Free songs
Home / श्रीमद्‍भागवतगीता सार / श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप सत्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप सत्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – सत्र

श्रद्धाका प्रकार

 

अर्जुन उवाच

ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विताः ।

तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तमः ॥१॥

(अर्जुनले भने – हे कृष्ण, शास्त्रका नियमहरूको पालन नगरी आफ्नै कल्पनाअनुसार पूजा गर्नेहरूको स्थिति सत्त्वगुणी, रजोगुणी वा तमोगुणी के हुन्छ ?)

 

श्रीभगवानुवाच

त्रिविधा भवति श्रद्धा देहिनां सा स्वभावजा ।

सात्त्विकी राजसी चैव तामसी चेति तां श्रृणु ॥२॥

(भगवानले भन्नुभयो – देहधारी जीवले आर्जन गरेको गुणअनुसार उसको श्रद्धा पनि सत्त्वगुणी, रजोगुणी, र तमोगुणी गरी तीन प्रकारको हुन्छ । अब यसबारे मबाट सुन ।

 

सत्त्वानुरूपा सर्वस्य श्रद्धा भवति भारत ।

श्रद्धामयोयं पुरुषो यो यच्छृद्धः स एव सः ॥३॥

(हे भरतपुत्र, विभिन्न गुण अन्तर्गत आ-आफ्नो अस्तित्वअनुसार मानिसले एउटा विशेष प्रकारको श्रद्धा हुर्काएको हुन्छ । त्यो विशेष श्रद्धा पनि उसले आर्जन गरेका गुणअनुसारकै हुन्छ ।)

 

यजन्ते सात्त्विका देवान्यक्षरक्षांसि राजसाः ।

प्रेतान्भूतगणांश्चान्ये यजन्ते तामसा जनाः ॥४॥

(सत्त्वगुणी व्यक्तिहरू देवताको पूजा गर्दछन्, रजोगुणीहरू राक्षस र यक्षको पूजा गर्दछन्, अनि तमोगुणीहरू भूतप्रेतहरूको पूजा गर्दछन् ।)

 

अशास्त्रविहितं घोरं तप्यन्ते ये तपो जनाः ।

दम्भाहंकारसंयुक्ताः कामरागबलान्विताः ॥५॥

कर्शयन्तः शरीरस्थं भूतग्राममचेतसः ।

मां चैवान्तः शरीरस्थं तान्विद्ध्यासुरनिश्‍चयान् ॥६॥

(जो दम्भ र अहंकारले अभिभूत भएर शास्त्रविरूद्ध कठोर व्रत एवं तपस्या गर्छन्, जो काम र आसक्तिद्वारा प्रेरित छन्, र जो भौतिक शरीर तथा शरीरभित्र रहने परमात्मालाई कष्ट दिन्छन्, त्यस्ता मूर्खहरू असुर कहलाउँछन् ।)

 

आहारस्त्वपि सर्वस्य त्रिविधो भवति प्रियः ।

यज्ञस्तपस्तथा दानं तेषां भेदामिमं श्रृणु ॥७॥

(प्रत्येक व्यक्तिलाई चाहिने भोजन पनि प्रकृतिकै गुणअनुसार तीन प्रकारका हुन्छन्, यही कुरा यज्ञ, तपस्या, र दानमा पनि लागू हुन्छ । अब तिनका बीचमा हुने भेदका विषयमा सुन)

 

आयुः सत्त्वबलारोग्यसुखप्रीतिविवर्धनाः ।

रस्याः स्निग्धाः स्थिरा हृद्या आहाराः सात्त्विकप्रियाः ॥८॥

(जुन भोजनले आयु बढाउँछ, जीवनलाई शुद्ध पार्छ, बल, स्वास्थ्य, सुख तथा तृप्ति प्रदान गर्छ, त्यस्तो भोजन सतोगुणी व्यक्तिलाई मन पर्छ । यस प्रकारको भोजन रसमय हुन्छ, स्निग्ध हुन्छ, हितकारी र स्वास्थ्यप्रद हुन्छ, र हृदयलाई आनन्द दिने खालको हुन्छ ।)

 

कट्वम्ललवणात्युष्णतीक्ष्णरुक्षविदाहिनः ।

आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः ॥९॥

(अत्यधिक तीतो, अमीलो, नुनीलो, तातो, पीरो, सुख्खा तथा जलन उत्पन्न गराउने भोजन रजोगुणी व्यक्तिलाई मन पर्छ । यस्तो भोजनले दुःख, शोक तथा रोग उत्पन्न गराउँछ ।)

