभाजित आध्यात्मिक स्वभाव देखिन्छ, त्यस ज्ञानलाई सात्त्विक ज्ञान सम्झ ।)

 

पृथक्त्वेन तु यज्ज्ञानं नानाभावान्पृथग्विधान् ।

वेत्ति सर्वेषु भूतेषु तज्ज्ञानं विद्धि राजसम् ॥२१॥

(जुन ज्ञानद्वारा मानिसले हरेक भिन्न शरीरमा भिन्दाभिन्दै किसिमको जीवात्मा देख्दछ, त्यस्तो ज्ञानलाई तिमी राजसी ज्ञान भन्ने ठान ।)

 

यत्तु कृत्स्नवदेकस्मिन्कार्ये सक्तमहैतुकम् ।

अतत्त्वार्थवदल्पं च तत्तामसमुदाहृतम् ॥२२॥

(यदि मानिस सत्यको जानकारीविना एकै प्रकारको अति तुच्छ कार्यलाई नै सबै कुरा मानेर त्यसैमा आसक्त हुन्छ भने त्यस्तो ज्ञान तामसी हो ।)

 

नियतं सङ्गरहितमरागद्वेषतः कृतम् ।

अफलप्रेप्सुना कर्म यत्ततसात्त्विकमुच्यते ॥२३॥

(फलको इच्छा नराखीकन राग, द्वेष र आसक्तिरहित भएर नियमित रूपले गरिने कर्मलाई सात्त्विक कर्म भन्दछन् ।)

 

यत्तु कामेप्सुना कर्म साहंकारेण वा पुनः ।

क्रियते बहुलायासं तद् राजसमुदाहृतम् ॥२४॥

(तर आफ्नै इच्छापूर्तिका लागि अहंकारको भाव राखेर कठिन परिश्रमपूर्वक गरिएको कर्मलाई रजोगुणी अर्थात राजसी कर्म भनिन्छ ।)

 

अनुबन्धं क्षयं हिंसामनपेक्ष्य च पौरुषम् ।

मोहादारभ्यते कर्म यत्तत्तामसमुच्यते ॥२५॥

(शास्त्रका आदेशहरूसँग असम्बन्धित भई, भावी बन्धनको परवाह नगरी हिंसा वा अर्कालाई दुःख दिनका लागि मोहवश गरिने कर्म तामसी हो ।)

 

मुक्तसङ्गोनहंवादी धृत्युत्साहसमन्वितः ।

सिद्ध्यासद्ध्योर्निविकारः कर्ता सात्त्विक उच्यते ॥२६॥

(जो व्यक्ति प्रकृतिका गुणहरूको सम्पर्कबाट मुक्त भएर, निरहंकारी बनेर तथा धैर्यशील र अत्यन्त उत्साही बनेर सफलता र असफलतामा विचलित नभएर कर्म गर्दछ, त्यसलाई सतोगुणी कर्ता भनिन्छ ।)

 

रागी कर्मफलप्रेप्सुर्लुब्धो हिंसात्मकोशुचिः ।

हर्षशोकान्वितः कर्ता राजसः परिकीर्तितः ॥२७॥

(कर्म र कर्मफलप्रति आसक्त हुँदै फल भोग्न चाहने लोभी, सदैव ईर्ष्यालु, अपवित्र र सुख र दुःखमा विचलित हुने कर्तालाई राजसी भन्दछन् ।)

 

अयुक्तः प्राकृतः स्तब्धः शठो नैष्कृतिकोलसः ।

विषादि दीर्घसूत्री च कर्ता तामस उच्यते ॥२८॥

(सधैँ शास्त्रनियम विरूद्ध काम गर्न तत्पर, भौतिकवादी, एकोहोरे जिद्दी, ठग र अर्काको अपमान गर्न सिपालु, सधैँ खिन्न भइरहने, सुस्ती तथा अल्छी कर्तालाई तमोगुणी भनिन्छ ।)

 

