Free songs
Home / कविता / बाजेनाति

बाजेनाति

हामी बाजेनाति

बन्यौँ मिल्ने साथी

नाति भन्छन् “बाजे !

हजुर कति जाती !!”

बाजे भन्छन् “नाति,

तिमी झनै जाती !!”

गीत सुन्छन् नाति

घोप्टी मोबाइलमाथि ।

कथा भन्छन् बाजे

चेप्टी ल्यापटपमाथि ।

आफ्नो आफ्नो सोखको

गर्छौँ भाँति भाँति ।

दिउँसो मात्रै हो र ?

भेट्छौँ रातिराति !

भात मार्ने बाजे

बुबु खाने नाति ।

हामी बाजेनाति

बन्यौँ मिल्ने साथी ।

२०७७।०३।२२

 38 total views,  1 views today

About Purna Oli

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top