Free songs
Home / श्रीमद्‍भागवतगीता सार / श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप सोह्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता सारसंक्षेप सोह्रौँ अध्याय

श्रीमद्‌भगवद्‌गीता

यथारूप

कृष्णकृपामूर्ति

श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपाद

संस्थापकाचार्यः अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ

अंग्रेजी नेपाली रूपान्तर

नारायणप्रसाद अधिकारी ‘वादरायण’

 

अध्याय – सोह्र

दैवी तथा आसुरी स्वभाव

 

श्रीभगवानुवाच

अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोगव्यवस्थितिः ।

दानं दमश्‍च यज्ञश्‍च स्वाध्यायस्तप आर्जवम् ॥१॥

अहिंसा सत्यमक्रोधस्त्यागः शान्तिरपैशुनम् ।

दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम् ॥२॥

तेजः क्षमा धृति शौचमद्रोहो नातिमानिता ।

भवन्ति सम्पदं दैवीमभिजातस्य भारत ॥३॥

(भगवानले भन्नुभयो – हे भरतपुत्र, निर्भयता, आत्मशुद्धि, आध्यात्मिक ज्ञानको अनुशीलन, दान, आत्मसंयम्, यज्ञपरायणता, वेदाध्ययन, तपस्या, सरलता, अहिंसा, सत्यता, क्रोधविहीनता, त्याग, शान्ति, छिन्द्रावेषणमा अरुचि, समस्त जीवमा करुणा, लोभविहीनता, भद्रता, लज्जा, दृढ सङ्कल्प, तेज, क्षमा, धैर्य, पवित्रता, ईर्ष्या तथा मनका अभिलाषाबाट मुक्ति आदि सबै दिव्य गुणहरू केवल दैवी प्रकृतिले सम्पन्न देवतातुल्य पुरुषमा पाइन्छन् ।)

 

दम्भो दर्पोभिमानश्‍च क्रोधः पारुष्यमेव च ।

अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम् ॥४॥

(हे पृथापुत्र, अहंकार, घमण्ड, अभिमान, क्रोध, रुखो वचन तथा अज्ञान यी सबै आसुरी स्वभावसँग सम्बन्धित गुणहरू हुन् ।)

 

दैवी सम्पद्विमोक्षाय निबन्धायासुरी मता ।

मा शुचः सम्पदं दैवीमभिजातोसि पाण्डव ॥५॥

(दिव्य गुणहरू मोक्षका लागि आवश्यक मानिन्छन् भने आसुरी गुणले बन्धनमा पार्दछन्, तर हे पाण्डुपुत्र, तिमी चिन्ता नगर, तिमी दैवी गुणले युक्त भएर जन्मेका छौ ।)

 

द्वौ भूतसर्गौ लोकेस्मिन्दैव आसुर एव च ।

दैवो विस्तरशः प्रोक्त आसुरं पार्थ मे श्रृणु ॥६॥

(हे पृथापुत्र, यस संसारमा सृष्टि भएका प्राणीहरू दुई प्रकारका छन् – दैवी तथा आसुरी । दैवी गुणबारे त मैले पहिले नै विस्तारपूर्वक बताइसकेको छु । अब तिमी मबाट आसुरी गुणका बारेमा सुन ।)

 

प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः ।

न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ॥७॥

(आसुरी गुण हुनेहरू के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने जान्दैनन् । तिनमा न पवित्रता हुन्छ, न उचित आचरण हुन्छ, न सत्यता नै पाइन्छ ।)

 

असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम् ।

अपरस्परसम्भूतं किमन्यत्कामैहुतकम् ॥८॥

(तिनीहरू जगत मिथ्या हो, यसको कुनै आधार छैन र यसलाई नियन्त्रण गर्ने कुनै ईश्वर पनि छैनन् भन्दछन् । तिनीहरूको भनाइमा यो सबै केवल कामेच्छाद्वारा उत्पन्न भएको हो र कामवासना बाहेक यसको अरु कुनै कारण छैन ।)

एतां दृष्टिमवष्टभ्य नष्टात्मानोल्पबुद्धयः ।

प्रभवन्त्युग्रकर्माणः क्षयाय जगतोहिताः ॥९॥

(यस्तै किसिमका निष्कर्षको अनुगमन गर्दै आफैलाई हराएका बुद्धिहिन आसुरी मानिसहरू संसारको विनाश गर्ने खालका अनुपयोगी र भयावह कार्यमा संलग्न हुन्छन् ।)

 

काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता ।

मोहाद्‍गृहीत्वासद्‍ग्राहान्प्रवर्तन्तेशुचिव्रता ॥१०॥

(कहिल्यै सन्तुष्ट नहुने कामवासनाको आश्रय लिएर गर्व, मद र मिथ्या प्रतिष्ठामा डुबेका आसुरी व्यक्तिहरू मोहग्रस्त भएर क्षणभंगुर वस्तुप्रति आकर्षित हुँदै, अपवित्र कर्म गर्न सङ्कल्प लिन्छन् ।)

 

चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिताः ।

कामोपभोगपरमा एतावदिति निश्चिताः ॥११॥

आशापाशशतैर्बद्धाः कामक्रोधपरायणाः ।

ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान् ॥१२॥

(इन्द्रियहरूको तृप्ति नै मानवसभ्यताको प्रमुख आवश्यकता हो भन्ने विश्वास तिनीहरूको हुन्छ । यसै कारण मर्नेबेलासम्म पनि तिनीहरूलाई अपार चिन्ता भइरहेको हुन्छ । लाखौँ चिन्ताको जालमा बाँधिएर तिनीहरू काम तथा क्रोधमा लीन हुँदै इन्द्रियतृप्तिका लागि अवैध ढङ्गले धन संग्रह गर्दछन् ।)