बुद्धेर्भेदं धृतेश्चैव गुणतस्त्रिविधं श्रृणु ।

प्रोच्यमानमशेषेण पृथक्त्वेन धनंजय ॥२९॥

(हे धननञ्‍जय, भौतिक प्रकृतिका तीन गुणअनुसार हुने विभिन्न प्रकारका ज्ञान र धृतिका विषयमा अब म तिमीलाई विस्तारपूर्वक सुनाउँछु )

 

प्रवृत्तिं च निवृत्तिं च कार्याकार्ये भयाभये ।

बन्धं मोक्षं च या वेत्ति बुद्धिः सा पार्थ सात्त्विकी ॥३०॥

(हे पार्थ, जुन बुद्धिद्वारा मानिसले के गर्नुपर्छ र के गर्नुहुँदैन, केसँग डराउनुपर्छ र केसँग डराउनुहुँदैन, के कुराले बन्धनमा पार्छ र कनु कुराले मुक्ति दिलाउँछ भन्ने जान्दछ, त्यसलाई सात्त्विक बुद्धि भन्दछन् ।)

 

यया धर्ममधर्मं च कार्य चाकार्यमेव च ।

अयथावत्प्रजानाति बुद्धिः सा पार्थ राजसी ॥३१॥

(हे पार्थ, धर्म र अधर्म छुट्याउन नसक्ने तथा गर्नुपर्ने कार्य र गर्न नहुने कार्य छुट्याउन नसक्ने बुद्धि राजसी हो ।)

 

अधर्म धर्ममिति या मन्यते तमसावृता ।

सर्वार्थान् विपरीतांश्‍च बुद्धिः सा पार्थ तामसी ॥३२॥

(अज्ञानको अन्धकार र भ्रमका अधीनमा परेर धर्मलाई अधर्म र अधर्मलाई धर्म मान्ने तथा सधैँ गलत दिशातिर जान प्रयत्‍न गर्ने बुद्धिलाई तामसी बुद्धि भन्दछन् ।)

 

धृत्या यया धारयते मनः प्राणेन्द्रियक्रियाः ।

योगेनाव्यभिचारिण्या धृतिः सा पार्थ सात्त्विकी ॥३३॥

(हे पार्थ, त्यो सङ्कल्पलाई सात्त्विक भन्दछन् जो अखण्ड्य हुन्छ, जसलाई योगाभ्यासद्वारा अचल भएर धारण गरिन्छ र जसले मन, प्राण र इन्द्रियहरूका क्रियाकलापलाई नियन्त्रण गर्दछ ।)

 

यया तु धर्मकामर्थान् धृत्या धारयतेर्जुन ।

प्रसङ्गेन फलाकाङ्क्षी धृतिः सा पार्थ राजसी ॥३४॥

(तर हे अर्जुन, जुन धारणाले गर्दा मानिस धर्म, अर्थ र कामका प्रतिफलमा लिप्त रहन्छ, त्यो धारणा राजसी हो ।)

 

यया स्वप्नं भयं शोकं विषादं मदमेव च ।

न विमुञ्चचति दुर्मेधा धृतिः सा पार्थ तामसी ॥३५॥

(हे पार्थ, जुन सङ्कल्प स्वप्न, डर, शोक, विषाद र मोहभन्दा माथि उठ्न सक्दैन त्यस्तो बुद्धिविहिन सङ्कल्प तामसी वा तमोगुणी हो ।)

 

सुखं त्विदानीं त्रिविधं श्रृणु मे भरतर्षभ ।

अभ्यासाद्रमते यत्र दुःखान्त च निगच्छति ॥३६॥

(हे भरतश्रेष्ठ, अ मबाट ती प्रकारका सुखका बारेमा सुन, बद्ध जीव अभ्यासद्वारा प्रथमतः ती सुखहरूमा रमाउँछ र कहिलेकाँही तिनैद्वारा ऊ सबै प्रकारका दुःखको अन्त्यसम्म पनि पुग्छ ।)

 

