भूपेन्द्रा मल्ल

साहित्यिक नामः भूपेन्द्रा मल्ल ‘मन’
जन्म : २०१५ वैशाख १४ गते
जन्मस्थानः मसिकोट न.पा., सेरिगाउँ, डाँडाखेत
हालको ठेगाना : काठमाडौँ-३१, बानेश्वर
पिता : होमजङ्ग मल्ल माता : दौलतराज्येश्वरी मल्ल पति : ऋषेश्वर शर्मा
प्रकाशित कृति : दलिल (कवितासङ्ग्रह, २०७७)
संस्थागत संलग्नता : कोषाध्यक्ष, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, काठमाडौँ

“कवि मल्लले प्रकृति, दर्शन, विज्ञान, समाज, धर्म, राजनीतिजस्ता विविध विषयलाई कवितात्मक रूप दिनुभएको छ । यी स्थूल विषयभित्र पनि अन्तरकुन्तरमा लुकेर रहेका सूक्ष्मतम पक्षहरूलाई समेत निरीक्षण गर्न मल्लको कविमन भनौं वा मर्मदृष्टि चुकेको देखिंदैन । … यस कवितासङ्ग्रहका कविता पढेपछि अहिले मलाई लाग्दै छ, भूपेन्द्रा मल्ल आफैमा कविता हुनुहुँदो रहेछ, र त यी कविता पनि उहाँ जस्तै छन्ः सरल, सहृदय, उदात्त तर गम्भीर ।”
* प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ सदस्य सचिव नेपाल प्रज्ञा प्रतिष्ठान

 296 total views,  2 views today

Leave a comment

Your email address will not be published.


*