 

इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम् ।

इदमस्तीदमपि मे भविष्यति पुनर्धनम् ॥१३॥

असौ मया हतः शत्रुर्हनिष्ये चापरानपि ।

ईश्वरोहमहं भोगी सिद्धोहं बलवान्सुखी ॥१४॥

आढ्योभिजनवानस्मि कोन्योस्ति सदृशो मया ।

यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिताः ॥१५॥

(आसुरी स्वभावका मानिसहरू सोच्ने गर्दछन् – आज मसँग यति धन छ, आफ्ना योजनाबाट यति धन बढी कमाउनेछु, यसबेला मसँग यति छ, भविष्यमा बढेर झन् धेरै हुनेछ । त्यो मेरो शत्रु हो र मैले त्यसलाई मारिदिएँ, मेरा अरु शत्रु पनि मारिनेछन्, म सबै वस्तुको मालिक हुँ । म भोक्ता हुँ, म सिद्ध, शक्तिमान र सुखी छु । म सबैभन्दा धनी छु, मेरा वरिपरि मेरा कुल खानदानी नातागोताहरू छन् । म जत्तिको शक्तिशाली र सुखी कोही पनि छैन । म यज्ञ गर्नेछु, दान दिनेछु र आनन्द मनाउनेछु ।

यसरी यस्ता अज्ञानी व्यक्तिहरू मोहग्रस्त हुन्छन् ।)

 

 

अनेकचित्तविभ्रान्ता मोहजालसमावृताः ।

प्रसक्ताः कामभोगेषु पतन्ति नरकेशुचौ ॥१६॥

(यसरी लोक चिन्ताहरूबाट उद्विग्न भएर मोहजालमा अल्झँदै इन्द्रियभोगमा अति आसक्त हुनेहरू नरकमा खस्दछन् ।)

 

आत्मसम्भाविताः स्तब्धा धनमानमदान्विता ।

यजन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम् ॥१७॥

(आफैलाई श्रेष्ठ मान्नेहरू र सधैँ घमण्ड गर्नेहरू सम्पति र मिथ्या प्रतिष्ठामा मोहित भएर कहिलेकाँही विधिविधानको पालना नगरी केवल नामको लागि मात्र घमण्डपूर्वक् ठूलठूला यज्ञ गर्दछन् ।)

 

अहंकारं बलं दर्प कामं क्रोधं च संश्रिताः ।

मामात्परदेहेषु प्रद्विषन्तोभ्यसुयकाः ॥१८॥

(अहंकार, बल, घमण्ड, काम तथा क्रोधले मोहित भएको आसुरी व्यक्ति आफ्ना र अरुका शरीरमा रहेको भगवानसँग पनि ईर्ष्या गर्दछ र असली धर्मको निन्दा गर्न थाल्दछ ।)

 

तानहं द्विषतः क्रुरान् संसारेषु नराधमान् ।

क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु ॥१९॥

(म ईर्ष्यालु तथा क्रुर स्वभाव भएका नराधमहरूलाई निरन्तर भवसागरका विभिन्न आसुरी योनिहरूमा पठाइदिने गर्छु ।)

 

आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि ।

मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम् ॥२०॥

(हे कुन्तीपुत्र, बारम्बार आसुरी योनिमा जन्म ग्रहण गर्ने व्यक्तिहरूले मलाई कहिल्यै पनि फेला पार्न सक्दैनन् ।)

 

त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।

कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं ॥२१॥

(काम, क्रोध र लोभ यी नरकका तीनवटा ढोका हुन् । प्रत्येक बुद्धिमान् व्यक्तिले यिनलाई त्याग गर्नुपर्दछ । किनभने यिनीहरूबाट आत्माको पतन मात्र हुन्छ ।)

 

एतैर्विमुक्तः कौन्तेय तमोद्वारैस्त्रिभिर्नरः ।

आचरत्यात्मनः श्रेयस्ततो याति परां गतिम् ॥२२॥

(हे कुन्तीपुत्र, नरकका यी तीनवटा ढोकाबाट जो जोगिन सक्दछ, त्यही व्यक्तिले आत्मसाक्षात्कारका लागि कल्याणकारी कार्य गर्न सक्दछ र क्रमशः परमगति प्राप्त गर्दछ ।)

 

यः शास्त्रविधिमुत्सृज्य वर्तते कामकारतः ।

न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ॥२३॥

(जसले शास्त्रको आदेशलाई अवहेलना गरेर मनोमानी ढङ्गले काम गर्दछ, उसलाई न सिद्धि प्राप्त हुन्छ, न त परमगति नै प्राप्त हुन्छ ।)

 

तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।

ज्ञात्वा शास्त्रविधानोक्तं कर्म कर्तिमिहार्हसि ॥२४॥

(अतः मानिसले शास्त्र विधिअनुसार के कर्त्तव्य हो र के अकर्तव्य हो भन्ने बुझ्नुपर्दछ, शास्त्रीय विधिविधानलाई जानेर त्यसैअनुरूप कर्म गर्नुपर्दछ, जसले गर्दा ऊ क्रमशः माथि उठ्न सकोस् ।)

 

 

यस प्रकार श्रीमद्‍भगवद्‍गीता ग्रन्थअन्तर्गत दैवी तथा आसुरी स्वभाव शीर्षक सोह्रौँ अध्यायको भक्तिवेदान्त तात्पर्य समाप्त भयो ।


 

 1,169 total views,  5 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top