यत्तदग्रे विषमिव परिणामेमृतोपमम् ।

तत्सुखं सात्त्विकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ॥३७॥

(जो सुरुमा विष जस्तो लागे पनि अन्तमा अमृत समान हुन्छ र मानिसलाई आत्मसाक्षात्कारका लागि जगाउँछ त्यस्तो सुखलाई सात्त्विक सुख भनिन्छ ।)

 

विषयेन्द्रियसंयोगाद्यत्तदग्रेमृतोपमम् ।

परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ॥३८॥

(विषियसँग इन्द्रियहरूको सम्पर्क हुँदा इन्द्रियहरूबाट जुन सुख प्राप्त हुन्छ र जुन सुख सुरुमा अमृत जस्तो भए पनि अन्तमा विषजस्तो दुःखदायी हुन्छ, त्यो रजोगुणी सुख हो ।)

 

यदग्रे चानुबन्धे च सुखं मोहनआत्मनः ।

निद्रालस्यप्रमादोत्थं तत्तामसमुदाहृतम् ॥३९॥

(जुन सुख आत्मसाक्षात्कारप्रति अन्धो छ, जो सुरुदेखि अन्तसम्म मोहकारक छ र जो निद्रा, आलस्य र मोहबाट पैदा हुन्छ त्यो तामसी सुख हो ।)

 

न तदस्ति पृथिव्यां वा दिवि देवेषु वा पुनः ।

सत्त्वं प्रकृतिर्जैमुक्तं यदेभिः स्यात्त्रिभिर्गुणैः ॥४०॥

(यहाँ यो लोकमा होस् वा स्वर्गमा देवताहरूका बीचमा होस्, प्रकृतिका तीन गुणहरूबाट पूर्णतया मुक्त भएको व्यक्ति कोही पनि छैन ।)

 

ब्राह्मणक्षेत्रियविशां शूद्राणां च परन्तप ।

कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणैः॥४१॥

(ब्राह्मण, क्षेत्रिय, वैश्य र शूद्रहरू प्रकृतिका गुणअनुसार र तिनका आफ्नै स्वभावबाट उत्पन्न गुणहरूद्वारा विभाजित छन् ।)

 

शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।

ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ॥४२॥

(शान्तिमयता, आत्मसंयम, तपस्या, सहनशीलता, इमानदारिता, ज्ञान, विज्ञान र धार्मिकता यी ब्राह्मणका स्वाभाविक गुण हुन्, जसद्वारा उनीहरू काम गर्छन् ।)

 

शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।

दानमीश्‍वरभावश्‍च क्षात्रं कर्म स्वभावजम् ॥४३॥

(वीरता, शक्ति, सङ्कल्प, उद्यमशीलता, युद्धमा उत्साह, उदारता र नेतृत्व यी क्षेत्रीय कर्मका स्वाभाविक गुण हुन् ।)

 

कृषिगोरक्ष्यवाणिज्यं वैश्यकर्म स्वभावजम् ।

परिचर्यात्मकं कर्म शूद्रस्यापि स्वभावजम् ॥४४॥

(कृषि, गाईपालन, व्यापार, यी वैश्यहरूका स्वाभाविक कर्म हुन् भने शारीरिक परिश्रम र अरुको सेवा शूद्रका स्वाभाविक कर्म हुन् ।)

 

स्वे स्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः ।

स्वकर्मनिरतः सिद्धिं यथा विन्दति तच्छृणु ॥४५॥

(आआफ्ना कर्मका गुणहरूको अनुसरण गर्दै गएमा हरेक व्यक्तिले सिद्धि प्राप्त गर्दछ । ती कर्महरू कसरी गरिन्छन् भन्ने कुरा अब तिमीले मबाट सुन ।)

 

यतः प्रवृत्तिरभूतानां येन सर्वमिदं ततम् ।

स्वकर्मणा तमभ्यर्च्य सिद्धिं विन्दति मानवः ॥४६॥

(आफ्नो स्वभावअनुसारको कर्मद्वारा सम्पूर्ण प्राणीहरूका उद्‍गमस्रोत तथा सर्वव्यापक भगवानको अर्चना गरेर मानिसले सिद्धि पाउँछ ।)