 

यातयामं गतरसं पूति पर्युषितं च यत् ।

उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ॥१०॥

(खानुभन्दा तीन घण्टा अघि पकाइएको, स्वाद हराएको, बिग्रिएको, सडेको र जुठो तथा अस्पृश्य खानेकुरा तमोगुणी मानिसलाई पृय लाग्दछ।)

 

अफलाकाङ्‍क्षिभिर्यज्ञो विधिदिष्टो य इज्यते ।

यष्टव्यमेवेति मनः समाधाय स सात्त्विकः ॥११॥

(फलको इच्छा नराखी केवल कर्तव्य सम्झेर शास्त्रका निर्देशनअनुसार गरिने यज्ञ नै सात्विक यज्ञ हो ।)

 

अभिसन्धाय तु फलं दम्भार्थमपि चैव यत् ।

इज्यते भरतश्रेष्ठ तं यज्ञं विद्धि राजसम् ॥१२॥

(हे भरतश्रेष्ठ, अहंकार तृप्तिका लागि कुनै भौतिक लाभको इच्छा राखेर गरिने यज्ञ राजसी यज्ञ हो ।)

 

विधिहीनमसृष्टान्नं मन्त्रहीनमदक्षिणम् ।

श्रद्धाविरहितं यज्ञं तामसं पिरचक्षते ॥१३॥

(शास्त्रीय निर्देशनको पर्वाह नगरी, प्रसाद वितरण नगरी, वैदिक मन्त्रहरूको उच्चारण नगरी र पुरोहितलाई दक्षिणा नदिई श्रद्धारहित ढङ्गले गरिने यज्ञलाई तामसी यज्ञ भनिन्छ ।)

 

देवद्विजगुरुप्राज्ञपूजनं शौचमार्जवम् ।

ब्रह्मचर्यमहिंसा च शारीरं तप उच्यते ॥१४॥

(परमेश्वर, ब्राह्मण, गुरु, मातापिता आदि पूजनीय व्यक्तिहरूको पूजा गर्नु र पवित्रता, सरलता, ब्रह्मचर्य र अहिंसाको पालन गर्नु शारीरिक तपस्या हो ।)

 

अनुद्वेगकरं वाक्यं सत्यं प्रियहितं च यत् ।

स्वाध्यायाभ्यसनं चैव वाङ्मय तप उच्यते ॥१५॥

(साँचो, प्रीतिकर, हितकारी तथा अरुलाई क्षुब्ध नपार्ने वचन बोल्नु र वैदिक साहित्यको नियमित स्वाध्याय गर्नु वाणीको तपस्या हो ।)

 

मनःप्रसादः सौम्यत्वं मौनमात्मविनिग्रहः ।

भावसंशुद्धिरित्यतत्तपो मानसमुच्यते ॥१६॥

(सन्तोष, सरलता, गाम्भीर्यता, आत्मसंयम र जीवनको शुद्धता यी सबै मनका तपस्या हुन् ।)

 

श्रद्धया परमा तप्तं तपस्तत्त्रिविधं नरैः ।

अफलाकाङ्क्षिभिर्युक्तैः सात्त्विकं परिचक्षते ॥१७॥

(भौतिक लाभको चाहना नभएका र सधैँ परमेश्वरकै चिन्तनमा तल्लीनमा रहेका मानिसहरूद्वारा दिव्य श्रद्धासहित सम्पन्न गरिने यी तीन प्रकारका तपस्यालाई सात्विक तपस्या भनिन्छ ।)

 

सत्कारमानपूजार्थं तमो दम्भेन चैव यत् ।

क्रियते तदिह प्रोक्तं राजसं चलमध्रुवम् ॥१८

(आदर-सम्मान र पूजा पाउनका लागि अहंकारपूर्वक सम्पन्न गरिएको तपस्यालाई राजसी तपस्या भनिन्छ । यस्तो तपस्या क्षणिक र अस्थिर हुन्छ ।)

 

मूढग्राहेणात्मनो यत्पीडया क्रियते तपः ।

परस्योत्सादनार्थं वा तत्तामसमुदाहृतम् ॥१९॥

(मूर्खतावश् आफैलाई पीडा दिएर, अरुलाई हानी पुर्‍याउन वा अरुको विनाश गर्नका लागि जुन तपस्या गरिन्छ, त्यसलाई तामसिक तपस्या भनिन्छ ।)

 

