Free songs
Home / प्रवचन संग्रह / मृत्यू भय किन हुन्छ ?

मृत्यू भय किन हुन्छ ?

  • ब्रह्माकुमार जगदीश चन्द्र

मनुष्यको जीवनमा कुनै न कुनै कुराको डर भइरहन्छ । सायदै कोही होला, जो भयबाट छुटेको होस् । ग्रन्थ साहिबमा पनि परमात्माको महिमा ‘परमात्मा निर्भय हुनुहुन्छ’ भनी गरिएको छ । अरु कोही पनि छैन, जो सदा र पूर्ण रुपमा निर्भय होस् । थोरै धमाका भए पनि मान्छे डरले थर्कमान हुन्छ, चाहे जतिसुकै टाढा किन नहोस् । मानौँ कुनै व्यक्तिले सर्प देख्यो भने सोच्छ कि, ‘कि यसले अर्को बाटो लागोस्, या म लागूँ, कतै मलाई नडसोस् ।’ अतः गीतामा पनि भनिएको छ, ‘मृत्यु से अमरत्वको ओर ले चलो ।’ हरेकले चाहन्छ, मेरो मृत्यू भयानक नहोस्, ठीक तरहबाट प्राण छुटोस् । कैयौँ देखिन्छन् जो औषधिहरुको सहाराबाट, अक्सिजनको सहाराबाट बाँचिरहेका हुन्छन् । कोही कोही त तड्पी तड्पी मर्छन् । कसै कसैको प्राण नै छुट्दैन । कसै कसैलाई शरीर छाड्न वर्षौँ लाग्दछ । यी सबै देखेर व्यक्तिलाई आफूप्रति भय लाग्छ कि मेरो अनागत (अब आउनेवाला समय) के होला ?

मनुष्यको सिर्फ अनागतको मात्र होइन बल्कि आगत (अहिले आएको समय) को पनि डर लाग्छ । कोही हाम्रो सामुन्ने बन्दुक लिएर आयो भने लाग्छ कि वश् अब शुट गर्नेछ । शरीर काँप्छ, आवाज निस्कँदैन । गीतामा पनि यो लेखिएको छ कि ‘अर्जुनको गला सुक्यो, हात शिथिल भए, तीर (कमान) छुटे कि यति धेरै सेना वा ठूला ठूला योद्धा मेरा सामुन्ने छन् ।

भय यस्तो चिज हो, जसले सातो नै खाइदिन्छ, जसलाई बाबाले भयको भूत भन्नुभएको छ । ठूला ठूला ताकत भएका देश पनि भयभीत हुन्छन् । यसैले आफ्ना गुप्तचरहरु राख्दछन् । हरेक देशका मन्त्री आफ्नो साथ सदा ब्ल्याक क्याट कमाण्डो राख्दछन्, किनकि कहीँ गोली खाइएला भन्ने डर हुन्छ । यो कलियुग हो, भयको दुनियाँ । कसैलाई आयकरको डर हुन्छ, कसैलाई वाणिज्य करको डर र अरु कसैलाई चोर लुटेराको ।

अब प्रश्न उठ्छ कि सूक्ष्ममा भए पनि हाम्रो मनमा भयको संस्कार किन हुन्छ ? यसमाथि मनोवैज्ञानिकहरुले प्रयोग गरेका छन् । कसैलाई पानीदेखि डर लाग्छ, कसैलाई गोलाबारीबाट, कसैलाई आगादेखि, चाहे जेसुकै कारण अगाडि होओस् ।

१    भनिन्छ कि भय जन्मजात हुन्छ । कारण सोध्ने हो भने उसंग उत्तर नै हुँदैन । मान्छे भन्छन् कि यसले त स्वाङ पार्छ, परन्तु सबै त स्वाङ हुँदैन । मानिसहरुले यसको प्रमाण दिएका छन् । यस कुराबाट हामी पुनर्जन्म बारे सिद्ध गर्छौँ । पुर्वजन्ममा कुनै घटना घट्यो, त्यसबेला दब्यो, तर अहिले आएर उब्जियो ।

२    या फेरि त्यस व्यक्तिले कसैलाई त्यस्तो दुःख भोगिरहेको देखिरहेको थियो । उदाहरणार्थ कोही ट्रकको मुनि पर्‍यो र पूरै तड्पिरहेको छ । त्यस दृश्य उसले देखेको छ भने यो दृश्य उसको बुद्धिमा बस्दछ कि मृत्यू धेरै भयानक हुन्छ । कहीँ मेरो पनि यस्तै हाल नहोस् । उसको बुद्धिबाट यो दृश्य जति कोशिस गरे पनि सितिमिति मेटिँदैन । मृत्यू भयबाट टाढा हुनको लागि केही मान्छेहरु मृत्यूञ्जय मंत्रको पाठ गर्दछन् । कति यस्ता साधक पनि हुन्छन्, जसले भन्छन् ‘हे भगवान मलाई अरु केही चाहिएको छैन, मेरो मृत्यू सहज होस् ।’

३    कहिलकाँही आफैले गरेको पापकर्म भयको रुपमा आउँछ, मन खान्छ । उदाहरणार्थ चोरी गरेर पक्राउ परेको भए पछिका सबै चोरीहरु पनि पत्ता लाग्दछन् र जेलको हावा खानुपर्छ । यसैले बाबाले भन्नुहुन्छ ‘सच तो बिठो नच ।’ तपाईँले पापकर्म नै गर्नुभएको छैन भने भय किन ? हाम्रो कसले के बिगार्न सक्छ ? जबकि हामीले कसैको केही बिगारेका छैनौँ भने ।

४    भय आउनको लागि अनिश्चितता पनि एक कारण बन्छ । कुनै कुराको जब ठीक तरहबाट थाहा हुँदैन भने व्यक्तिले सोच्छ कि मैले ठीक त गरेको छु ? कसैलाई दुःख त दिएको छैन ? मलाई पक्का छैन । न भूतकालको थाहा छ, न भविष्यको । यसैले केही भय रहन्छ ।

खास कुरा त यो हो कि मनुष्य देह-अभिमानमा हुन्छ । देह-अभिमानमा आउँदा नै भय लाग्ने हो । यदि देहबाट अलग हुने र भगवानको यादमा तल्लीन हुने हो भने भय हुँदैन । व्यक्तिमा थोरै त देह-अभिमान हुन्छ । देह नश्वर छ, यसैले सुक्ष्मरुपमा थोरै भय आइहाल्छ । गीतामा अर्जुनले भन्नुभएको छ, ‘हे भगवान आफ्नो मोहिनी रुप देखाउनुहोस् ।’

५    जो असमर्थ हुन्छ उसलाई पनि भय हुन्छ । वास्तवमा दुनियाँमा सबै असमर्थ छन् । दुःख सुखको अधीन हुन्छ, यसैले भय रहन्छ । जब हामी यी कुराहरुबाट पनि पर हुन्छौँ भने, देहभानबाट पनि पर हुन्छौँ भने भय रहँदैन ।

 

 

(पूण्यात्मा पुत्र परिशीलन ओलीमा समर्पित)

 1,421 total views,  3 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top