 

श्रेयान् स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।

स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषं ॥४७॥

(राम्रोसँग सम्पन्न गरिएको, अर्काको कर्म वा व्यवसायलाई अपनाउनुभन्दा त्रुटिपूर्ण ढंगले गरिएको भए पनि आफ्नै कर्ममा लाग्नु राम्रो हुन्छ ।आफ्नो स्वभावअनुसार निर्देशित कर्म कहिल्यै पनि पापबाट प्रभावित हुँदैन ।)

 

सहजं कर्म कौन्तेय सदोषमपि न त्यजेत् ।

सर्वारम्भा हि दोषेण धूमेनाग्निनरिवावृताः ॥४८॥

(हे कुन्तीपुत्र, दोषपूर्ण नै भए पनि आफ्नो स्वभावका साथमा उत्पन्न भएको कर्म परित्याग गर्नुहुँदैन, किनभने जुनसुकै उद्यम पनि धुँवाले आगो ढाकिए झैँ दोषले ढाकिएका हुन्छन् ।)

 

असक्तबुद्धिः सर्वत्र जितात्मा विगतस्पृहः ।

नैष्कर्म्यसिद्धिं परमां संन्यासेनाधिगच्छति ॥४९॥

(कुनै पनि किसिमको भौतिक भोगको पर्वाह नगर्ने आत्मसंयमी तथा अनासक्त व्यक्तिले संन्यासको अभ्यासद्वारा कर्मफलबाट मुक्तिको सर्वोच्च अवस्था प्राप्त गर्दछ ।)

 

सिद्धिं प्राप्तो यथा ब्रह्म तथाप्नोति निबोध मे ।

समासेनैव कौन्तेय निष्ठा ज्ञानस्य या परा ॥५०॥

(हे कुन्तीपुत्र, यसरी कर्म गरेर यस्तो सिद्धि पाएको व्यक्तिले कसरी परमसिद्धि अवस्था, ब्रह्मलाई अर्थात ज्ञानको सर्वोच्च स्तरलाई प्राप्त गर्न सक्छ, यो म संक्षेपमा भन्छु, तिमीले बुझ ।)

 

बुद्ध्या विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च ।

शब्दादीन् विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ॥५१॥

विविक्तसेवी लघ्वाशी यतवाक्कायमानसः ।

ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रितः ॥५२॥

अहंकारं बलं दर्प कामं क्रोधं परिग्रहम् ।

विमुच्य निर्ममः शान्तो ब्रह्मभूयाय कल्पते ॥५३॥

(आफ्नै बुद्धिद्वारा निर्मल भएर धैर्यपूर्वक मनलाई नियन्त्रण गर्दै इन्द्रियतृप्तिका सबै विषयहरूलाई त्यागेर, राग र द्वेषबाट मुक्त भएर जो एकान्त स्थलमा निवास गर्दछ, जो अल्प आहार गर्दछ, शरीर, मन र वाणीशक्तिलाई जसले नियन्त्रण गर्दछ, जो सधैँ समाधिमा रहन्छ, जो विरक्त छ, अहङ्कार, बल, घमण्ड, काम, क्रोध, भौतिक वस्तुको संग्रह र मिथ्या स्वामित्वभावबाट जो मुक्त छ, अनि जो शान्त छ त्यस्तो व्यक्ति निश्‍चय नै आत्मासाक्षात्कारको स्थितिमा आरुढ हुन्छ ।)

 

ब्रह्मभूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति ।

समः सर्वेषु भूतेषु मद्भक्तिं लभते पराम् ॥५४॥

(यसरी दिव्य स्थितिमा अवस्थित व्यक्तिले तुरुन्तै परमब्रह्मको अनुभूति गर्दछ र पूर्णतया आनन्दित हुन्छ, उसले कहिल्यै शोक पनि गर्दैन र कुनै वस्तको चाहना पनि गर्दैन । उसले हरेक जीवात्माप्रति समभाव राख्दछ, त्यस अवस्थामा उसले मेरो शुद्ध भक्ति प्राप्त गर्छ ।)