दातव्यमिति यद्दानं दीयतेनुपकारिणे ।

देशे काले च पात्रे च तद्दानं सात्त्विकं स्मृतम् ॥२०॥

(जुन दान, कुनै प्रत्युपकारको आशा नराखी केवल कर्तव्य सम्झेर ठी ठाउँमा, ठीक समयमा र उपयुक्त पात्रलाई प्रदान गरिन्छ त्यो दानलाई सात्विक दान भनिन्छ ।)

 

यत्तु प्रत्युपकारार्थं फलमुद्दिश्य वा पुनः ।

दीयते च परिक्लिष्टं तद्दानं राजसं स्मृतम् ॥२१॥

(सट्टामा केही पाउने आशा राखेर वा कर्मफलको इच्छा राखेर मन नलागी-नलागी दिइने दानलाई राजसी दान भनिन्छ।)

 

अदेशकाले यद्दानमपात्रेभ्यश्‍च दीयते ।

असत्कृतमवज्ञातं तत्तामसमुदाहृतम् ॥२२॥

(अपवित्र स्थानमा, अनुचित समयमा, कुनै अयोग्य व्यक्तिलाई, राम्रोसँग ध्यान नदिई र आदर नगरीकन दिइएको दानलाई तामसी दान भनिन्छ ।)

 

ॐ तत्सदिति निर्देशो ब्रह्मणस्त्रिविधः स्मृतः ।

ब्राह्मणास्तेन वेदाश्‍च यज्ञाश्‍च विहिताः पुरा ॥२३॥

(सृष्टिको आदि कालदेखि नै ॐ-तत्-सत् यी तीन शब्द परमब्रह्मका सूचक बन्दैआएका छन् । ब्रह्मलाई सन्तुष्ट पार्नका लागि यज्ञ गर्दा ब्राह्मणहरूले वैदिक मन्त्रहरूको पाठसँगै यी तीनवटा सांकेतिक शब्दको उच्चारण गर्दछन् ।)

 

तस्माद् ॐ इत्युदाहृत्य यज्ञदानतपः क्रियाः ।

प्रवर्तन्ते विधानोक्ताः सततं ब्रह्मवादिनाम् ॥२४॥

(योगीहरूले ब्रह्म प्राप्तिका लागि शास्त्रीय विधिअनुसार यज्ञ, दान र तपका समस्त क्रियाहरूको शुभारम्भ सधैँ ॐ बाट गर्दछन् ।)

 

तदित्यनभिसंधाय फलं यज्ञतपः क्रियाः ।

दानक्रियाश्‍च विवधाः क्रियन्ते मोक्षकाङ्क्षिभिः ॥२५॥

(मानिसले कर्मफलको इच्छा नराखी विभिन्न प्रकारका यज्ञ, तप, तथा दानहरू “तत्” शब्दको उच्चारणसंगै सम्पन्न गर्नुपर्दछ । यस्ता दिव्य कर्महरूको उद्देश्य नै भवबन्धनबाट मुक्त हुनु हो ।)

 

सद्‍भावे साधुभावे च सदित्येतत्प्रयुज्यते ।

प्रशस्ते कर्मणि तथा सच्छब्दः पार्थ युज्यते ॥२६॥

यज्ञे तपसि दाने च स्थितिः सदिति चोच्यते ।

कर्म चैव तदर्थीयं सदित्येवाभिधीयते ॥२७॥

(भक्तिमय यज्ञको लक्ष्य नै परमसत्य हो । यसैलाई “सत्” शब्दद्वारा सङ्केत गरिन्छ र हे पृथापुत्र, यस्तो यज्ञ सम्पादन गर्ने कर्तालाई पनि सत् भनिन्छ । यस प्रकार परमपुरुषलाई प्रसन्न राख्‍न गरिने यज्ञ, तप, दान आदि सबै कर्महरू “सत्” कहलाउँछन् ।)

 

अश्रद्धया हुतं दत्तं तपस्तप्तं कृतं च यत् ।

असदित्युच्यते पार्थ न च तत्प्रेत्य नो इह ॥२८॥

(हे पार्थ, परमेश्वरप्रतिको श्रद्धाविना यज्ञ, दान, तप जे गरे पनि त्यो अस्थायी हुन्छ । त्यसलाई असत् भनिन्छ र त्यो यस जन्म र परमजन्म दुवैका लागि व्यर्थ हुन्छ ।)

 

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत श्रद्धाका प्रकार शीर्षक सत्रौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।

 

 

1,030 total views, 2 views today

About Purna Oli

Comments are closed.

Scroll To Top