 

भक्त्या मामभिजानाति यावान् यश्चास्मि तत्त्वतः ।

ततो मां तत्त्वतो ज्ञात्वा विशते तदनन्तरम् ॥५५॥

(केवल भक्तिद्वारा मात्रै मानिसले मलाई यथार्थ रूपमा बुझ्न सक्दछन् । यस प्रकारको भक्तिद्वारा पूर्ण रूपले मेरै भावनामा भावित भएको व्यक्ति भगवद्‍धाममा प्रवेश गर्न सक्छ ।)

 

सर्वकर्मण्यपि सदा कुर्वाणो मद्‍व्यपाश्रयः ।

मत्प्रसादादवाप्नोति शाश्‍वतं पदमव्ययम् ॥५६॥

(मेरा शुद्ध भक्तहरू मेरो संरक्षणमा रहेर सबै प्रकारका कार्यहरू गर्दै मेरा कृपाले नित्य तथा अविनाशी धाममा पुग्छन् ।)

 

चेतसा सर्वकर्माणि मयि संन्यस्य मत्परः ।

बुद्धियोगमुपाश्रित्य मच्चित्तः सततं भव ॥५७॥

(समस्त कार्यका लागि मैमा निर्भर होऊ । सधैँ मेरै संरक्षणमा कर्म गर । यस प्रकारको भक्तिमा रहेर मप्रति पूर्णतया सचेत होऊ ।)

 

मच्चित्तः सर्वदुर्गाणि मत्प्रसादात्तरिष्यसि ।

अथ चेत्त्वमहंकारान्न श्रोष्यसि विनङ्क्ष्यसि ॥५८॥

(यदि तिमी मेरो चेतनामा आउँछौ भने मेरा कृपाले बद्ध जीवनका सम्पूर्ण बिघ्न बाधाहरूलाई पार गर्नेछौ । यदि अहंकारवश् यस्तो चेतनामा रहेर काम गर्दैनौ र मेरा बारेमा सुन्दैनौ भने तिमी नष्ट हुनेछौ ।)

 

यदहंकारमाश्रित्य न योत्स्य इति मन्यसे ।

मिथ्यैष व्यवसायस्ते प्रकृतिस्त्वां नियोक्ष्यति ॥५९॥

(यदि तिमी मेरो निर्देशनअनुसार काम गर्दैनौ र युद्ध गर्दैनौ भने तिमी गलत दिशातिर निर्देशित हुनेछौ । तिम्रो स्वभावले तिमीलाई युद्धमा नै लगाउनेछ ।)

 

स्वभावजेन कौन्तेय निबद्धः स्वेन कर्मणा ।

कर्तुं नेच्छसि यन्मोहात्करिष्यस्यवशोपि तत् ॥६०॥

(हे कौन्तेय, अहिले तिमी मोहमा परेर मेरो निर्देशनअनुसार जुन काम गर्न मानिरहेका छैनौ, त्यही काम तिम्रो आफ्नै स्वभावबाट उत्पन्न कर्मका वश्‍मा परेर गर्न बाध्य हुनेछौ ।)

 

ईश्‍वरः सर्वभूतानां हृद्देश्यर्जुन तिष्ठति ।

भ्रामयन्सर्वभूतानि यन्त्रारुढानि मायया ॥६१॥

(हे अर्जुन, परमेश्‍वर हरेकका हृदयमा विराजमान छ र भौतिक शक्तिबाट बनेको मेशिनजस्तो शरीरमा सवार भएका समस्त जीवात्मालाई आफ्नो मायाद्वारा घुमाइरहेछ ।)

 

तमेव शरणं गच्छ सर्वभावेन भारत ।

तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्‍वतम् ॥६२॥

(हे भारत, तिमी पूर्ण रूपले उनैका शरणमा जाऊ, उनकै कृपाद्वारा तिमीले दिव्य शान्ति र परमशाश्‍वत धाम प्राप्त गर्नेछौ ।)

 

इति ते ज्ञानमाख्यातं गुह्याद्‍गुह्यतरं मया ।

विमृश्यैतदशेषेण यथेच्छसि तथा कुरु ॥६३॥

(यसप्रकार मैले तिमीलाई गोपनीयभन्दा पनि गोपनीय ज्ञान बताइदिएँ । यसमाथि पूर्णतया चिन्तनमनन गर र त्यसपछि जे इच्छा हुन्छ त्यही गर ।)

 

सर्वगुह्यतमं भूयः श्रृणु मे परमं वचः ।

इष्टोसि मे दृढमिति ततो वक्ष्यामि ते हितम् ॥६४॥

(तिमी मेरा अत्यन्त प्रिय मित्र भएको हुनाले तिम्रै हितका लागि म तिमीलाई सबैभन्दा गोपनीय ज्ञान वा परमउपदेश दिँदैछु, त्यो सुन ।)

मन्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु ।

मामेवैष्यसि सत्यं ते प्रतिजाने प्रियोसि मे ॥६५॥

(सधैँभरि मेरै चिन्तन गर, मेरै भक्त बन, मेरै पूजा गर, मैलाई नमस्कार गर । यस्तो गर्नाले तिमी मैसँग आउने छौ । तिमी मेरा अत्यन्त प्रिय मित्र भएकाले तिमीलाई यो वचन दिन्छु ।)

 

सर्वधर्मान् परित्यज्य मामेकं शरणं ब्रज ।

अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः ॥६६॥

(सबै प्रकारका धर्महरूलाई त्यागेर मेरा शरणमा पर । म तिमीलाई सम्पूर्ण पापकर्महरूबाट उद्धार गर्छु, नडराऊ ।)

इदं ते नातपस्काय नाभक्ताय कदाचन ।

न चाशुश्रुषवे वाच्यं न च मां योभ्यसूयति ॥६७॥

(असंयमीलाई, अभक्तलाई, भक्तिमा संलग्न नभएकालाई र मेरो द्वेष गर्नेलाई यो गोपनीय ज्ञान कहिल्यै नबताउनू ।)

 

य इदं परमं गुह्यं मद्‍भक्तेष्वभिधास्यति ।

भक्तिं मयि परां कृत्वा मामेवैष्यत्यसंशय ॥६८॥

(जसले भक्तहरूलाई यो परमरहस्य बताउँछ, त्यसले शुद्ध भक्ति प्राप्त गर्छ र अन्त्यमा मेरै धाममा फर्किन्छ ।)

 

न च तस्मान्मनुष्येषु कश्चिन्मे प्रियकृत्तमः ।

भविता न च मे तस्मादन्यः प्रियतरो भुवि ॥६९॥

(यो संसारमा मेरो लागि उभन्दा प्रिय अर्को सेवक छैन, र पछि पनि कहिल्यै उभन्दा प्रिय अर्को हुनेछैन ।)

 

अध्येष्यते च य इमं धर्म्यं संवादमावयोः ।

ज्ञानयज्ञेन तेनाहमिष्टः स्यामिति मे मतिः ॥७०॥

(र म के घोषणा गर्छु भने जसले हामी दुईबीचको यो पवित्र वार्तालापको अध्ययन गर्छ, त्यसले आफ्नो बुद्धिद्वारा वा ज्ञानयज्ञद्वारा मेरो पूजा गर्दछ ।)

 

श्रद्धावाननसूयश्‍च श्रृणुयादपि यो नरः ।

सोपि मुक्तः शभाँल्लोकान्प्राप्नुयात्पुण्यकर्मणाम् ॥७१॥

(यसलाई जसले श्रद्धायुक्त र ईर्ष्यारहित भए सुन्दछ त्यो व्यक्ति सम्पूर्ण पापकर्महरूबाट मुक्त हुन्छ र पुण्यात्माहरू निवास गर्ने पवित्र लोकमा पुग्दछ ।)

 

कच्चिदेतच्छ्रुतं पार्थ त्वयैकाग्रेण चेतसा ।

कच्चिदज्ञानसंमोहः प्रणष्टस्ते धनंजय ॥७२॥

(हे पार्थ, हे धनञ्‍जय, तिमीले एकाग्र चित्तले यो ज्ञान सुन्यौ ? के अब तिम्रो अज्ञान र मोह नाश भयो ?)

 

अर्जुन उवाच

नष्टो मोहः स्मृतिर्लब्धा त्वत्प्रसादान्मयाच्युत ।

स्थितोस्मि गतसन्देहः करिष्ये वचनं तव ॥७३॥

(अर्जुनले भने – हे कृष्ण, हे अच्युत, मेरो मोह नष्ट भयो, हजुरका कृपाले मैले फेरि मेरो स्मृति प्राप्त गरेँ । म अहिले दृढ छु, संशयरहित भएको छु र हजुरको आदेशानुसार काम गर्न तयार छु ।)

 

सञ्‍जय उवाच

इत्यहं वासुदेवस्य पार्थस्य च महात्मनः ।

संवादमिममश्रौषमद्‍भुतं रोमहर्षणम् ॥७४॥

(सञ्‍जयले भने – यस प्रकार मैले कृष्ण र अर्जुन यी दुई महापुरुषहरूको वार्तालाप सुनेँ र त्यो अत्यन्त अद्भुत सन्देशले मेरो शरीर रोमाञ्चित भइरहेछ ।)

 

व्यासप्रसादाच्छ्रुतवानेतद्गुह्यमहं परम् ।

योगं योगेश्‍वरात्कृष्णात्साक्षात्कथयतः स्वयम् ॥७५॥

(व्यासदेवका कृपाले मैले यी अत्यन्त गोपनीय वार्ताहरू योगेश्‍वर कृष्णबाट प्रत्यक्ष सुनेँ । कृष्ण आफै अर्जुनसँग बोल्दै हुनुहुन्थ्यो ।)

 

राजन् संस्मृत्य संस्मृत्य संवादमिममद्‍भुतम् ।

केशवार्जुनयोः पुण्यं हृष्यामि च मुहुर्मुहुः ॥७६॥

(हे राजन्, जब म बारम्बार कृष्ण र अर्जुनका बीच भएको यो अद्भुत तथा पवित्र वार्तालापलाई सम्झन्छु, प्रतिक्षण गद्‍गद् हुँदै हर्षविभोर हुन्छु ।)

 

तच्च संस्मृत्य संस्मृत्य रूपमत्यद्‍भुतं हरेः ।

विस्मयो मे महान् राजन् हृष्यामि च पुनःपुनः ॥७७॥

(हे राजन्, भगवान कृष्णको अद्‍भुत रूप सम्झेर म झन् झन् आश्‍चर्य चकित हुन्छु र बारम्बार हर्षित हुन्छु ।)

 

यत्र योगेश्‍वरः कृष्णो यत्र पार्थो धनुर्धरः ।

तत्र श्रीर्विजयो भूतिर्धुवा नीतिर्मतिर्मम ॥७८॥

(जहाँ योगेश्‍वर कृष्ण हुनुहुन्छ र जहाँ परमधनुर्धारी अर्जुन् छन्, निश्‍चय नै त्यहाँ ऐश्‍वर्य, विजय, अलौकिक शक्ति  नैतिकता रहन्छन् भन्ने मेरो अटल बिचार छ ।)

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत उपसंहारः संन्यासको पूर्णता शीर्षक अठारौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

 

लेखक परिचय

कृष्णकृपाश्रीमूर्ति श्रीमद् ए. सी. भक्तिवेदान्त स्वामी प्रभुपादको जन्म १८९६ ई. मा भारतको कोलकाता नगरमा भएको थियो । आफ्ना गुरुमहारज श्रील भक्तिसिद्धान्त सरस्वतीसँग १९२२ ई.मा कलकत्तामा उहाँको पहिलो भेटभएको थियो । श्रील भक्तिसिद्धान्त सरस्वती त्यस समयका सुप्रसिद्ध धर्म-तत्त्व-वेत्ता अनुपम् प्रचारक, विद्वान र भक्त आचार्य हुनुहुन्थ्यो । उहाँले चौसठ्ठीवटा गौडीय मठहरूको स्थापना गर्नुभएको छ ।

 

गुरु परम्परा

भगवद्‍गीता यथारूप निम्नानुसारको गुरु परम्पराबाट प्राप्त भएको छः

  • भगवान श्रीकृष्ण
  • ब्रह्माजी
  • नारदजी
  • व्यास
  • मध्वाचार्य
  • पद्मनाभ
  • नृहरि
  • माधव
  • अक्षोभ्य
  • जयतीर्थ
  • ज्ञानसिन्धु
  • दयानिधि
  • विद्यानिधि
  • राजेन्द्र
  • जयधर्म
  • पुरुषोत्तम
  • ब्रह्मण्यतीर्थ
  • व्यासतीर्थ
  • लक्ष्मीपति
  • माधवेन्द्र पुरी
  • ईश्‍वर पुरी (नित्यानन्द र अद्वेताचार्य)
  • श्रीचैतन्य महाप्रभु
  • श्रीरूप गोस्वामी र सनातन गोस्वामी
  • रघुनाथ, जीव गोस्वामी
  • कृष्णदास कविराज
  • नरोत्तमदास
  • विश्‍वनाथ चक्रवर्ती
  • (बलदेव) जगन्नाथ
  • भक्तिविनोद ठाकुर
  • गौर किशोर
  • भक्ति सिद्धान्त सरस्वती
  • ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

 

सन्दर्भ ग्रन्थसूची

 

श्रीमद्‍भगवद्‍गीता सम्पूर्ण वैदिक वाङ्‍मयको सारसंक्षेप हो, त्यसैले यसका मूल श्‍लोकहरूको तात्पर्य पनि वैदिक साहित्यद्वारा परिपुष्ट छ । विशेषतः यसमा दिइएका उद्धरणहरू निम्नलिखित ग्रन्थहरूबाट उद्‍घृत गरिएका छन् ।

    1. अथर्ववेद                           23. अमृतविन्दु उपनिषद्
    2. ईशोपनिषद्                       24. उपदेशामृत
    3. ऋग्वेद                               25. कठोपनिषद्
    4. कूर्मपुराण                          26. कौषीतकी उपनिषद्
    5. गर्ग उपनिषद्                    27. गीता महात्म्य
    6. गोपाल-तापनी उपनिषद्   28. चैतन्य-चरितामृत
    7. छान्दोग्य उपनिषद्            29. तैत्तिरीय उपनिषद्
    8. नारायण उपनिषद्            30. नारद पञ्चरात्र
    9. नारायणीय                       31. निरुक्ति (कोश)
    10. नृसिंहपुराण                     32. पद्मपुराण
    11. पराशर स्मृति                   33. पुरुषबोधिनी उपनिषद्
    12. प्रश्न उपनिषद्                  34. बृहदारण्यक उपनिषद्
    13. बृहद् विष्णुस्मृति              35. बृहन्नारदीय पुराण
    14. ब्रह्म-संहिता                    36.  ब्रह्म-सूत्र
    15. भक्ति रसामृत                 37. महा उपनिषद्
    16. माध्यन्दिनायन श्रुति         38. मुण्डक उपनिषद्
    17. मोक्ष धर्म                         39. योग-सूत्र
    18. वराहपुराण                     40.  विष्णुपुराण
    19. वेदान्त-सूत्र                      41. श्रीमद्‍भागवत्
    20. श्वेताश्‍वतर उपनिषद्       42. सात्त्वत् तन्त्र
    21. सुबल उपनिषद्               43. स्तोत्ररन्त
    22. हरिभक्तिविलास

 1,603 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top